English

यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण यही असार २६ गतेसम्म सकिसक्ने लक्ष्य थियो । यो लक्ष्य पुरा भएको भए माछापुच्छ्रे हिमालको मनोरम दृश्य हेर्दै सिधै पोखरा अवतरण गर्ने तमाम नेपाली तथा विदेशीको चाहना पुरा हुन्थ्यो । तर, हालसम्म विमानस्थलको काम ७८ प्रतिशत मात्र सकिएकाले तत्कालका लागि त्यो सम्भावना टरेको छ ।

२२ अर्ब लगानीमा २०७४ असारबाट निर्माण सुरु गरिएको विमानस्थलको अझै थुप्रै काम बाँकी छन् । त्यसैले तोकिएको समयमा सकिने सम्भावना निकै कम रहेको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् ।

‘हामीले तोकिएको भन्दा ६ महिना अगावै निर्माण गरिसक्ने लक्ष्यका साथ काम गरेका थियौं,’ उनले भने, ‘तर, कोरोना भाइरसका कारण जनशक्ति र सामान ढुवानीमा समस्या हुँदा समय सीमाभित्र सक्न मुस्किल भयो ।’

तोकिएको समयभित्र नसकिने भएपछि निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले म्याद थपका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निवेदन दिइसकेको छ । त्यसैले आउँदो डिसेम्बरसम्म निर्माण सम्पन्न भइसक्ने मुनकर्मीको दाबी छ । ‘हामी डिसेम्बरसम्म सबै काम सक्छौं,’ उनले भने, ‘२०७८ भित्र परीक्षण उडान गर्ने हाम्रो लक्ष्य छ ।’

कोरोनाको पहिलो लहरमै चीनबाट आउने कामदार र सामान अड्किए । भारतमा कोरोना महामारी फैलिएपछि सीमानाका बन्द भएका कारण सामान ल्याउन कठिन भएकाले समयमै काम सक्न कठिन भएको उनी बताउँछन् ।

३ हजार ७ सय ९९ सय रोपनी क्षेत्रफलभित्र बन्दै गरेको यस विमानस्थलमा टर्मिनलसहित ९ वटा भवन छन् । ‘यी सबै भवनको काम सकिएको छ,’ उनले भने, ‘४ वटा भवनको केही तलामा फिनिसिङको काम भइरहेको छ ।’ १० हजार वर्गमिटरको टर्मिनल भवनको लम्बाई करिव १ सय ९५ मिटर छ ।
त्यस्तै, ल्याण्ड साइडतर्फ एक्सेस रोड र टर्मिनल सर्भिस रोडहरुको पनि मूख्य काम सम्पन्न भइसकेको उनले बताए ।

विमानस्थलको २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग (रन वे) रहेको छ । यसैगरी, ट्याक्सी वे करिव ९ सय मिटर लम्बाई, २३ मिटर चौडाईको छ ।

यस विमानस्थालमा १ सयदेखि २ सय सिट क्षमता भएका विमानहरु अवतरण हुने मुनकर्मी बताउँछन् । ‘यहाँ धेरै ठूला जहाज ल्याण्ड हुँदैनन्,’ उनले भने, ‘यहाँ नजिकै डाँँडाहरु छन् त्यसैले मध्यम साइजका विमानहरुमात्र अवतरण हुन्छन् भने ११ वटासम्म विमान पार्किङ गर्न सकिन्छ ।’

created by dji camera

तस्बिरहरुः राजकुमार श्रेष्ठ

सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested