चुरेको दोहन होइन संरक्षण

‘सिद्धबाबाको डाँडो अब पर्यटकीय गन्तव्य’


जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न धेरैले ज्यानको माया मार्छन् । कतिबेला पहिरो वा ढुङ्गा खस्छ ठेगान छैन । त्यही पहिरो र ढुंगाले लागेर वर्षेनी औषत ७ जनाले ज्यान गुमाइरहेका छन् । त्यसो त पाल्पा र रुपन्देहीको सीमा क्षेत्रमा पर्ने यो बाटोलाई धेरैले मृत्युमार्गको संज्ञा दिएका छन् ।

सिद्धबाबाको डाँडो कटान गर्ने परियोजना बनाएको लुम्बिनी प्रदेश योजना आयोगले यसलाई ‘सिद्धबाबा कृत्रिम पठार आयोजना’ नाम दिएको छ । जसबाट निस्किएका ढुंगा, गिटी, बालुवा बेच्ने र पूर्वाधारको विकास गरेर पर्यटकीय गन्तव्य बनाउने प्रदेश सरकारको योजना छ ।

त्यो अवस्थालाई हटाउन भन्दै लुम्बिनी प्रदेश सरकारले करिव डेढ महिना अघि संघ र प्रदेशको सह–लगानीमा सिद्धबाबा कुहिरे भीरको डाँडो कटानी गर्ने प्रस्ताव राष्ट्रिय योजना आयोगमा पेस गरेको छ ।

यो सँगै २०७८–०७९ को बजेटले ढुंगा, गिटी, बालुवा उत्खनन गरेर निकासी गर्ने प्रस्तावको चर्को विरोध भयो । सरकारको यो प्रस्ताव चुरे मास्नका लागि ल्याइएको भन्दै विभिन्न धारणा सार्वजनिक भएका छन् ।

सिद्धबाबाको डाँडो कटान गर्ने परियोजना बनाएको लुम्बिनी प्रदेश योजना आयोगले यसलाई ‘सिद्धबाबा कृत्रिम पठार आयोजना’ नाम दिएको छ । जसबाट निस्किएका ढुंगा, गिटी, बालुवा बेच्ने र पूर्वाधारको विकास गरेर पर्यटकीय गन्तव्य बनाउने प्रदेश सरकारको योजना छ ।

तर, त्यही क्षेत्रबाट निर्वाचन जितेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिनअघि चुरेबाट एक डोको पनि माटो ननिकाल्ने दाबी गरे । त्यसपछि चुरेसँगको विवाद केही मत्थर भएतापनि टुंगिएको छैन ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतम सिद्धबाबाको डाँडो चुरे क्षेत्रमै पर्ने बताउँछन् । यद्यपि, प्रदेश सरकारको प्रस्ताव चुरे मास्न नभएर संरक्षण गर्नका लागि भएको उनले पुष्टि गरे । ‘अहिले चुरेसँग जोडिएर जुन खालको विवाद भइरहेको छ, त्यो बेकार हो,’ उनले भने, ‘वर्षेनी पहिरो गइरहने डाँडोलाई गह्रा–गह्रा पारि सम्याएर पर्यटकीय गन्तव्य बनाउँदा चुरे मासिने होइन थप संरक्षण हुन्छ ।’

यस परियोजना प्रस्तावगर्नु अघि सिद्धबाबाको डाँडामा ५ जना विज्ञ इन्जिनियरको टोलीले पूर्व सम्भाव्यता अध्ययन गरेको प्रा.डा. गौतम बताउँछन् । ‘१० वर्षयता सय जनाभन्दा बढी मान्छेले सिद्धबाबाको पहिरोमा परी ज्यान गुमाएका छन्, दर्जनौं गाडी खसेर ध्वस्त भएका छन् । माथिको कच्चा चट्टान तिनाउले बगाएर उर्वर भूमीमा ल्याएर थुपारेको छ’ प्रा.डा. गौतम भन्छन्, ‘बरु अहिले प्रकृतिले नै चुरे दोहन गरिरहेको छ, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ प्रदेश योजना आयोगको ध्यान केन्द्रीत भएको हो ।’

२ सय १४ हेक्टर जमिनलाई रेखांकन गरिएको छ । जसलाई ४–५ वटा गरा बनाएर कटान गरिन्छ । यसरी डाँडा काट्दा १४ करोड मिटर क्युब ढुंगा माटो निस्कने अनुमान गरिएको डा. गौतम बताउँछन् ।

कुहिरे भीर पूर्व सम्भाव्यता अध्ययन टोलीका संयोजक डा. विष्णु गौतम वर्षेनी पहिरो गइरहने सिद्धबाबा डाँडाको दिगो समाधान के हुन्छ भन्ने उपाय स्वरुप यो परियोजनाको परिकल्पना गरिएको बताउँछन् । ‘हरेक वर्ष पहिरो खस्छ त्यसलाई सोरिन्छ,’ उनले भने, ‘त्यो पहिरो खस्ने डाँडोलाई पहिला नै व्यवस्थापन गरियो भने जोखिमलाई सदाका लागि अन्त्य गर्न सकिन्छ भन्ने यसको मूख्य लक्ष्य हो ।’

कसरी भयो अध्ययन ?

कुहिरे भीर चुरे क्षेत्रमा नै पर्ने र त्यसलाई संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले नै अध्ययन गरिएको डा. गौतम बताउँछन् । ‘चुरेमा पानी रिचार्ज हुने पाटोलाई महत्वपूर्ण रुपमा हेरिन्छ,’ उनले भने, ‘ठाडो भीरमा जति पानी जमिनमा छिर्छ, अब डाँडोलाई सम्याउँदा त्योभन्दा बढी पानी छिराउन मिल्ने गरी डिजाइन बनाएर अवधारणा अघि सारिएको छ ।’ पानीको अध्ययनगर्न पुल्चोक क्याम्पस अन्तर्गतको जलस्रोत विभागलाई जिम्मा दिइएको छ ।

त्यस्तै, डाँडा कटान गरिसकेपछि त्यो क्षेत्रमा वृक्षारोपण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी यसको डिजाइन गरिएको डा. गौतम बताउँछन् । ‘अहिले चुरेको कुहिरे भीर पहिरो खसेर कुरुप देखिएको छ यो आफैंमा संरक्षण होइन,’ उनी भन्छन्, ‘यसलाई सुन्दरीकरण गरेर संरक्षण गर्न खोजिएको हो नास गर्न होइन ।’

चुरेको डाँडासँग जन जीविका, जलभण्डार र जैविक विविधता जोडिएको छ । त्यसैले चुरेको कुनैपनि डाँडा मास्न नहुने दनुवार बताउँछन् । ‘डाँडा भनेको जीवन हो, त्यहाँ पानी, माटो र जैविक विविधता छ,’ उनले भने, ‘ढुंगा माटो निकालेपछि खण्डहर हुन्छ र वातावरणीय प्रणाली नै ध्वस्त हुन्छ ।’

यसैगरी, अहिले विभिन्न सडक विस्तार तथा निर्माणका काम भइरहेका छन् । त्यसलाई चाहिने कच्चापदार्थलाई चुरेले पूर्ति गर्न सक्ने डा.गौतम बताउँछन् । तर, ढुंगा बेच्नका लागि चुरेको सिद्धबाबा पहाड उपयुक्त होइन । ‘चुरे काटेर ढुंगा बेच्छु भन्नु दिवा स्वप्न हो,’ उनले भने, ‘यो डाँडोमा ६० प्रतिशत माटोमात्र निस्कने आँकलन गरिएको छ तर, गिटी राम्रो निस्कन्छ । यसको पनि अध्ययन/अनुसन्धान हुँदैछ ।’

१४ करोड मिटर क्युब ढुंगा–माटो निस्कने

२ सय १४ हेक्टर जमिनलाई रेखांकन गरिएको छ । जसलाई ४–५ वटा गरा बनाएर कटान गरिन्छ । यसरी डाँडा काट्दा १४ करोड मिटर क्युब ढुंगा माटो निस्कने अनुमान गरिएको डा. गौतम बताउँछन् । डाँडाको उचाई करिव ८ सय २५ मिटर छ । यसलाई करिव ६ सय मिटरको हाराहारीमा ल्याइन्छ ।

चुरे क्षेत्रको कुनैपनि डाँडो मास्नु हुँदैन
डा. विजयकुमारसिंह दनुवार, चुरे विज्ञ

चुरे विज्ञ डा. विजयकुमारसिंह दनुवार चुरे क्षेत्रमा पर्ने कुहिरेभिरको डाँडा सम्याउने प्रदेश सरकारको प्रस्तावलाई दुर्भाग्य ठान्छन् ।

‘बुटवलदेखि पाल्पाको केराबारीसम्म चुरे क्षेत्र पर्छ । अहिले लुम्बिनी प्रदेश सरकारले यही क्षेत्रमा पर्ने सिद्धबाबाको डाँडो काटेर पर्यटकीय गन्तव्य बनाउने प्रस्ताव राष्ट्रिय योजना आयोगमा पेस गर्नु दुर्भाग्य हो,’ उनले भने, ‘यो डाँडो काट्दा कतै काम नलाग्ने माटोमात्र निस्कन्छ त्यो बगेर तराईमै जान्छ । यसले तराई मधेसका उर्वर भूमी सिध्याउँछ ।’

चुरेको डाँडासँग जन जीविका, जलभण्डार र जैविक विविधता जोडिएको छ । त्यसैले चुरेको कुनैपनि डाँडा मास्न नहुने दनुवार बताउँछन् । ‘डाँडा भनेको जीवन हो । त्यहाँ पानी, माटो र जैविक विविधता छ,’ उनले भने, ‘ढुंगामाटो निकालेपछि खण्डहर हुन्छ र वातावरणीय प्रणाली नै ध्वस्त हुन्छ ।’

कुहिरेभिरकै कारण राजमार्गमा जोखिम बढेको भएमा त्यसलाई अन्य उपायबाट कम गर्न सकिने उनको राय छ । ‘अहिले त्यहाँका ठूला चट्टान फुटाउन विस्फोट गराइन्छ त्यसले पहाड थर्किन्छ,’ उनले भने, ‘यदि राजमार्गलाई सुरक्षित बनाउने हो भने पहाड नथर्किने गरी छड्के कटान गर्नुपर्छ ।’

भिडियो हेर्नुस्

यो पनि पढ्नुहोस्
ढुक्कले सास फेर्न नसकेको मेलम्ची–हेलम्बु !
कोल्ड ड्रिंक्सको हट कन्ट्रोभर्सी
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै

कोरोनाको दोस्रो लहरपछि करिव चार महिनादेखि ठप्प रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ पहिलो सातादेखि सञ्चालन हुने

पछिल्ला केही दिनयता कोभिड–१९ को संक्रमण दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

थारूहरू क्षेत्रिय बसोवासका आधारमा विभिन्न शब्दबाट चिनिन्छन् । दाङमा बसोबास गर्नेलाई ‘डङ्गौँरा थारू’, देउखुरीमा बसोबास गर्नेलाई ‘डिउखर्या थारू’, भारतको सीमा