English

के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?



जब वर्षायाम सुरु हुन्छ, तब सिन्धुपाल्चोकबासी त्रसित बन्छन् । जब झमझम पानी पर्न थाल्छ तब राम्रोसँग निदाउन सक्दैनन् । कारण हो, बाढीपहिरो । सरकारले सिन्धुपाल्चोकलाई प्राकृतिक प्रकोपबाट उच्च प्रभावित जिल्ला घोषणा गरिसकेको छ ।

२०७१ को जुरे पहिरो होस् वा २०७२ को शक्तिशाली भूकम्प, २०७३ को भोटेकोसी बाढी होस् वा २०७४ को लार्चा पुलको पहिरो र अहिलेको इन्द्रावती र मेलम्चीको बाढी । वर्षैपिच्छे प्राकृतिक विपद्ले सिन्धुपाल्चोकलाई ठूलो क्षति पुर्याउँदै आएको छ ।

काठमाडौंबासीलाई पानी पिलाउने सामर्थ्य राख्ने सिन्धुपाल्चोक त्यही पानीको बितण्डाले रोइरहेको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ नाकुत्तेभन्दा ५ सय मिटर माथि गएको भीषण पहिरोका कारण मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदीको बाँध फुट्दा हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पस्यो । जसले ठूलो जनधनको क्षति गरेको छ । अहिलेसम्मको जानकारी अनुसार ३ जनाको मृत्युु भएको छ भने अन्य २० जना सम्पर्कबिहीन रहेको र उनीहरुको खोजी जारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याल बताउँछन् ।

जोखिममा थियो ?

यतिबेला सामाजिक सञ्जालमा इन्द्रावती नदी आसपासका बस्तीहरुलाई जोखिम क्षेत्र तोकिएको र बेलैमा सजग नभएकाले नदीले मानिसहरुले अटेर गरेर घर बनाएकाले यस्तो अवस्था आएको भन्दै विभिन्न धारणा आइरहेका छन् । आखिर के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?

राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल सिन्धुपाल्चोक जिल्लालाई पहिले नै जोखिम क्षेत्र प्राथमिकतामा राखिएको बताउँछन् । यद्यपि, मेलम्चीलाई नै जोखिम क्षेत्र भने हालसम्म नतोकिएको उनले बताए । ‘सिन्धुपाल्चोक जिल्ला वर्षा मनसुनसँगै बाढी तथा पहिरोको उच्च जोखिम क्षेत्र प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘तर, मेलम्चीलाई हामीले जोखिम क्षेत्र तोकका थिएनौं ।’

जोखिम क्षेत्र तोकिएको सिन्धुपाल्चोकमा वर्षा अघि र पछि समग्र अध्ययन गर्ने गरिएको उनले बताए ।

तर, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालका अनुसार मेलम्चीमा नापनक्शा अध्ययन गर्ने समितिले यहाँका केही क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरेको थियो । ‘घर बनाउँदा के, कति र कहाँसम्म बनाउन मिल्छ भनेर पनि सिमाङ्कन गरिसकिएको थियो,’ उनले भने, ‘जोखिमयुक्त क्षेत्रमा केही घर पहिल्यै बनेका थिए र केही घर पछि बनाइयो ।’

नक्शाङ्कन नै भने नगरिएको प्रमुख अर्याल बताउँछन् । ‘जोखिम क्षेत्र नक्शाङ्कन नै गरिएको होइन,’ उनले भने, ‘स्थानीय सरकार बनेपछि प्राविधिकको टीमसँग मिलेर मेलम्चीको मात्रै १ सय वर्षको अध्ययन गर्दा सडक, नदी, खोल्साखाल्सी, घर बनाउन पाउने मापदण्ड बनाएका थियौँ ।’

त्यस्तै, नगरपालिकाकी उप–प्रमुख भगवती नेपाल भने यस क्षेत्रलाई जोखिम युक्त क्षेत्र घोषणा गरिसकिएको बताउँछिन् । ‘प्राविधिकले जोखिम क्षेत्र भनेर छ्ट्याएको ठाउँमा हामीले नक्शा पास गरेका थिएनौँ,’ उनले भनिन्, ‘स्थानीयहरुले अटेर गरेर आफैँ घर बनाउँदै जानुभयो ।’

यो पनि पढ्नुहोस्
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
मेलम्ची नगरपालिकालाई कामपाको दुई करोड सहयोग
कोरोनाकालमा खुलेको उद्यमको बाटो
मोटोपना कसरी थाहा पाउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested