English

यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?



फोक्सो क्यान्सर महिला र पुरुष दुवैमा मृत्युको प्रमुख कारण बन्दै आएको छ । जब फोक्सोका कोषहरुको असामान्य वृद्धि भएर तिनले आफ्नो चरित्रमा परिवर्तन ल्याउँछन् तब फोक्सो क्यान्सरको सुरुवात हुन्छ । फोक्सो क्यान्सर हुनुको कारण के हो ? यसबाट कसरी बच्ने ? लगायतको विषयमा अंकोलोजिष्ट डा. सुस्मिता शर्माको सुझाव यस्तो छ:

कारण

फोक्सोमा क्यान्सर हुने कारण धेरै छन्  । यद्यपि, धुम्रपान, प्रदुषित वायु, बाहिर जथाभाबी राखिएका खानेकुरा आदिको सेवनले क्यान्सर हुने गर्छ ।
अध्ययनअनुसार धूम्रपान तथा सुर्तीजन्य चिजहरूमा हुने निकोटिन, सल्फर डाइअक्साइड, कार्बन, नाइट्रोजन अक्साइडजस्ता पदार्थका कारणले क्यान्सर हुन्छ ।
विषादी प्रयोगबाट पनि क्यान्सर हुने गर्छ । वायुमा हुने क्यान्सरजन्य वस्तुको सम्पर्कबाट पनि यो रोग लाग्छ ।

लक्षणहरू

– लामो समयदेखि सुख्खा अथवा खकार आउने खोकी लाग्नु प्रमुख लक्षण हो ।
– खकारमा रगत वा रगतका छिटा देखिने मुख्य कारण क्षयरोग हो ।
– बिरामीलाई सास फेर्न गाह्रो हुनु र केही सामान्य काम गर्दा पनि स्वाँ स्वाँ हुनु ।
– छातीमा केही अप्ठ्यारो भएजस्तो वा दुखेको छ भने पनि डाक्टरी जाँच गराउन जरुरी हुन्छ ।

रोकथाम र उपचार

– धूम्रपान, अस्वस्थ खानपान र प्रदूषणबाट जोगिन सकेमा फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।
– कम्तिमा पनि वर्षमा एकपटक स्वस्थ्य जाँच गराउने ।
– रोगको लक्षण देखिने बित्तिकै तुरुन्त सम्बन्धित चिकित्सकसँग सल्लाह लिने ।
– फोक्सोको क्यान्सरको लक्षण टिभीसँग मिल्ने भएकोले धेरै जना लामो समयसम्म टिभीको उपचार गरेर बस्छन् । त्यसैले खोकी लागिरहने, खकारमा रगत देखिने जस्ता लक्षणहरु देखियो भने क्यान्सरको पनि जाँच गर्ने ।
– क्यान्सरको स्टेजको आधारमा शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी आदिको माध्यमबाट उपचार गर्न सकिन्छ ।
– यसरी पहिलो र दोस्रो स्टेजको बिरामीलाई शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो स्टेजका बिरामीका लागि किमोथेरापी र रेडियोथेरापीको माध्यम अपनाउनुपर्छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested