English

नियमित जिरा सेवनले गर्छ यस्ता फाइदा



जिरा मुख्यतया खानामा सुगन्ध र स्वाद बढाउन प्रयोग गरिन्छ । यसमा धेरै स्वास्थ्य लाभ हुने तत्वहरू पनि पाइन्छन् । यसलाई स्वास्थ्य समस्याहरूको उपचार गर्न घरेलु औषधिको रूपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदका अनुसार जिरामा धेरै शारीरिक रोगलाई कम गर्ने क्षमता हुन्छ । जिरामा धेरै यस्ता यौगिकहरू पाइन्छ, जसले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । यसले प्रदान गर्ने मुख्य स्वास्थ्य लाभहरू निम्न अनुसार छन् :

पाचन प्रणाली बलियो बनाउँछ

जिराको सेवनले पाचन प्रणाली बलियो हुन्छ । पाचन प्रक्रिया स्वस्थ हुनु नै मेटाबोलिज्मको मात्रा बढ्नुको साथै, तौल घट्नु पनि हो । जिरा पानीले निरन्तर पाचन प्रक्रियामा एन्जामाइनलाई प्रभाव पार्ने र ब्लोटिङ घटाउने काम गर्छ । जसले गर्दा खाएको खानेकुराहरू सजिलै पच्छ ।

मोटोपना घटाउँछ

जीराको सेवनले तौल घटाउन पनि मद्दत गर्छ । तौल सन्तुलि हुन राम्रो पाचन क्रिया हुन जरुरी छ । जिराले शरीरमा चिल्लो (फ्याट) घटाउँछ, सुगर अनि कार्बोहाइड्रडाको मात्रा घटाएर पाचन क्रिया सहज गरिदिन्छ । जसले तपाईंको मेटाबोलिजम बढ्छ र शरीर फिट रहन्छ ।

भोक जगाउँछ

यदि, अरुचि भएको छ भने जिराको सेवनले गर्दा भोक जगाउँछ र खानालाई राम्ररी पचाउँछ । धेरै दिनदेखि खाना अरुचि भएको छ भने दैनिक १ देखि ३ ग्राम जिराको सेवन गर्दा यसले खानाको रुचि बढाउँछ ।

जिरा संक्रमणसँग लड्न प्रभावकारी हुन्छ

जिरामा पाइने केही विशेष तत्वहरूले एन्टिसेप्टिक औषधिको रूपमा प्रभावकारी रूपमा काम गर्छन् । तसर्थ, जिराको सेवनले धेरै तरिकामा संक्रमणको जोखिम कम गर्न सक्छ । ज्वरो तथा रुघा खोकीको संक्रमण भएको बेला जिरा पानीको सेवनले संक्रमणलाई कम गर्न सहयोग गर्छ ।

यसरी गरौँ जिराको प्रयोग

जिरा नेपाली भान्सामा धेरै लोकप्रिय छ । जिराले खानाको स्वाद जति बढाउँछ, त्यति नै यसले स्वास्थ्यलाई पनि फाइदा गर्छ । आयुर्वेद, सिद्ध र अन्य धेरै परम्परागत चिकित्सा प्रणालीहरूमा प्राचीन कालदेखि नै जिरा धेरै उपचारमा प्रयोग हुँदै आएको छ ।

– दैनिक एक गिलास पानीमा आधा चम्चा जिरा मिसाएर पकाएर जिरा पानी सेवन गर्न सकिन्छ ।
– जिराको सेवन गर्दा दैनिक १ देखि ३ ग्राम मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।
– जिरालाई स्वादअनुसार परिकारमा पनि प्रयोग गर्न सकिन्छ । तर, बढीमा ३ ग्राम मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।

यो पनि…
जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,