English

यी ४ जुसले ग्लुकोजको स्तर छिट्टै नियन्त्रण गर्छ



मधुमेहका बिरामीहरूलाई दिइने पहिलो सल्लाह हो, रगतमा चिनीको मात्रा सधैं नियन्त्रणमा राख्नुपर्छ । मधुमेह–सम्बन्धित जटिलताहरूबाट बच्नका लागि र आफ्नो अवस्थालाई राम्रोसँग व्यवस्थापन गर्न रगतमा ग्लुकोजको स्तर बढ्न दिनुहुँदैन ।

मधुमेहका बिरामीहरूले आफ्नो खानपान, जीवनशैली र रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्ने सबै कुराको ख्याल राख्नुपर्छ ।

रगतमा चिनीको मात्रा प्राकृतिक रूपमा नियन्त्रण गर्ने तरिकाहरू पनि छन् । यी विधिहरूद्वारा मधुमेहका बिरामीको रगतमा ग्लुकोजको मात्रा सन्तुलित राख्ने मात्र होइन, अन्य सबै अंगहरूलाई पनि मधुमेहका कारण हुने क्षतिबाट बचाउन सक्छन् ।

खाली पेटमा पिउनुहोस् यी जुस

कहिलेकाहीँ रगतमा चिनीको मात्रा अचानक धेरै बढ्छ । खासगरी, केही खानेकुरा खाएपछि ग्लुकोजको स्तर निकै छिटो बढ्छ । प्रायः यस्तो अवस्थाको सामना गर्ने मानिसहरूका लागि केही तरकारीहरूको जुसको सेवन लाभदायक सावित हुन्छ ।

विज्ञहरूका अनुसार मधुमेहका बिरामीले बिहान खाली पेटमा यी स्वस्थ जुस पिउन सक्छन् । यसबाट रगतमा चिनीको मात्रा सजिलै नियन्त्रण गर्न सकिन्छ ।

करेलाको जुस

करेलाले मधुमेहका बिरामीका लागि रामवाण औषधिको काम गर्छ । वास्तवमा करेलामा पाइने भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘सी’ जस्ता विभिन्न भिटामिनका अलावा भिटामिन ‘बी’ समूहका तत्व थेमिन र रिबोफ्लेभिनले मधुमेहलाई नियन्त्रणमा राख्ने काम गर्छ । यी सबै तत्वहरूले प्यान्क्रियाजलाई इन्सुलिन उत्पादन गर्न मद्दत गर्छ, जसले रगतमा चिनीको मात्रा कम राख्छ ।

मेडागास्कर वा पेरिविङ्कलको जुस

बगैँचामा सजिलै पाइने बिरुवा मेडागास्कर वा पेरिविङ्कलले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ । वास्तवमा, यस बोटको पातमा ‘एल्कालोइड्स’ नामक तत्व हुन्छ, जसले प्यान्क्रियाजको बिटा कोशिकाहरूलाई काम गर्न मद्दत गर्छ । यी कोशिकाहरूले इन्सुलिन उत्पादन गर्छन्, जसले रगतमा ग्लुकोजको मात्रा बढाउँदैन र मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ ।

गोलभेडाको जुस

टमाटरको सेवन मधुमेहमा निकै फाइदाजनक हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यस्तै, टमाटरमा पाइने ‘प्युरिन’ नामक तत्वले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

काँक्रोको जुस

पानी र भिटामिन ‘सी’ प्रचुर मात्रामा भएको कागती र काँक्रो जस्ता तरकारीहरू पनि मधुमेह रोगीहरूको लागि धेरै लाभदायक छन् ।

काँक्रो विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट, पोटासियम र भिटामिनसहित आहार फाइबरले भरिपूर्ण हुन्छ । त्यसैले, काँँक्रोको जुस पिउनाले यी सबै पोषक तत्वहरू शरीरले प्राप्त गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रण गराउँछ ।

यो पनि…
किशोरावस्थामै आमा, पाठेघर खस्ने समस्याबाट पीडित
गिजासम्बन्धी समस्याको कारण र बच्ने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र