English

ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी



दोस्रो लहरको कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर सेवा दिइरहेकाहरु उच्च जोखिममा छन् । विषम परिस्थितिमा सेवामा खटिरहेका पेट्रोलियम व्यवसायी पनि त्यसैमध्येमा पर्छन् । चालक, सहचालक र पम्पमा कार्यरत कतिपय कर्मचारीहरुको कोरोनाको कारण निधन भएको छ भने केही कर्मचारी लगायत यसमा संलग्न रहेका मजदुरहरुको परिवारमा समेत संक्रमण तीव्ररुपमा फैलिएको छ । जसकारण नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले वागमती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतवारदेखि रोकेको छ । आजबाट अमलेखगञ्ज डिपो पनि बन्द भएको छ । फ्रन्टलाइनमा काम गर्नेहरुलाई कोरोना विरुद्धको खोपको मागमा इन्धनको लोड अनलोड बन्द गरिएको हो ।

ट्याङ्करका चालक, सह–चलक र पम्पमा कार्यरत गरी ७ जना कर्मचारीहरुको संक्रमणबाट निधन भइसकेको संघका अध्यक्ष ईश्वर लामा बताउँछन् । ‘एक जना चालकको बुबा संक्रमण भएर बित्नु भयो, उहाँ बितेको सात दिनमै आमा पनि बित्नु भयो, ९–१० जना कर्मचारीको परिवार सदस्यलाई संक्रमण भएको छ’ उनी भन्छन, ‘यसरी दिनप्रतिदिन सक्रमितको संख्या बढ्ने क्रम जारी छ, खोपको पनि बन्दोबस्स्त छै् ।’
व्यक्तिगत स्वास्थ्य र सुरक्षा पहिलो प्रथामिकता हो । हालको परिस्थितिलाई मध्यनजर गर्दै पटक–पटक व्यक्तिगत स्वास्थ्य सुरक्षाको लागि पहल गर्दा पनि कुनै निकायले ध्यान नदिएको उनको गुनासो छ ।

‘पहल गर्दा सुनवाई नभएपछि हामी सेवा बन्द गर्न बाध्य भयो’ उनी भन्छन्, ‘हामीलाई खोपको व्यवस्था गर्नु पर्छ ।’

अध्यक्ष लामाका अनुसार नेपालभर करिव २ हजार ३ सय ट्याङकर सञ्चालनमा छन् । यसमा करिव ४ हजार ६ सय कर्मचारी कार्यरत छन् । विरेन्द्रनगर, भैरहवा, नेपालगञ्ज डिपोका कर्मचारीले खोप लगाईसकेका छन् । पोखरा डिपोका कर्मचारीहरुलाई खोप लगाउने क्रम जारी छ । खोप नपाएर कर्मचारीले काठमाडौं र अमलेखगञ्ज डिपो बन्द गरेका छन् भने जनकपुर डिपो पनि बन्द गर्ने चेतावनी दिएका छन् ।

संघले बन्द गर्ने निर्णय गरे लगत्तै नेपाल आयल निगमले खोपको लागि निरन्तर प्रयास गरिरहेको निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउँछन् । ‘संघको विषयलाई लिएर छलफल भइरहेको छ’ उनले भने, ‘स्वास्थ्य आपतकालिन केन्द्रले स्वास्थ्य विभागलाई यस विषयलाई सम्बोधन गरेर पत्र काटीसकेको छ ।’

चालक संघले गरेको सेवा अवरुद्धका कारण अतिआवश्यक सेवा एम्बुलेन्स, दुग्ध, खाद्यान्न, पानीको ढुवानीमा समस्या आउने भएकाले निगमले सेवा बन्द नगर्न अनुरोध गरेको छ ।

‘फ्रन्टलाइनमा रहेर काम गर्ने उहाँहरुको कोरोना खोपको माग सही हो ’ उनी भन्छन्, ‘छिटो भन्दा छिटो खोप उपलब्ध गराउन पहल गर्दैछौँ ।’

No description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।