English

संक्रमणदर घट्दै, स्वास्थ्य मापदण्ड उल्लघंन बढ्दै



नेपालमा कोरोना भाइरसको संक्रमणदर घट्दै गएको छ। माघको पहिलो हप्ता उच्च रहेको संक्रमणको दर क्रमशः घट्दै गएको छ। संक्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ।

माघ ८ गते कूल परीक्षण गरिएकामध्ये ५०.८ प्रतिशतमा रहेको संक्रमण माघ १९ गते आइपुग्दा ३१.४ प्रतिशत रहेको छ। माघ ८ गते २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ मा संक्रमण पुष्टि भएको थियो। हिजो माघ १९ गते बुधबार ११ हजार ५८२ परीक्षणमा तीन हजार ६३७ जनामा संक्रमण भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले संक्रमण दरको अनुपात घटेको बताए। मानिसमा खोप लगाउने र रोगप्रतिरोधात्मक क्षमता बढेकाले संक्रमणमा कमी आएको उनको भनाइ थियो।

उनले संक्रमण दरको अनुपात घटे पनि जोखिम भने बढेको बताए। हिजो माघ १९ गते सात हजार ५५५ जना संक्रमणबाट निको भएर घर फर्किएका छन्। अहिले निको हुने दर ९१.६ प्रतिशत पुगेको छ।

सबभन्दा धेरै संक्रमण माघ ६ गते २७ हजार ४९७ परीक्षणमा १२ हजार ३३८ संक्रमण पुष्टि भएको थियो। सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका थिए। उक्त दिन संक्रमणको दर ४४.९ प्रतिशत रहेको थियो। संक्रमणदर माघ ११ गतेदेखि ओरालो लागेको छ।

मानिसमा संक्रमण घट्दै गए पनि स्वास्थ्यका मापदण्ड भने लागू नगरेको पाइएको छ। भीडभाडमा जाने, मास्क नलगाउने, साबुन पानीले हात नधुने तथा सेनिटाइजर प्रयोग नगर्ने, भौतिक दूरी कायम नराख्ने जस्ता क्रियाकपाल भइरहेको छ।

माघ ११ गते कूल परीक्षण गरिएकामध्ये ४६.३ प्रतिशतमा रहेको संक्रमणदर क्रमशः ओरालो लागेको मन्त्रालयले जनाएको छ। माघ १२ गते ४१.५ प्रतिशत, माघ १३ गते ३६.८ प्रतिशत, माघ १४ गते ३४.४ प्रतिशत, माघ १५ गते ३३.७ प्रतिशत, माघ १६ गते २६.९ प्रतिशत, माघ १७ गते ३२.९ प्रतिशत, माघ १८ गते ३१.६ प्रतिशत रहेको छ।

संक्रमणदर कम हुन थालेपछि जनजीवन सामान्य बन्दै गएको छ। सरकारले संक्रमणदर बढ्दै गएपछि माघ ६ गतेदेखि उपत्यकामा सवारीसाधनमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्रणाली लागू गरेको थियो तर अहिले भने संक्रमण दर घट्दै गएपछि भने भाडाका सवारी साधनबाहेक सबैमा जोर र बिजोर प्रणाली लागू गरेको छ।

मानिसमा संक्रमण घट्दै गए पनि स्वास्थ्यका मापदण्ड भने लागू नगरेको पाइएको छ। भीडभाडमा जाने, मास्क नलगाउने, साबुन पानीले हात नधुने तथा सेनिटाइजर प्रयोग नगर्ने, भौतिक दूरी कायम नराख्ने जस्ता क्रियाकपाल भइरहेको छ।

हाल होम आइसोलेशनमा ६७ हजार ८२५, संस्थागत आइसोलेशनमा एक हजार ४६६, आइसियुमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ। कोभिड–१९ केन्द्रीय युनिफाइड (वीर अस्पताल) अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भूपेन्द्रकुमार बस्नेतले अहिलै अस्पतालमा आउने संक्रमितको संख्या आधाले घटेको बताए।

उनका अनुसार पहिले दैनिक ३० देखि ४० संक्रमित आउने गरेकामा अहिले १५ देखि २० मात्रा आउने गर्दछन्। उनी कोरोना भाइरसविरुद्धको खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गरेकाले संक्रमित हुने संख्या घटेको बताउँछन्। अस्पतालमा अहिले १६३ जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ३५ को सघन उपचार कक्ष (आइसियु), आठको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बल अस्पतालमा २० हाई डिपेन्डेन्सी युनिट (एचडियु), पाँच आइसियु र एक भेन्टिलेटरमा उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई आइसियु र दुई भेन्टिलेटरमा उपचार भइरहेको छ। सरकारले निरन्तर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।

अहिले पनि १२ वर्षदेखि माथिका सबैलाई खोप लगाउनका लागि अभियान नियमित सञ्चालन छ। पहिलो र दोस्रो मात्रा तथा बुष्टर डोज दिइरहेको छ। अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मध्ये तीन करोड २४ लाख ५८ हजार २९९ मात्रा खोप लगाइएको छ। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइसकेका छन्।

अहिलेसम्म लक्षित जनसङ्ख्यामध्ये ८६.१ प्रतिशतले पहिलो मात्रा र ७४.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। कूल जनसङ्ख्याको ५६.४ प्रतिशतले पहिलो मात्रा र ४८.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

सरकारको आगामी चैत मसान्तभित्र लक्षित सबै जनसङ्ख्यालाई खोप लगाउने योजना रहेको छ। अहिले सार्वजनिक ठाउँमा खोप लगाएको कार्ड अनिवार्य गरिएपछि सबै नागरिकले खोप लगाइरहेका छन्।

यो पनि

बढ्दै संक्रमणमुक्त हुनेको संख्या

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू, के गर्न पाइने के नपाइने ? [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,