बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?



बर्खा सीजन सुरु भएको छ । यस सीजनमा झाडापखाला, फूड पोइजन जस्ता रोग खानापानको असन्तुलनलेका कारणले देखापर्छ । बर्खामा हुने रोगबाट जोगिन जीवनशैली र खानपानमा परिवर्तन गर्नु आवश्यक छ । यस्तो मौसममा के खाने र के नखाने ? जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीको सुझाव यस्तो छः

के खाने ?

–घरका ताजा खानेकुरा खाने ।
– सीजनमा पाइने ताजा फलफूल खाने ।
– विभिन्न किसिमका दाल र अन्नहरु खाने । जसले रोगसँग लाड्ने क्षमता बढाउँछ ।
– प्रशस्त मात्रमा सफा र उमालेको पानी पिउने ।
–उमालेको पानीमा सकेसम्म कागति र अमला राखेर पिउने ।
–बाहिर भएको अवस्थामा सकेसम्म उमालेको पानी पिउने त्यो सम्भव नभएमा लेमन टी खानुपर्छ ।
– चना, आलु, बदाम र मोराय राखेर घरमै बनाएको चनाचटपटे बालबालिकालाई खुवाउने । यसरी बालबालिकाको इच्छाको खानेकुरा खान पाउनुका साथै उनीहरु स्वास्थ रहनछन् ।
–फ्रिजमा राखेको खानेकुरा पनि २४ घण्टाको मात्र खाने । र खाने बेलामा ताताएर मात्र खाने ।
–एक पटक तताएर राखेको खाना फेरि तताएर नखाने यसरी पटक–पटक बासी खाना तताउँदा खानामा पोषाण तत्व रहँदैन ।
–गर्मी भएकोले दही, मोही, कागति, पुदिनाको पेय पदार्थ खाने ।
–चिया खाँदा दूधको चिया कसैलाई मन परेमा त्यो खाने, लेमन टी खाने गर्नुपर्छ यस्ले शरिरलाई पानीको आवश्यक पूर्ति गर्छ ।
– क्वाँटी वा टुसा उमारिएको गेडागुडीको पौष्टिक तत्वको दुई गुण हुन्छ जसकारणले यस्ता गेडागुडीका झोल, तरकारी खाने ।
– विभिन्न किसिमको तरकारीहरुको झोल ।
–पानी परेको समयमा पकौडा खान मन लागेमा घरमै आलु र बेसनको पकौडा बनाएर खाने ।
–यसका साथसाथै घरको भान्सामा पाइने सबै खान खानु राम्रो हुन्छ ।

के नखाने ?

–वर्षातको समयमा खानामा विभिन्न किटाणु पर्ने भएकाले फ्रिज बाहिरको बासि खानेकुरा नखाने ।
–बजारमा पाइने पेयपदार्थहरु नपिउने ।
–धेरै चिल्लो, पिरो र मसलेदार खाने कुरा नखाने ।
–बजारमा पाइने विभिन्न खाले सुपहरु नखाने ।
–पानी उमालिएको छैन भने त्यो पानी नपिउने ।
– कुनै परकारका बाहिरको खाने कुरा खानु हँुदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक