English

जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम



न्दागोभी एक पोषक तत्वयुक्त पातदार तरकारी हो । जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ । बन्दागोभीमा तामा, भिटामिन बी १, भिटामिन बी, भिटामिन सी र अन्य भिटामिन पाइन्छ । बन्दागोभीमा भएको फाइबरले मोटोपन घटाउन सहयोग गर्छ । बन्दागोभीले जोर्नी दुखाइको समस्यालाई पनि नियन्त्रण गर्छ । बन्दागोभीको पातलाई पट्टिको रूपमा प्रयोग गयौं जोर्नी दुखाइ कम हुन्छ ।

-बन्दागोभीलाई प्लास्टिकको झोलामा राखेर फ्रिजमा राख्नुपर्छ । जोर्नी दुखाइ सुरु हुने बित्तिकै यसको पातलाई तुरुन्तै प्रभावित ठाउँमा लगाउन पर्छ । त्यसपछि तौलिया लिएर बन्दागोभीमाथि बेर्नुपर्छ । यसले गर्दा शरीरमा भएको तापक्रमले बन्दागोभीको पात पनि तातो हुन्छ । यस प्रक्रियाबाट बन्दागोभीमा भएका तत्वहरू युरिक एसिडमा घुल्न थाल्छन् । यसले युरिक एसिडको प्रभावलाई कम गर्छ र जोर्नीको दुखाइलाई कम गर्छ ।

-यदि सुन्निएको छ भने बन्दागोभीको प्रयोगबाट राहत मिल्छ । सुन्निएको ठाउँमा बन्दागोभीको पातलाई लगाउनु पर्छ । पात लगाएपछि त्यसमाथि प्लाष्टिकले बेर्नुपर्छ । कम्तिमा ३० मिनेटसम्म बाँध्नुपर्छ । यो प्रक्रिया गर्दा आफ्नो खुट्टालाई माथितिर राखेर गर्नुपर्छ । यसले सुन्निएको भागलाई कम गर्छ ।

-घरमा फ्रिज नभएको खण्डमा पनि बन्दागोभीको प्रयोग गर्न सकिन्छ । बन्दागोभीको पातलाई बेलनाले बेल्नुपर्छ । यसले गर्दा पातहरूमा दबाब पर्छ र रस निस्कन थाल्छ । त्यसपछि पातलाई खुट्टाको प्रभावित ठाँउमा लगाइ बाहिरीबाट कपडाले बेर्नुपर्छ । यस प्रक्रियाबाट जोर्नीको दुखाइमा धेरै राहत पुग्छ ।

-कराइलाई हल्का तताउने, त्यसपछि बन्दागोभीको पातलाई तताउने र हल्का तातो बनाइ सकेपछि उक्त पातलाई दुखाइ भएको जोर्नीमा लगाउनुपर्छ । कम्तिमा ४५ मिनेटसम्म राख्नुपर्छ । यसले जोर्नीको दुखाइलाई कम गर्छ ।

यो पनि

हड्डी बलियो बनाउने यी हुन् पाँच घरेलु उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले