English

डोल्पामा घाम हैर्दै १२ घण्टा फोनको प्रतीक्षा



मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका-७ जुफालस्थित टावर १२ घण्टा बन्द हुने गर्दछ ।

घाम लाग्ने समयभित्र मात्र टावरले काम गर्ने र अन्य समय टावर बन्द हुने गरेको ठूलीभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए । टावर सञ्चालन गर्न राखिएका सोलारले काम नगर्दा घाम लाग्ने समयमा मात्र टावर सञ्चालनमा रहने कठायतले जानकारी दिए ।

दुनैमा रहेको जैरीगाड जलविद्युत आयोजनामा प्राविधिक समस्या आएर बन्द भएपछि विद्युत आपूर्ति बन्द भएसँगै त्यसको मारमा टेलिफोन टावर पनि परेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन सर्वसाधारणहरू हिजोआज आकाश हेर्न बाध्य भएका छन् । ब्याट्री ब्याकअपको अभावमा प्रत्येक दिन बिहान बेलुकीनै टावर जाने गरेपछि सर्वसाधारणहरू आकाश हेर्न बाध्य भएका हुन् । बिहान घाम लागेर छिप्पिएपछि मात्र टावर आउने भएकाले फोनमा कुरा गर्न सबैभन्दा पहिला आकाशमा बादल छ कि छैन भनेर हेर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायकाे भनाइ छ ।

‘आकाशमा बादल भएमा टावर आउँदैन्, ब्याट्री चार्ज नहुने भएकाले टावर जाने गरेको हो, जनताले यस्तो असुविधा भोग्दा पनि कसैले वास्ता गरेका छैनन्’, उनले भने, ‘हिजोआज सर्वसाधारणहरू फोनमा कुरा गर्न पनि बिहानै उठेर आकाश हेर्छन्, अनिमात्र फोनमा कुरा गर्न पाउने कुरामा ढुक्क हुन्छन् ।’

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested