सन्दर्भ : विश्व रक्तदाता दिवस
रक्तदान गर्नेहरुको संख्यामा कमी, नेपालमा दैनिक कति रगत चाहिन्छ ?
आज विश्व रक्तदाता दिवस, नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइएको छ ।
रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । दैनिक २५० युनिट रगतको आवश्यकता पर्ने केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क छ ।
अहिले कोरोना संक्रमणले गर्दा रक्तदान कार्यक्रमहरु पहिलेको जस्तो सक्रीय रुपले सञ्चालन हुन नसकेको नेपाल रेडक्रस सोसाइटीका प्रवक्ता धर्मदत्त बिडारीले बताए । उनी भन्छन् ‘आज विश्व रक्तदाता दिवसको अवसरमा देश भरी विभिन्न रक्तदान कार्यक्रमहरु भईरहेको छ । रक्तदान सम्बन्धि भर्चुअल कविता वाचन कार्यक्रम गरेर पनि रक्तदाता दिवस मनाइयो ।’

‘अहिलेसम्म कुनै पनि विज्ञान र प्रविधिले पनि रगतको उत्पादन गर्न सकेको छैन, रगत मानिसकै शरीरबाट निकालेर अर्को व्यक्तिलाई दिइन्छ, उनले भने, यस्को अर्को विकल्प नभएकोले गर्दा रक्तदन गरेर मात्र विभिन्न दुर्घटनामा परेका बिरामी र अन्य रगतको आवश्यकता परेका बिरामीहरुको ज्यान बचाउन सकिन्छ, त्यसैले सबै स्वस्थ व्यक्तिहरुले रक्तदान गर्नुपर्छ ।’
कोरोना खोप लगाएका व्यक्तिहरुले एक महिनासम्म रक्तदान गर्न मिल्दैन, त्यसैले पनि रक्तदान गर्नेहरुको संख्यामा कमी आएको उनी बताउँछन् ।
सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीररमा कुनै हानी नोक्शान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि माथिका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने चिकित्सकको भनाइ छ । रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका बिरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तीनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ ।
‘अहिलेसम्म कुनै पनि विज्ञान र प्रविधिले पनि रगतको उत्पादन गर्न सकेको छैन, रगत मानिसकै शरीरबाट निकालेर अर्को व्यक्तिलाई दिइन्छ, उनले भने, यस्को अर्को विकल्प नभएकोले गर्दा रक्तदन गरेर मात्र विभिन्न दुर्घटनामा परेका बिरामी र अन्य रगतको आवश्यकता परेका बिरामीहरुको ज्यान बचाउन सकिन्छ, त्यसैले सबै स्वस्थ व्यक्तिहरुले रक्तदान गर्नुपर्छ ।’
‘कोरोना खोप लगाएका व्यक्तीहरुले १ महीना रक्तदान गर्न मिल्दैन र दीर्घ रोगहरुको औषधि सेवन गरेकाहेकाहरुले पनि रक्तदान गर्न नमिल्ने भएकोले अहिले बजारमा रगतको अभाव छ ।’
काठमाडौं बुढानीलकण्ठ निवासी प्रनेल महर्जनले अहिले सम्म २४ पटक रक्तदान गरेका छन् । ‘ मैले होल ब्लड राख्ने गरेको छु, कोहीलाई इमरजेन्सीमा रगत चाहियो भने अस्पताल नै गएर दिन सकियोस् भन्ने अभिप्रायले अहिले कोरोनाको समयमा ब्लड डोनेसन गरेको छैन’, उनी भन्छन् ‘औषधी सेवन गरेको बेला, खोप लगाएको बेला, मदिरा सेवन गरेको बेला र अन्य बिरामी भएको बेला ब्लड डोनेसन गर्नु हुँदैन र त्यस्तो बेला गरेको पनि छैन ।’

हाम्रो शरीरमा भएका रक्तकोषहरु ३ महिनामा नष्ट भएर जान्छ त्यसैले खेर जानु भन्दा कसैको ज्यान बचाउन सकिन्छ भने सबैले रक्तदान गर्नु पर्ने महर्जन बताउँछन् ।
त्यस्तै झापा गोरदहका रुपक अधिकारीले पनि १३ पटक रक्तदान गरिसकेका छन् । यही वैशाख १५ गते पनि उनले रक्तदान गरे । उनी भन्छन्, ‘कोरोना खोप लगाएका व्यक्तीहरुले १ महीना रक्तदान गर्न मिल्दैन र दीर्घ रोगहरुको औषधि सेवन गरेकाहेकाहरुले पनि रक्तदान गर्न नमिल्ने भएकोले अहिले बजारमा रगतको अभाव छ ।’

उनले ४ पटक रक्तदान कार्यक्रम मार्फत रक्तदान गरेका छन् भनेँ ९ पटक डाइरेक्ट बिरामीलाई नै रक्तदान गरेका छन् ।










Top 10 china orthopedic trauma implant manufacturers
www.isotop.com.br Top 10 china orthopedic trauma implant manufacturers Top 10 china orthopedic trauma implant manufacturers Top 10 china orthopedic trauma implant manufacturers Top 10 china orthopedic trauma implant manufacturers Top 10 china orthopedic trauma implant manufacturers