कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ



तपाईंलाई कपाल झर्ने समस्याले दुःखी बनाएको छ भने चिन्ता नलिनुहोस् किनकि अब प्राकृतिक विधिबाट पनि कपाल झर्ने समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ । कहिलेकाहीँ कपाल झर्ने समस्याले आत्मविश्वासलाई कम गर्छ । आफ्नो आत्मविश्वास पुनः प्राप्त गर्न, कपाल झर्न रोक्न घरमै यो प्राकृतिक उपाय गर्न सक्नुहुन्छ । कपाल झर्ने समस्याबाट छुटकारा पाउने केही घरेलु उपाय यस प्रकार छ :


ताेरीकाे तेलले मालिस
यदि तपाई कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ भने टाउकोमा नियमित तेल मसाज गर्नुहोस् । यसो गर्दा कपालको फोलिकल्स सक्रिय हुन्छ र कपालको वृद्धि फेरि सक्रिय हुन्छ ।

प्याजको रस
कपाल छिटो बढ्नका लागि प्याजको रस निकै फाइदाजनक हुन्छ । यति मात्र होइन, प्याजको रसले कपाल झर्ने समस्या पनि कम गर्छ । प्याजको रस दुर्गन्धित हुन सक्छ तर यसको धेरै फाइदाहरू छन् । यसको प्रयोगले कपाल झर्न कम हुनुको साथै नयाँ कपाल उम्रन थाल्छ ।


कागतीको रस
टाउकोको विभिन्न समस्याबाट छुटकारा पाउन टाउकोमा ताजा कागतीको रस पनि लगाउन सक्नुहुन्छ । यसलाई नरिवलको तेलमा मिसाएर लगाउनुहोस् । नरिवलको तेलमा कागतीको रस मिसाएर लगाउँदा एकदमै राम्रो नतिजा मिल्छ र टाउकोको कपाल झर्ने समस्या पनि कम हुन्छ ।

माछाको तेल
माछाको तेल पनि टाउकोमा कपाल बढाउनको लागि सजिलो तरिका हो । माछाको तेलमा ओमेगा फ्याटी एसिड हुन्छ, जसले कपाल बढाउन मद्दत गर्छ र राम्रो नतिजा दिन्छ ।

घ्यु कुमारी
कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महँगो उत्पादनहरूमा पैसा खर्च गर्नु पर्दैन । दैनिक ताजा एलोभेरा स्टिकबाट केही ताजा एलोवेरा जेल लिनुहोस् र यसलाई आफ्नो टाउकोमा लगाउनुहोस् । एक घण्टा पछि यसलाई धुनुहोस् । कपाल झर्न रोक्ने यो सबैभन्दा सस्तो औषधि हो ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



...
Omignee

buy viagra and cialis online Wang Z, Yu Y, Dai W, Lu J, Cui J, Wu H, Yuan L, Zhang H, Wang X, Wang J, Zhang X and Zhang Q

...
अनुहारमा एलोभेरा लगाउनु फाइदा की बेफाइदा ? - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
चम्किलो छाला प्राप्त गर्न यस्ता छन् सजिलो उपाय - Mero LifeStyle Mero LifeStyle

[…] महिलाको सपना हो । हामी तपाईँलाई केही प्राकृतिक उपायहरूको बारेमा बताउनेछौँ, जसलाई अपनाएर […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

मानिसहरूलाई स्वस्थ रहन फलफूल खाने सल्लाह दिइन्छ। फलफूलले शरीरलाई पोषण दिन्छ। फलफूलमा भिटामिन, प्रोटिन, मिनरल्स लगायतका पौष्टिक तत्त्वहरू प्रशस्त मात्रामा

सीधा कपाल भएकाहरू आफ्नो कपाल कर्ली गर्न चाहन्छन्। अर्कोतर्फ, कपाल कर्ली भएका हरूलाई आफ्नो कपाल स्ट्रेट गर्न धेरै गाह्रो हुन्छ।