English

गिजासम्बन्धी समस्याको कारण र बच्ने उपाय



शरीरका अन्य अङ्गहरूको जस्तो दाँतको पनि महत्व एकदमै धेरै छ । जब दाँतको कुरा आउँछ, यसलाई समात्ने गिजालाई बेवास्ता गर्न सकिँदैन । गिजामा हुने समस्याको प्रत्यक्ष असर दाँतमा पर्छ ।
त्यसैले, गिजा सुन्निनु, ब्रस गरेपछि रगत आउनु, दाँत हल्लिनु, मुखबाट लगातार दुर्गन्ध आउनु, यी सबै गिजाको समस्याका लक्षण हुन् ।

जब यी लक्षणहरू देखा पर्छन्, यसको उपचार तुरुन्तै शुरु गर्नुपर्छ, किनभने प्रारम्भिक चरणमा यसबाट छुटकारा पाउन सजिलो हुन्छ । तर, जति समस्या बढ्दै जान्छ त्यो निकै कठिन बन्दै जान्छ ।

गिजासम्बन्धी समस्याको कारण

– गिजासम्बन्धी समस्या गराउने मुख्य कारण भनेको दन्तेलेउ हो । हरेकपटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिन्छ र लेउ बनेर बस्छ । यही दन्तेलेउ नै गिजासम्बन्धीको समस्याको मूल कारण हो ।
यदि, दन्तेलेउ समयमा नै हटाइएन भने यो कडा हुँदै जान्छ । जसले गर्दा गिजाको संक्रमण देखा पर्दछ ।
– शरीरका अन्य रोगहरू जस्तै, मधुमेहको कारणले पनि गिजाको समस्या देखिन्छ ।
हर्मोनल गडबडीले पनि गिजामा नकारात्मक असर पारिरहेको हुन्छ ।
– धूम्रपान सहितका सुर्तीजन्य पदार्थको सेवनले पनि गिजाको समस्या देखिने गर्छ ।

लक्षण

– गिजाको रङ्ग विस्तारै बदलिँदै रातो हुनु,
– गिजा चलाउँदा वा ब्रस गर्दा रगत आउनु,
– संक्रमण बढ्दै जाँदा आफैँ रगत आउनु,
– गिजाको संक्रमण फैलिँदै जाँदा दाँतलाई सपोर्ट गर्ने भागहरूमा पनि समस्या देखिनु,
– गिजा पहिलेको ठाउँभन्दा तलतिर सर्दै जानु,
– दाँतको बीचमा खानेकुरा अड्किनु,
– दाँत हल्लिनु तथा दाँतहरूको बीचको दूरी बढ्दै जानु,
– गिजा क्रमशः सुन्निँदै जानु,
– दाँत र गिजाको बीचबाट रगत पिप आउनु,
– मुखबाट गन्ध आउनु,

बच्ने उपाय

– दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने । दाँत माझ्नको लागि नरम ब्रसको साथसाथै फ्लोरिडेटेड पेस्टको प्रयोग गर्ने ।
– दाँत माझ्नुको साथै हरेकपटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिँदैन ।
– दाँतको बीच–बीचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ । त्यसैले, डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ ।
– खानेकुराहरूमा पनि विशेष ध्यान दिनुपर्दछ । दाँतमा टाँसिने वा गुलिया खानेकुराहरू एकदमै कम मात्रामा खानुपर्छ ।
– धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी छ भने त्यो बानीलाई बिस्तारै छोड्नुपर्छ ।
– चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा पेस्टहरू प्रयोग गर्नुपर्छ ।
– शरीरमा मधुमेहजस्तो किसिमका रोगहरू छ भने गिजासम्बन्धी समस्याहरू आउन नदिन विशेष ध्यान दिनुपर्छ ।
– कम्तीमा पनि ६ महिनादेखि एक वर्षभित्र अस्पताल गएर दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुपर्छ । यसो गरेमा दाँतसम्बन्धी रोगहरूबाट छुटकारा पाइन्छ ।

यो पनि…
चिसोयाममा घुँडा दुख्ने समस्याबाट यसरी बच्नुहोस्
आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट बच्न के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested