English

तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



पूजाआजादेखि भान्सा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ ।

एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक चम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरू पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा यस्ता छन् :

१. क्यान्सरमा उपयोगी

तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

२. मुटुरोगका लागि लाभदायी

तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त पाइन्छ । यसमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याटी एसिड पनि हुन्छ । फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्‍याउँछन् ।

३. शरीरका लागि फाइदा

तोरीको तेलले मसाज गर्दा रक्त सञ्चार प्रणाली, पसिनाका ग्रन्थीसहित पाचन प्रणालीमा समेत राम्रो फाइदा पुर्‍याउँछ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्दा शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो हुने गर्दछ ।

४. चिसोमा उपयोगी

तोरीको तेलमा शरीरलाई तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने काम गर्छ । रुघामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिदाँ रुघा निको हुन्छ र घाँटी सफा हुन्छ ।

५. बाहिरी दुखाइमा उपयोगी

तोरीको तेलले नियमित मसाज गर्दा शरीरमा रक्त सञ्चार बढाई शरीरका बाहिरी दुखाईलाई कम गर्छ । यसले जोर्नी दुख्ने र बाथको समस्याका लागि समेत उपयोगी हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाई कम गर्छ ।

यसका साथै तोरीको तेलले दम रोगका बिरामीलाई स्वास फेर्न सहज बनाउने, मष्तिष्कको कार्यक्षमता बढाउने, दाँत सेतो पार्ने, छाला स्वस्थ बनाउने, छाला सुख्खा हुन नदिने, कपाल झर्नबाट जोगाउने, कपाल फुल्न नदिने लगायतका फाइदा हुने गर्दछ ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



...
Seo-Ul-tub

Мы команда специалистов по SEO-оптимизации, занимающихся продвижением вашего сайта в поисковых системах. Наша команда получили заметные достижения и хотим поделиться с вами нашим опытом и навыками. Какие услуги мы предоставляем: • сео продвижение веб • Тщательный анализ вашего сайта и разработка персональной стратегии продвижения. • Оптимизация контента и технических аспектов вашего сайта для максимальной эффективности. • Ежедневный анализ данных и мониторинг вашего онлайн-присутствия для постоянного улучшения его эффективности. Подробнее https://seo-prodvizhenie-ulyanovsk1.ru/ Результаты наших клиентов уже видны: рост посещаемости, улучшение рейтинга в поисковых запросах и, конечно, увеличение прибыли. У нас вы можете получить бесплатную консультацию, для того чтобы обсудить ваши требования и помочь вам разработать стратегию продвижения, соответствующую вашим целям и бюджету. Не упустите шанс улучшить свои показатели в онлайн-мире. Обратитесь к нам прямо сейчас.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको