English

हड्डी बलियो बनाउने यी हुन् पाँच घरेलु उपाय



कुनै पनि जीवलाई उभिन, हिँड्न शरीरको हड्डी (हाड)ले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष नै रहन्छ । त्यसैले, हड्डी बलियो बनाउन एकदमै आवश्यक छ ।

हड्डी कमजोर भएमा खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । त्यसैले, हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

१. क्याल्सियमयुक्त खाना

हड्डीलाई बलियो बनाउन खानामा हरियो सागसब्जी, दूध, दही, ड्राई फ्रुट, माछा, सलाद, गेडागुडी, मेवा, सुन्तला आदि, समावेश गर्नु पर्दछ । यसले शरीरमा पर्याप्त मात्रामा क्याल्सियम प्रदान गर्दछ । साथै, हड्डीलाई बलियो बनाउँछ ।

२. घाम ताप्ने

हड्डी बलियो पार्न सूर्यको किरणको महत्वपूर्ण भूमिका रहन्छ । उदाउँदो सूर्यको किरणले शरीरले प्रचुर मात्रामा भिटामिन ‘डी’ प्राप्त गर्दछ । भिटामिन ‘डी’ को कमी पूरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ । त्यसैले, दैनिक बिहान कम्तिमा १० मिनेट घाम ताप्नु पर्दछ । यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ ।

३. लसुन धनियाँ र प्याजको सेवन

लसुनलाई दूधमा उमालेर खिरजस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ । यस्तै, प्याजमा पनि सल्फरको मात्रा धेरै हुने हुँदा शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । त्यसैगरी, धनियाँको नियमित सेवनले पनि हड्डी बलियो हुन सहयोग गर्छ । त्यसकारण यी सबैलाई दैनिक खानामा समावेश गर्नु राम्रो हुन्छ ।

४. स्किपिङ तथा व्यायाम

शरीर फिट रहन तथा हड्डीलाई बलियो बनाउन नियमित व्यायाम गर्नुपर्छ । साथै, नियमित बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) पनि हड्डी बलियो हुन्छ । यसले शरीरमा अन्य लाभसमेत पु¥याउँछ ।

५. जैतुनको प्रयोग

खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुँदै जान्छ । यसमा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा शरीर स्वस्थ र हड्डी बलियो हुन्छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



...
Heincaw

отмечу как доверительного союзника в SEO-развитии.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली