English

मोटोपना कसरी थाहा पाउने ?



अहिले जल्दोबल्दो स्वास्थ्य समस्याका रूपमा देखिएको छ मोटोपन । कोभिड–१९ का कारण पनि मानिसमा शारीरिक परिश्रमको कमीले मोटोपन बढ्दो छ । शरीरमा आवश्यकताभन्दा बढी बोसो जम्नु, पेट बाहिर निस्कनु र शरीरको आकारमा परिवर्तन हुनु नै मोटो हुनु हो ।

अहिले मानिस आफ्नो तौल कति हुनपर्छ ? कति तौल स्वस्थताको आधार हो भन्ने कुरामा अलमल छन् । कती हाइट भएको मानिसको तौल कति हुनुपर्छ लगाएतका विषयमा नर्भिक इन्टरनेशनल हस्पिटलकी डायटिसियन डा. प्रनिती सिंहको सुझाव यस्तो छ:

कति हाइट भएका व्यक्तिको तौल कति हुनुपर्छ ?

यो विश्वमा प्रचलित विधि हो जसलाई बडी मास इन्डेक्स भनिन्छ । यो सूत्रअनुसार उचाइलाई मिटरमा नापी आउने अंकको वर्गफल (होल स्क्वायर)ले तौल केजीलाई भाग गर्दा १८.५ देखि २२.९ सम्म भागफल आएको तौललाई सामान्य तौल मानिन्छ । उदाहरण व्यक्तिको उचाइः १६७ सेमी तौलः ५५ केजी छ भने त्यो सामान्य हो । २३ देखी २४.९ भए पनि त्यो मोटोपन हुन्छ २५ देखि २९.९ भयो भने मोटोपन भन्दा अझ एक स्टेप अगाडी गयो भनेर बुझ्नुपर्छ ।

तौल बढ्न नदिन के गर्ने ?

धेरैलाई लाग्छ, खान छाड्ने बित्तिकै मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छोडिरहेका हुन्छन् । तर, खाना छोड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ । नियमित खानामा कटौती गर्ने भन्दा पनि शारीरिक व्यायाम गर्नु उचित हुन्छ । शारीरिक रुपमा सक्रिय भएपछि वा शरीरको समूचित व्यायाम गरेपछि तौल नियन्त्रण गर्न सम्भव हुन्छ ।
— खानको नियन्त्रण गर्नु पर्छ । हामीले कति खाईराछौँ, के खाइरहेका छौँ, कति मात्रामा खाइरहेका छौँ भन्ने कुरा बुझ्नुपर्छ । प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थहरू हरियो तरकारी, ताजा फलफूल र क्यालरी डाइट गर्नुपर्छ ।

— पानी पनि प्रसस्त मात्रामा पिउनुपर्छ । महिलाहरुले २ देखि ३ लिटर पानी खान सक्छन् भने पुरुषहरुले ३ देखि ४ लिटर पानी खानु पर्छ । तर त्यति पानी धेरैले नियमति पिएका हुँदैनन् । त्यति पानी दनिक पिउनुपर्छ ।

— स्वस्थ जीवन बाच्नकै लागि पनि तौल कम गर्नुपर्छ । तर कतिपय व्यक्तिलाई मोटोपनकै कारण व्यायाम गर्नमा समस्या हुनेगर्छ । समस्या भयो भन्दैमा व्यायाम छोड्नु हुँदैन । नियमित रुपमा जति सकिन्छ त्यति एक्सरसाइज गरेर पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

— धेरै मोटो भएकै कारण कठिन व्यायाम गर्न सकिँदैन भने हल्काफुल्का व्यायाम गर्न सकिन्छ । यसको लागि मनिर्ङ वाक उत्तम विकल्प हुनसक्छ । बिहान नियमित रुपमा करिव आधा घण्टा मर्निङ वाक गर्नाले मात्र पनि शरीरमा निकै ठूलो परिवर्तन देखा पर्छ ।

— तौल नियन्त्रण गर्न राम्ररी निदाउनु पनी जरुरी हुन्छ । राम्रो निन्द्रा भयो भने हाम्रो शरीरमा भएको हर्मोनहरुको ब्यालेन्स मिल्छ । हर्मोनको ब्यालेन्स मिल्यो भने केही मात्रामा तौल पनि नियन्त्रण हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested