English

कोरोना निको भएका मानिसलाई ब्रेन फंगका लक्षण



कोरोना भाइरस संक्रमण यति धेरै फैलिन्छ भनेर कसैले पनि कल्पना गरेको थिएन । कोभिड–१९ ठीक भएपछि झन नयाँ–नयाँ बिमारीहरू देखिएका छन् । कोभिड बाट ठीक भएका मानिसहरूमा ब्रेन फंगका लक्षणहरू देखापरेको छ ।

डेली मेलकाे ब्रेन कम्निकेसनमा जर्नलमा प्रकाशित लेखअनुसार १३५ मानिसहरूलाई विश्लेषण गरिएको थियो । यस स्टडीमा सामिल सबै जनालाई १२ ब्रेन गेममा सामेल गरिएको थियो । जसमा ४० मानिसहरू कोभिड संक्रमित भइसकेका थिए । जसमा सात जना गम्भिर थिए ।

ब्रेन फंग भनेको के हो ?
ब्रेन फंग एक गम्भीर समस्या बनेको छ । यो दिमागसँग जोडिएको बिमारी हो । यसमा दिमागले सही तरिकाबाट फंगका कारण ध्यान केन्द्रित गर्न सक्दैन । धेरै चोटी उचित निर्णय लिन पनि धेरै समस्या हुन्छ । जारी रिसर्च र न्युरोलोजिस्टका अनुसार कोरोना भाइरस निको भएका बिरामीहरूलाई ब्लड क्लन्टपछि यो समस्या आएको हो । गलामा सुजन आउनु, टाउकोमा रगत जम्नु, बिस्तारै बिस्तारै रगत बाक्लो हुनु आदि ।

के कारणले हुन्छ ब्रेन फंग

रिसर्चका अनुसार कोरोना भइसकेका बिरामीहरूमा धेरै समस्या आएको छ । तर, यसको सबैभन्दा मुख्य कारण बिरामीहरूका उपचारको क्रममा इलेक्ट्रोलाइट सुगरको कम र बढी हुनु । साथै दिमागमा अक्सिजन नपुग्दा पनि यस्तो समस्या आउने गर्छ ।

ब्रेन फंगका लक्षणहरू

– थकान हुने

– टाउको दुख्ने

– निद्रा नलाग्ने

– टाउकोमा रगत जम्ने

– बिस्तारै बिस्तारै रगत बाक्लो हुने

– छाती दुख्ने आदि।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीको रुपमा फरक स्वादको प्रस्तुतिका साथ उपस्थित भएकी गायिका सिम्रन धितालले ‘तोरी लाउरे’ नामक गीतको

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

Latest










Popular
Suggested