English

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



महिनावारी हुनु अगाडि र भए पछाडिका केही दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन । जुन कुरा हालका आधुनिक अनुसन्धानले पुष्टि समेत गरिसकेको छ । सोहीकारण विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प भनेरै मानेका छन् । साथै ‘सेफ सेक्स पिरियड’ भनेर पनि मान्दछन् । हेरौं, महिनावरी भएपछि कुन दिनको सेक्स सुरक्षीत हुन्छ :

महिनावारी भएको पहिलो सात दिन
महिनावारी भएको पहिलो सात दिन सुरक्षित अवस्था हो । तर, उक्त समयमा महिला शारीरिक र मानसिक रुपले भने यौनसम्पर्क गर्नु राम्रो मानिदैन । यसकारण यो बेलामा यौनसम्पर्क नगरेको राम्रो हुने विज्ञहरु बताउँछन् ।

महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन
उक्त दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । अनुसन्धानकर्ताहरुले उक्त दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

महिनावारी भएको ११ देखि १६ दिन
साधनविना गरिने यो बेलाको यौनसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशतसम्म रहने बताउँछन् ।

१७ देखि १९ दिन
साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले उक्त समयमा पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउँछन् ।

२० देखी महिनावारी नहुँदासम्मको दिन
यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले सो समयमा सावधानी विना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहने बताएका छन् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले