English

बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?



बर्खा सीजन सुरु भएको छ । यस सीजनमा झाडापखाला, फूड पोइजन जस्ता रोग खानापानको असन्तुलनलेका कारणले देखापर्छ । बर्खामा हुने रोगबाट जोगिन जीवनशैली र खानपानमा परिवर्तन गर्नु आवश्यक छ । यस्तो मौसममा के खाने र के नखाने ? जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीको सुझाव यस्तो छः

के खाने ?

–घरका ताजा खानेकुरा खाने ।
– सीजनमा पाइने ताजा फलफूल खाने ।
– विभिन्न किसिमका दाल र अन्नहरु खाने । जसले रोगसँग लाड्ने क्षमता बढाउँछ ।
– प्रशस्त मात्रमा सफा र उमालेको पानी पिउने ।
–उमालेको पानीमा सकेसम्म कागति र अमला राखेर पिउने ।
–बाहिर भएको अवस्थामा सकेसम्म उमालेको पानी पिउने त्यो सम्भव नभएमा लेमन टी खानुपर्छ ।
– चना, आलु, बदाम र मोराय राखेर घरमै बनाएको चनाचटपटे बालबालिकालाई खुवाउने । यसरी बालबालिकाको इच्छाको खानेकुरा खान पाउनुका साथै उनीहरु स्वास्थ रहनछन् ।
–फ्रिजमा राखेको खानेकुरा पनि २४ घण्टाको मात्र खाने । र खाने बेलामा ताताएर मात्र खाने ।
–एक पटक तताएर राखेको खाना फेरि तताएर नखाने यसरी पटक–पटक बासी खाना तताउँदा खानामा पोषाण तत्व रहँदैन ।
–गर्मी भएकोले दही, मोही, कागति, पुदिनाको पेय पदार्थ खाने ।
–चिया खाँदा दूधको चिया कसैलाई मन परेमा त्यो खाने, लेमन टी खाने गर्नुपर्छ यस्ले शरिरलाई पानीको आवश्यक पूर्ति गर्छ ।
– क्वाँटी वा टुसा उमारिएको गेडागुडीको पौष्टिक तत्वको दुई गुण हुन्छ जसकारणले यस्ता गेडागुडीका झोल, तरकारी खाने ।
– विभिन्न किसिमको तरकारीहरुको झोल ।
–पानी परेको समयमा पकौडा खान मन लागेमा घरमै आलु र बेसनको पकौडा बनाएर खाने ।
–यसका साथसाथै घरको भान्सामा पाइने सबै खान खानु राम्रो हुन्छ ।

के नखाने ?

–वर्षातको समयमा खानामा विभिन्न किटाणु पर्ने भएकाले फ्रिज बाहिरको बासि खानेकुरा नखाने ।
–बजारमा पाइने पेयपदार्थहरु नपिउने ।
–धेरै चिल्लो, पिरो र मसलेदार खाने कुरा नखाने ।
–बजारमा पाइने विभिन्न खाले सुपहरु नखाने ।
–पानी उमालिएको छैन भने त्यो पानी नपिउने ।
– कुनै परकारका बाहिरको खाने कुरा खानु हँुदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested