के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?



जब वर्षायाम सुरु हुन्छ, तब सिन्धुपाल्चोकबासी त्रसित बन्छन् । जब झमझम पानी पर्न थाल्छ तब राम्रोसँग निदाउन सक्दैनन् । कारण हो, बाढीपहिरो । सरकारले सिन्धुपाल्चोकलाई प्राकृतिक प्रकोपबाट उच्च प्रभावित जिल्ला घोषणा गरिसकेको छ ।

२०७१ को जुरे पहिरो होस् वा २०७२ को शक्तिशाली भूकम्प, २०७३ को भोटेकोसी बाढी होस् वा २०७४ को लार्चा पुलको पहिरो र अहिलेको इन्द्रावती र मेलम्चीको बाढी । वर्षैपिच्छे प्राकृतिक विपद्ले सिन्धुपाल्चोकलाई ठूलो क्षति पुर्याउँदै आएको छ ।

काठमाडौंबासीलाई पानी पिलाउने सामर्थ्य राख्ने सिन्धुपाल्चोक त्यही पानीको बितण्डाले रोइरहेको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ नाकुत्तेभन्दा ५ सय मिटर माथि गएको भीषण पहिरोका कारण मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदीको बाँध फुट्दा हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पस्यो । जसले ठूलो जनधनको क्षति गरेको छ । अहिलेसम्मको जानकारी अनुसार ३ जनाको मृत्युु भएको छ भने अन्य २० जना सम्पर्कबिहीन रहेको र उनीहरुको खोजी जारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याल बताउँछन् ।

जोखिममा थियो ?

यतिबेला सामाजिक सञ्जालमा इन्द्रावती नदी आसपासका बस्तीहरुलाई जोखिम क्षेत्र तोकिएको र बेलैमा सजग नभएकाले नदीले मानिसहरुले अटेर गरेर घर बनाएकाले यस्तो अवस्था आएको भन्दै विभिन्न धारणा आइरहेका छन् । आखिर के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?

राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल सिन्धुपाल्चोक जिल्लालाई पहिले नै जोखिम क्षेत्र प्राथमिकतामा राखिएको बताउँछन् । यद्यपि, मेलम्चीलाई नै जोखिम क्षेत्र भने हालसम्म नतोकिएको उनले बताए । ‘सिन्धुपाल्चोक जिल्ला वर्षा मनसुनसँगै बाढी तथा पहिरोको उच्च जोखिम क्षेत्र प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘तर, मेलम्चीलाई हामीले जोखिम क्षेत्र तोकका थिएनौं ।’

जोखिम क्षेत्र तोकिएको सिन्धुपाल्चोकमा वर्षा अघि र पछि समग्र अध्ययन गर्ने गरिएको उनले बताए ।

तर, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालका अनुसार मेलम्चीमा नापनक्शा अध्ययन गर्ने समितिले यहाँका केही क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरेको थियो । ‘घर बनाउँदा के, कति र कहाँसम्म बनाउन मिल्छ भनेर पनि सिमाङ्कन गरिसकिएको थियो,’ उनले भने, ‘जोखिमयुक्त क्षेत्रमा केही घर पहिल्यै बनेका थिए र केही घर पछि बनाइयो ।’

नक्शाङ्कन नै भने नगरिएको प्रमुख अर्याल बताउँछन् । ‘जोखिम क्षेत्र नक्शाङ्कन नै गरिएको होइन,’ उनले भने, ‘स्थानीय सरकार बनेपछि प्राविधिकको टीमसँग मिलेर मेलम्चीको मात्रै १ सय वर्षको अध्ययन गर्दा सडक, नदी, खोल्साखाल्सी, घर बनाउन पाउने मापदण्ड बनाएका थियौँ ।’

त्यस्तै, नगरपालिकाकी उप–प्रमुख भगवती नेपाल भने यस क्षेत्रलाई जोखिम युक्त क्षेत्र घोषणा गरिसकिएको बताउँछिन् । ‘प्राविधिकले जोखिम क्षेत्र भनेर छ्ट्याएको ठाउँमा हामीले नक्शा पास गरेका थिएनौँ,’ उनले भनिन्, ‘स्थानीयहरुले अटेर गरेर आफैँ घर बनाउँदै जानुभयो ।’

यो पनि पढ्नुहोस्
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
मेलम्ची नगरपालिकालाई कामपाको दुई करोड सहयोग
कोरोनाकालमा खुलेको उद्यमको बाटो
मोटोपना कसरी थाहा पाउने ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारले कोभिड–१९ खोप प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले आइतबार स्वास्थ्य तथा

पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम

पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, यस्ता उत्सवमा हुने

शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको