English

यातायात व्यवसायीको आक्रोश : ‘सरकारले आन्दोलनको भाषा मात्रै बुझ्छ’



दोस्रो लहरको कोरोनाले सबै क्षेत्र प्रभावित भएको छ । शिक्षा, अर्थ, व्यपार र यातायात लगायतका व्यवसाय पूर्णरुपमा ठप्प छन् । काठमाडौं उपत्यकामा भने केही खुकुलो भएको छ । तर कोरोनाको जोखिम भने टरिसकेको छैन । विशेष गरेर अहिले यातायात व्यवसायमा संलग्न रहेका व्यवसायी, मजदुर र सरोकारवाला पूर्णरुपमा प्रभावित भएका छन् । दैनिक सडकमा गाडी गुडाएर गुजारा गर्नेहरु घरमै सिमित छन् । जसकारण उनीहरुलाई यो परिस्थितिमा रोजी रोटी चलाउन मुस्किल भएको छ ।

यस्तो परिस्थितिमा यातायात व्यवसायीले राहतको सास फेर्ने अवस्था नरहेको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका महासचिव भरत नेपाल बताउँछन् । यस व्यवसायबारे सरकारले बेवास्ता गरेको उनको गुनासो छ । ‘सरकारले हामीलाई गत वर्षको लकडाउनमा पनि केही सहयोग गरेन’, उनले भने, न नेपाल राष्ट्रबैंकले सहयोग गर्यो, सबै कर तिर्न हामी बाध्य भयौँ, त्यसको मार त छँदैछ, झनै अहिलेको निषेधाज्ञाले डबल मार थपेको छ ।

५० लाख जनसंख्या मारमा

नेपालमा साना र ठूला गरेर सार्वजनिक सवारी साधनको संख्या ३० हजार रहेको छ । अहिले निषेधाज्ञाका कारण यस व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न रहेका ५० लाख जनसंख्या मारमा रहेको महासंघका उपाध्यक्ष केदार पौडेलले बताए । उनी भन्छन्, ‘बससँग सम्बन्धित ड्राईभर, सह–चालक, टायरमा ग्रिस गर्ने, पन्चर जोड्ने र हावा भर्ने व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् ।’

एउटा सवारी साधानको मर्मत गर्न न्युनतम ५ लाख खर्च

म्हिना दिनसम्म सवारी साधन थन्काएर राख्दा ब्याट्री, टायर जस्ता कुराहरु बिग्रिन्छ । त्यसको मर्मत खर्च नै धेरै लाग्छ । व्यवसायीहरुलाई खाना लगाउन धौधौ भइरहेको समयमा सवारी साधानको मर्मत कसरी गर्ने भन्ने अर्को चिन्ता थपिएको छ । ‘मर्मत नै नगरी सवारी साधन सडकमा ल्याउन सकिँदैन, मर्मत नगरे दुर्घटनाको खतरा बढी हुन्छ,’ पौडेल भन्छन्, ‘गाडीको टायर मक्कीसकेको, ईन्जिन बसिसकेको, मोबिल, ब्रेक थ्रुहरु, नटबोल्ट लगायतका सामानहरु चेन्ज गर्नुपर्ने हुन्छ र यसैमा मिस्त्री खर्च जोडेर एउटा सवारी साधान मर्मत गर्न न्युनतम ५ लाख खर्च हुन्छ ।’


दुई छाक टार्न समस्या झेलिरहेका व्यवासायीसँग ५० हजार नभएको अवस्थामा ५ लाख कसरी जोहो गर्ने भन्ने कुरा चुनौती बनेको छ । सवारी सधानको सम्पूर्ण मर्मत संभरको कार्य व्यवसायीले नै व्यहोर्नुपर्ने भएकाले सरकारले बैंकहरुसँग कर्जाको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

खोप नभएसम्म गाडी बाहिर आउने अवस्था छैन

गत वर्ष भएको लकडाउनमा फ्रन्टलाइनमा काम गर्ने क्रममा केही यातायात मजदुरले ज्यान गुमाए । तर अझैसम्म सवारी चलाक र सह–चालकलाई कोरोना खोपको व्यवस्था नभएको महासंघको गुनासो छ । ‘निषेधाज्ञा खोल्ने भनेको यायातका साधन सडकमा ल्याउ भनेको हो, उपाध्यक्ष पौडेल भन्छन्, तर खोप नभएसम्म गाडी बाहिर आउने अवस्था छैन ।’

के भन्छन् यातायात व्यवसायी ?

रिद्धिसिद्धि यातायात प्रा.लिका सञ्चालक नीर कुमार कार्की २० वर्षदेखि यातायात व्यवसायमा संलग्न छन् । रिद्धिसिद्धि कम्पनीले मिनीबस र बस गरेर ८० वटा सवारी सार्वजनिक यातायातको रुपमा सञ्चालन गरेको छ ।

गत वर्षको ९ महिनाको लकडाउन र यस पटकको निषेधाज्ञाका कारणले व्यवसायबाट किस्ता तिर्ने, मजदुरलाई ज्याला दिन, सवारी साधान मर्मत गर्ने परिस्थिति नरहेको उनी बताउँछन् । ‘गत वर्षको लकडाउनका कारणले एउटा गाडी सडकमा निकाल्न १ लाख खर्च भयो’, उनी भने, ‘देशभरमा हालको स्थितिलाई हेर्दा ४० प्रतिशत सवारी सञ्चालनमा आउलान् तर ६० प्रतिशत साधन निकाल्ने अवस्थामै छैन ।’ निषेधाज्ञा खुलेपछि पेट्रोलियम प्रदार्थदेखि लिएर सबै सामानमा मूल्य वृद्धि भएकोले भाडादर वृद्धि गर्नुपर्ने उनको माग छ । आगामी वर्षको अर्थिक बजेटमा सरकारले यातायात व्यवसायीहरुलाई सम्बोधन नगरेको र अब सरकारबाट कुनै आशा नरहेको उनले बताए ।

रेवन्त थापा वागमती यातायात प्रा.लिमा संलग्न भएको ५ वर्ष भयो । उनलाई सुरुका दिनमा राम्रो अम्दानी भएपनि अहिले यो पेशामा किन हात हालेछु भन्ने पछुतो भएको छ । उनी कम्पनीमा गरेको लगानीको ऋण तिर्न नपाउँदै कोरोना महामारीले व्यवसाय नै चौपट पारेको दुखेसो पोख्छन् ।


‘अब उँभो लाग्ला की भनेको झनै खस्कियो’, उनी भन्छन्, ‘गत वर्षको लकडाउनमा ऋण ६–७ लाख थियो अहिले ११–१२ लाख भइसकेको छ ।’

यातायात सञ्चालकहरुको पीडा त यस्तो छ भनेँ सवारी साधन चलाएर दैनिकी गर्ने चालक र सहचालकहरुको पीडा कस्तो होला ? यो कुरा हामीले सहजै अनुमान लगाउन सक्छौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यातायात व्यवसायीहरुलाई नसमेटेकोले एक्शनमा उत्रिने सोच बनाएको महासचिव नेपाल बताउँछन् ।

यदि सरकारले बैंक वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याजमा केही सहुलियत नदिएमा र ब्याज तिर्ने समय केही पर नसारेमा हामी गाडी चलाउन नसक्ने व्यवसायीहरुको भनाइ छ ।

‘यातायातको विषयमा सरकार अहिलेसम्म किन मौन छ ?’ नेपालले भने, ‘सरकारले अब आन्दोनलकै भाषा बुझ्छ, त्यसैले हामीलाई बिरोधमा उत्रिन बाध्य नपारियोस् ।’

यो पनि पढ्नुहोस्

कोरोना खोप लगाउनेको लाइन (फोटो फिचर)

निजी स्कूलका शिक्षकको पीडा : ‘तलब नपाउँदा पेशा छोडियो’
ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी
बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



...
Casie

I like this weblog very much, Its a rattling nice post to read and find info.! Feel free to surf to my website; Bryce_D

...
Tisha

hey there and thank you for your info – I’ve definitely picked up anything new from right here. I did however expertise a few technical points using this website, since I experienced to reload the website many times previous to I could get it to load properly. I had been wondering if your hosting is OK? Not that I'm complaining, but sluggish loading instances times will very frequently affect your placement in google and can damage your quality score if advertising and marketing with Adwords. Anyway I am adding this RSS to my e-mail and could look out for much more of your respective interesting content. Make sure you update this again soon.. Escape rooms

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested