English

उपचार होइन सौता पाउँछन् महिला



तिला गाउँपालिका-८ जुम्लाकोटकी पञ्चकली रावतको १४ वर्षको उमेरमा विवाह भयो। १५ वर्षमै आमा बनिन्। ३० वर्ष नपुग्दै १० सन्तानकी आमा भइन्। चार सन्तान मरे। ६ सन्तान जीवित छन्। उनी अहिले ५० वर्षकी भइन्। १०औं सन्तान जन्मिएपछि उनमा पाठेघरको समस्या चरम अवस्थामा पुगिसेको थियो। २० वर्षदेखि यही समस्या बोकेर हिँडिरहेकी छिन् रावत।

अवस्था जटिल भएपछि बल्ल रावतको सर्वोदय नेपालको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपरेसन भयो। पाठेघर फालेपछि यतिबेला आराम महसुस भएको रावत बताउँछिन्। तिला गाउँपालिका-९ मालापानीकी जैसरी बुढाको पनि पाठेघरमा समस्या छ। उनको पनि बालविवाह भएको थियो। १२ वर्षको हुँदा विवाह भएको उनी बताउँछिन्।

१७ वर्षमा उनले पहिलो सन्तान जन्माइन्। उनको पाठेघरको समस्या दिनदिनै बढ्दो छ। तर उपचार गराउन पाएकी छैनन्। २५ वर्षको उमेरमै आठजना सन्तान जन्माइन् बुढाले। त्यही अवधिमा आङ (पाठेघर) खस्यो उनको। रोग छिप्पिँदै गएपछि तल्लो पेट दुख्ने समस्या बढेको बुढा बताउँछिन्। बुढाका अनुसार मालापानीका धेरै महिलामा पाठेघरको समस्या छ।

अल्पायुमै मुत्यु

जुम्लाका अधिकांश महिलाको पाठेघर खस्ने र पाठेघरसम्बन्धी समस्याकै कारण अकालमै मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ। जुम्लाको मालापानी गाउँमा यो समस्या सबैभन्दा बढी रहेको स्थानीयवासी पनि बताउँछन्। अधिकांशले उपचार नपाएरैै ज्यान गुमाउनु परेको छ।

उपचार होइन सौता पाउँछन् महिला

पाठेघरको समस्या देखिएपछि यहाँका महिला उपचार पाउनुको सट्टा सौता पाउँछन्। जसको उदाहरण हुन् मालापानी गाउँकी महिला। मालापानीकी एक महिलाका अनुसार पाठेघरको समस्या देखिएपछि धेरैजनाका श्रीमानले दोस्रो श्रीमती ल्याएका छन्।

सामाजिक प्रतिष्ठा र सुरक्षाका कारण उनले रोगी श्रीमतीमाथि सौता ल्याउने पुरुषको नाम उल्लेख गर्न नसकिने बताइन्। तर,यही गाउँका दूधकली बुढा र सुन्धरा थापाले भने उपचार नपाएरै गोठमा ज्यान गुमाए। पाठेघरको समस्याको उपचार गर्नुको सट्टा गन्हाउन थालेको भन्दै उनीहरूलाई गोठमा लगेर राखियो। गोठमै अकालमा मृत्यु भएपछि दुवैजनाका श्रीमानले अर्की श्रीमती ल्याइसकेका छन्।

सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपुर्‍याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, बालविवाह गर्ने, सुत्केरी भएको समयमा यौनसम्पर्क राख्ने जस्ता कारणले पाठेघरको समस्या देखापर्‍यो।

लाजले लुकाउँछन् रोग

तिलाकै सुडिगाउँकी सुकमती रावत पनी पाठेघरको बिरामीका कारण छटपटीमा छिन्। उनका चार सन्तान छन्। पाठेघरको बिरामी भएको १० वर्ष बढी भयो। यो समस्या थाहा पाए पनि लाजका कारण कसैलाई नभनी लुकाएर बसेकी छन्। समस्या लुकाउनेका कारण पनि जिल्लाका महिलामा पाठेघरको समस्या विकराल बन्दै गएको छ। रावत भन्छिन्, ‘लाज मान्ने चलनले लुकाएर बसें। अब गाउँपालिका र सर्वोदय नेपालले सम्झाएपछि उपचार गर्ने सोचेकी छु।’

बल्ल उपचारतिर

पातारासी गाउँपालिका-२ तल्फिगाउँकी लालसरी बिकलाई पनि पाठेघरको समस्या भयो। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराइन्। पाठेघरमा घाउ भएको देखियो। पाठेघरको शल्यक्रिया गरेपछि उनलाई यतिबेला आराम महसुस भएको छ। बिक भन्छिन्, ‘महिनावारीका बेला धेरै भारी बोक्दा यस्तो अवस्था आएको हो। पाठेघर फ्याँकेपछि बोझ हलुको भो। पाँच वर्ष थलिएपछि उनको निःशुल्क शल्यक्रिया भयो। अहिले उनको अवस्था सामान्य छ।’

कलिलो उमेरका महिलामा बढी समस्या

जनस्वास्थ्य कार्यालयले आयोजना गरेको निःशुल्क पाठेघर जाँच शिविरमा चेकजाँच गर्न आउने अधिकांश महिलामा समस्या देखिने गरेको छ। जुम्लामा महिलाको पाठेघरको निःशुल्क उपचार हुन्छ। तर,महिलाहरू लाज मान्ने कारणले रोग लुकाएर बस्ने र विस्तारै रोग बढ्दै गएपनि चेकजाँच नै नगरी मृत्युको मुखमा पुग्ने गरेको अभियन्ता कमल खत्रीको दाबी छ। खत्री भन्छन्, ‘इज्जत गुम्ने र लाज हुने भन्दै धेरैले महिलाले अरूलाई रोगबारे भन्दैनन् अन्तिममा पाठेघर फाल्नुपर्ने अवस्था आउँछ।’

सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपुर्‍याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, बालविवाह गर्ने, सुत्केरी भएको समयमा यौनसम्पर्क राख्ने जस्ता कारणले पाठेघरको समस्या देखापर्ने गरेको कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा.राजीव शाह बताउँछन्।

कुरीतिविरुद्ध स्थानीय सरकार

महिलाको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गर्दै कुरीतिविरुद्ध पछिल्ला समयमा स्थानीय सरकार सक्रिय छ। स्थानीय सरकार गठन भएपछि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया बुढाले बताइन्।

‘गाउँपालिका र गैरसरकारी संस्था मिलेर महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै धामीझाँक्रीसमेतलाई सामूहिक प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएर छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ।’ बुढा भन्छिन्, ‘यो अभियान कुनै धामीझाँक्रीविरुद्ध नभइ महिलालाई स्वास्थ्य र सुरक्षित बनाउनका लागि गरिएको हो।’

पाठेघरको समस्या देखिएपछि यहाँका महिला उपचार पाउनुको सट्टा सौता पाउँछन्। जसको उदाहरण हुन् मालापानी गाउँकी महिला। मालापानीकी एक महिलाका अनुसार पाठेघरको समस्या देखिएपछि धेरै जनाका श्रीमानले दोस्रो श्रीमती ल्याएका छन्।

यातना खेप्छन् बिरामी महिला

बिमारीका कारण महिला शारीरिक पीडा खेप्छन्। अर्कोतर्फ घरपरिवार र श्रीमानबाट यातना र दुर्व्यवहार सहन बाध्य छन्। श्रीमानले समेत घरेलु हिंसा गर्छन्। पातारासी गाउँपालिका तल्फिगाउँकी लालसरी विकले सुत्केरी भएको सात दिनमै काममा जानुपर्‍यो।

आराम गर्नुपर्ने पोसिलो खानेकुरा खानुपर्ने समयमा काम गर्न गइन् उनी। पोसिलो खाना पाइनन्। अन्ततः बच्चा जन्मिएको पाँच वर्ष नपुग्दै उनको पाठेघरमा समस्या देखियो। कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा पाठेघर खसेका महिलाको निःशुल्क उपचार हुन्छ। सरकारले उपचार निःशुल्क गर्दा पनि महिला अस्पताल पुग्दैनन्।

उज्यालोको आस

पछिल्लो समयमा स्थानीय तहले जुम्लामा छुईगोठ मुक्त अभियान चलाउन थालेका छन्। सरकारले पाठेघर खस्ने समस्याबाट पीडित महिलाका लागि निःशुल्क उपचार र शल्यक्रियाको व्यवस्था गरेको छ। तर, प्रचार-प्रसार नहुँदा सेवा प्रभावित बन्न सकेको छैन।

आङ खसेका महिलाको उपचार गर्ने जिम्मा सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयलाई दिएको छ। तर,चेतना अभावका कारण उपचार गराउन आउनेको संख्या न्युन रहेको जनस्वास्थ्य कार्यालयको भनाइ छ।

स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले तराई, पहाड र हिमालमा यस्ता समस्याका महिलाको निःशुल्क शल्यक्रियाबापत सम्बन्धित अस्पताललाई क्रमशः १२ हजार, १३ हजार र १५ हजार उपलब्ध गराउँदै आएको छ। बिरामी महिलाले अस्पतालमा रहँदासम्म खाना र फर्किंदा पाँच सय रुपैयाँ यातायात सुविधासमेत पाउँछन्।



...
online pharmacy no peescription

non prescription on line pharmacies

...
mexican pharmacies online

drugstore online

...
perscription drugs without prescription

online pharmacies canada reviews

...
canadian pharmacy meds

legitimate online pharmacies india

...
approved canadian pharmacies

canada online pharmacy https://canadianpharmacystar.com/ online canadian discount pharmacy

...
canada drugs no prescription

legitimate mexican pharmacy online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested