English

मेलम्ची नगरपालिकालाई कामपाको दुई करोड सहयोग



काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन् । गत मङ्गलवार मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए । मेलम्ची काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत कामपाले मेलम्चीको वडा नं १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी उद्यान निर्माणका लागि रु एक करोड ५० लाख रकम अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।

यो पनि पढ्नुहोस्
मेलम्चीको बाढीमा २ को मृत्यु, चिनियाँ र भारतीयसहित १४ जना सम्पर्कबिहिन (नामावलीसहित)
कोरोना खोपबारे भ्रम र यथार्थ
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
देशभर बाढी र पहिरोको बितण्डा (फोटो फिचर)
यातायात व्यवसायीको आक्रोश : ‘सरकारले आन्दोलनको भाषा मात्रै बुझ्छ’



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Popular
Suggested