English

मेलम्चीमा बाढीको वितण्डा

रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)



इन्द्रावती नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भएको छ । मंगलबार साँझबाट एक्कासी नदीमा आएको बाढीका कारण मेलम्ची अस्तव्यस्त बनेको हो ।

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ । साथै, १५ जना सम्पर्कविहिन र २ जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

मृतकमध्ये १ जना गोङ्तियान्छियो नामका चिनियाँ नागरिक रहेका छन् भने अर्का एकजनाको सनाखत हुन सकेको छैन । चिनियाँ नागरिकको शव मेलम्ची बजारभन्दा २ सय मिटर तल फेला परेको थियो भने अर्काको इन्द्रावती गाउँपालिका–७ मा फेला परेको खनालले जानकारी दिए ।

‘बिहानसम्म २० जना सम्पर्कबिहिन भन्ने जानकारी आएको थियो,’ खनालले भने, ‘बेपत्ता भनिएका मध्ये १ जनाको शव फेला पर्यो भने थप ४ जना धुलिखेलबाट सम्पर्कमा आएका छन् त्यसैले अब १५ जना सम्पर्कविहिन छन् ।’

बाढीबाट मेलम्ची नगरपालिकाका अन्दाजी ६ सय र हेलम्बु गाउँपालिकाका अन्दाजी ३ सय जना स्थानीय बासिन्दा प्रभावित भएको छ ।

बाढीले सडक पूर्ण अवरुद्ध बनेको छ । हालसम्म ५ वटा झोलुंगे र ४ वटा पक्की पुल बगाएको छ । यसैगरी, ७ वटा ट्राउट माछा फार्म बगाएको सहायक प्रजिअ खनालले बताए ।

नाकुत्तेभन्दा ५ सयमिटर माथि ठूलो पहिरो गएर मेलम्ची नदी थुनिएको बाँध फुट्न गई नदीको बहाब बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इन्द्रावती नदी आसपासका सबै नागरिकहरु आफ्नो घर छोडेर सुरक्षित ठाउँमा बसिसकेका छन् । यद्यपि, राहतको खाँचो परेको बाढी पीडित गोपाल दुलाल बताउँछन् । नदी किनारमै रहेको दुलालको बाढीले बगाउनै आँटेको छ ।

२ वर्ष अघि ८० लाख लगानीमा निर्माण गरेको घर बाढीले बगाउन लाग्दा उनको मन भक्कानिन्छ । ‘घर त बगाइहाल्छ कतिबेला हो,’ उनले भने, ‘ज्यान जोगायौं अब हामीलाई गाँस र बासको समस्या छ ।’ गोपालजस्तै, अधिकांश मेलम्चीबासीको गुनासो यही छ । त्यसो त मेलम्ची राहतको पर्खाइमा छ ।

तस्बिर:मेरोलाइफस्टाइल

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested