English

निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



बाह्रै महिना पर्यटकको घुँइचो लाग्ने पुर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्र हो कन्याम । इलाम जिल्लामा पर्ने यो थलो प्राकृतिक सुन्दरताको अनुपम उपहार हो । चारैतर्फ चियाबगानले ढाँकिएको यो ठाउँ कुनै चित्रकारले कोरेको बेजोड कला झै लाग्छ । देशमा निशेधाज्ञा छ, यतिबेला कन्यामको अवस्था कस्तो होला ? सम्भवतः त्यहाँ पुग्नुहुने धेरैलाई यो कौंतुहलता हुनसक्छ । शुक्रबार हामी त्यहाँ पुग्दा कन्यामको सुन्दरता अझै निखारिएको पायौं । फरक थियो त सधैंको भीडभाड र त्यो कोलाहल । यतिबेला शान्त छ कन्याम । निषेधाज्ञामा निदाएको छ । लाग्थ्यो, यसले पनि लामो आराम खोजिरहेको थियो ।

यहाँको मौसमले छिनछिनमै लुकामारी खेलिरहन्छ । छिनमै घाम, छिनमै पानी, छिनमै कुहिरो । हामी केहीघण्टा त्यहाँ बस्दासमेत यही दृष्य दोहोरियो । कोही सवारीसाधन सिकिरहेका र कोही सडकमै खेलिरहेका देखिन्थे । यि सबै दृष्य चुपचाप हेरिरहेछ कन्याम, दिनहुँ सयौं मानिस यहाँको सुन्दरता हेर्न पुग्थे । यतिबेला कन्याम आफ्नै आँखाले आफ्नो सुन्दरता नियालिरहेको छ, चुपचाप…, चुपचाप… । बाँकी तस्बिर आफै बोल्छ ।

तस्बिरहरु : अशोक गुरुङ(कन्याम,इलाम)/मेरो लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested