English

मधुमेह नियन्त्रण गर्ने उपाय



रगतमा चिनी नियन्त्रण गर्नु मधुमेहका बिरामीहरूको लागि धेरै महत्त्वपूर्ण हुन्छ किनभने रगतमा अनियन्त्रित चिनी धेरै गम्भीर समस्याहरूसँग सम्बन्धित हुन्छ । स्वस्थ आहार र राम्रो जीवनशैलीले टाइप २ मधुमेहको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसका साथसाथै केही घरेलु आयुर्वेदिक औषधिहरू छन् जसको माध्यमबाट तपाईँले आफ्नो ब्लड सुगरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यी घरेलु उपचार धेरै स्वास्थ्य लाभहरूले भरिएका छन् । मधुमेह व्यवस्थापन गर्ने केही उपायहरू यस प्रकार छ ः

मेथी

मेथीको दानाले पाचन र कार्बोहाइड्रेटको अवशोषणलाई ढिलो गरेर रगतमा चिनीको मात्रा सुधार गर्छ । मेथीको दाना मुटुको लागि पनि राम्रो हुन्छ । किनकि यसले कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न मद्दत गर्दछ ।

तुलसी

तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई बलियो बनाउँछ । पोषणविद्हरूले पनि तुलसीले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्छ भनी प्रकाश पार्छन् । तुलसीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनाव कम गर्छ । तुलसीलाई मानसिक स्वास्थ्य पनि सुधार गर्छ ।

दालचिनी

दालचिनीमा एन्टी भाइरल, ऐँठी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ । यसमा एन्टिअक्सिडेन्टका साथै एन्टी–इन्फ्लेमेटरी प्रभाव पनि हुन्छ । अध्ययनका अनुसार दालचीनीले टाइप–२ मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ। सबै जडिबुटीहरू मध्ये, दालचिनी सबैभन्दा शक्तिशाली जडीबुटी हो जसमा मिथाइल हाइड्रोक्सी चाल्कोन पोलिमर हुन्छ जसले ग्लुकोजको अपटेकलाई उत्तेजित गर्छ ।

बेसार

पोषणविद्हरूका अनुसार बेसारमा पाइने कर्क्युमिन एक बलियो एन्टिअक्सिडेन्ट हो र यसले मधुमेहका जटिलताहरूलाई निको पार्न मद्दत गर्छ। बेसारले शरीरलाई धेरै फाइदा पुर्याउन सक्छ । बेसारमा एन्टी इन्फ्लेमेटरी गुण पनि भरिएको हुन्छ । तपाईँ आफ्नो आहारमा बेसार धेरै तरिकामा समावेश गर्न सक्नुहुन्छ। यदि तपाईँलाई मधुमेह छ भने, कम ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराहरू लिनुहोस् र चिनीको स्तर कायम राख्न आफ्नो दिनचर्यामा नियमित शारीरिक व्यायाम समावेश गर्नुहोस् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested