सेक्सका लागि यी खानेकुरा हानीकरक



सेक्सका लागि खानाको एकदमै महत्त्वपूर्ण हुन्छ । स्वास्थ्यकर खानाले यौन जीवनलाई स्वास्थ्य बनाउँछ । जसका लागि तपाईले के खानाले कस्तो प्रभाव पर्छ , जानकार हुन आवश्यक छ ।

चकलेट

चकलेट सेक्स किलर फूड भनेर चिनिन्छ । यसमा यौन जीवनलाई असर गर्ने तत्त्वहरू हुन्छन् । चकलेटलाई प्रेम, उत्साह र रोमान्सको प्रतीक मानिए पनि यसले टेस्टोस्टेरोनको स्तर घटाउने गर्दछ । यो खानाले सेक्सलाई असर गर्ने विज्ञको दाबी छ ।

कफी

एक कप कफीले तपाईंको मुडलाई ताजा बनाउँछ । तर यसले तपाईंको यौन जीवनमा नराम्रो असर गर्छ । जति चाँडो यसले थकान हटाउँछ, त्यति नै चाँडो यौन क्षमता घटाउँछ । अत्यधिक मात्रामा कफीको सेवनले एड्रेनल ग्रन्थिलाई नोक्सान पु¥याउँछ, जसले तनाव हर्मोनको उत्पादनमा निम्त्याउँछ । यसले तपाईको सेक्स जीवनलाई असर पार्छ ।

पुदिना

पुदिनाबाट बनेको टुथपेस्टको दाँत सफा गर्न प्रयोग गरिन्छ । दाँत मात्र सफा नगरी पचानप्रणलीमा पनि मद्दत गर्दा छ । तर पुदिनाको लगातार सेवन गर्नाले यौन चाहना कम हुन्छ । साथै
यसले सेक्स ड्राइभलाई शान्त बनाउँछ । जसले गर्दा तपाई यौन जीवलाई प्रभाव पर्दछ ।

फ्राइड र जङ्क फूड

फ्रेन्च फ्राइज, पिज्जा र बर्गरलाई रोमान्स किलर फूडको रूपमा हेरिन्छ । यी मिश्रित हाइड्रोजनयुक्त बोसोले टेस्टोस्टेरोनको स्तर घटाउँछ । जसका कारण पुरुषमा शुक्रकीटको उत्पादन असामान्य र गुणस्तर घट्छ । पार्टनरलाई रोमान्टिक डेटमा लैजाँदै हुनुहुन्छ भने, फास्ट फूडको सेवन नगर्नुहोस् ।

मादक पदार्थ

मादक पदार्थको लगातार सेवनले सेक्स हर्मोनलाई असर गर्छ । जसले गर्दा सेक्स पावर कम हुन थाल्छ । धेरै मात्रामा मदिरा सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोनको मात्रा कम हुन्छ, जसले यौन जीवनलाई असर गर्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
सेक्सका क्रममा गरिने यी पाँच प्रकारका चुम्बन



...
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस् - Mero LifeStyle Mero LifeStyle

[…] सेक्सका बारेमा कुराकानी गर्न हामी हिचकिचाउँछौं । तर, पार्टनरसँग खुलेर कुरा गर्दा सम्बन्ध सुमधुर हुन्छ । पार्टनरसँग कुन अवस्थामा कुरा गर्ने भन्ने कुरा जानकार हुन जरुरी हुन्छ । सोही विषय यहाँ चर्चा गरिएको छ । […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

केही वर्षअघि, महिलाहरूको यौन आचरणबारे एक सर्वेक्षण गरिएको थियो । जुन सर्वेक्षणमा महिलाहरू मादकपदार्थ सेवन गरेको अवस्थामा यौन सम्पर्क गर्न

नेपालमा हस्तमैथुनका विषयलाई लिएर कुरा गर्न हिचकिचाउँछन् । तर, करिब ९५ प्रतिशत पुरुष र महिलाले सन्तुष्टिको लागि हस्तमैथुनको सहारा लिने

आजको दौडधुपको जीवनमा प्रायः मानिसहरू घण्टौँसम्म काम गर्छन् । जसका कारण घर फर्किने क्रममा यति धेरै थकित हुन्छन् कि घर

कोभिड–१९को खोप कार्यक्रमहरू भइरहेका छन् । कोरोना खोपलाई लिएर धेरै प्रश्नहरू पनि मानिसहरूको मनमा उठिरहेको छ । कोभिड भ्याक्सिन लगाएपछि

Suggested