English

घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



पछिल्लो समय व्यापार तथा घरेलु उद्योगमा जोडीनेको संख्या बढ्दो छ । सानो लगानी होस् या ठुलो लगानी कुनै पनि सामान उत्पादन गर्ने उद्योग र खरिद–बिक्री हुने व्यवसाय दर्ता गरेर मात्र चलाउनुपर्छ ।

लामो समयदेखि उद्योग व्यवसायमा संलग्न भएकाहरुलाई त व्यवसाय दर्ता गर्न तथा नविकरण गर्न कहाँ जाने भन्ने जानकारी हुन्छ । तर, नयाँ व्यवसाय सुरु गर्नेहरु यस विषयमा अनभिज्ञ नै हुन्छन् । दर्ता गर्नुपर्छ भन्ने ज्ञान भएपनि कहाँ दर्ता गर्ने ? दर्ता गर्न कति खर्च लाग्छ र दर्ता गरेर व्यापार व्यवसाय गर्दा के के फाइदा हुन्छ लगायतका जानकारी कमैलाई मात्र हुन सक्छ । व्यवसायको प्रकृति हेरेर विभिन्न निकायमा दर्ता हुन्छ । दर्ता नगरी घरेलु उद्योग तथा व्यवसाय सुरु गर्दा कारबाहीमा पर्न सकिन्छ ।

साना लगानीमा खुलेको खाजा पसल, कस्मेटिक, स्टेसनरी, खेलौना तथा किराना ब्यवसाय तथा उद्योग ५ लाख भन्दा कम लगानीमा खोलिएको छ भने त्यसलाई वडा कार्यालयमा दर्ता गरेर प्यान नम्बर लिएर चलाउन सकिन्छ ।

कहाँ जाने दर्ता गर्न ?

पहिले साना लगानीका व्यवसाय वाणिज्य विभाग वा साना तथा घरेलु कार्यालयमै दर्ता हुन्थे । देश संघीयतामा गएसँगै स्थानीय तहमा दर्ता गर्नुपर्छ । साना लगानीमा खुलेको खाजा पसल, कस्मेटिक, स्टेसनरी, खेलौना तथा किराना ब्यवसाय तथा उद्योग ५ लाख भन्दा कम लगानीमा खोलिएको छ भने त्यसलाई वडा कार्यालयमा दर्ता गरेर प्यान नम्बर लिएर चलाउन सकिन्छ ।

५ लाख भन्दा माथि र १० करोड भन्दा कम लगानीको उद्योग तथा व्यवसायलाई घरेलु तथा साना उद्योग विभागमा दर्ता गर्नु पर्छ । १० करोड भन्दा माथिको व्यवसाय उद्योग विभागमा दर्ता गर्नु पर्छ ।

दर्ता गर्न कति लाग्छ खर्च ?

– १ लाख देखि ३ लाखसम्म पुँजी भएकालाई वडा कार्यालयमा व्यवसाय दर्ता गर्न १ हजार रुपैँया लाग्छ ।
– ३ देखि ५ लाखसम्म पुँजी भएकालाई २ हजार
– ५ लाख देखि २० लाखसम्म पुँजी भएकालाई १२ हजार १ सय
– २० लाख देखि १ करोड पुँजी भएकालाई २० हजार
– १ करोड देखि ५ करोडसम्म पुँजी भएकालाई ३० हजार १ सय
– ५ करोड देखि १० करोड पुँजी भएकालाई ५० हजार

दर्ता गरेर पसल चलाउँदा के–के हुन्छन् फाइदा ?

दर्ता गरिसकेपछि कुनै पनि व्यावसायिक क्रियाकलाप राज्यको दायरामा हुने र सरकारले उद्योगीलाई दिने सुविधा पाइन्छ । दर्ता गरेपछि उद्योगीलाई प्यान, भ्याट र अन्य निकायको अनुमति लिन पनि सहज हुने उद्योग विभागका अनुमती दर्ता निर्देशक भक्तराज जोशी बताउँछन् । निर्देशक जोशी भन्छन्,‘उद्योग तथा व्यवसाय दर्ता भएपछि राज्यले दिने छुट, सुविधा, अनुदान र क्षमता वृद्धिका तालिमको अवसर पनि पाइन्छ ।’

दर्ता गरेर उद्योग व्यवसाय संचालन गरेपछि प्राइभेट फर्मलार्ई हरेक वर्ष नवीकरण गर्नु पर्ने हुन्छ । समयमा नविकरण गरिएन भने जरिवाना तिर्नु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस् :
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
ट्राफिक र विमानबाट निस्किने आवाज मुटुका लागि खतरनाक !
चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुचारु
यसकारण गरे शताब्दी पुरुषले शरीरदान (भिडियो सहित)
बढ्दै अङ्गदाता तर कार्यान्वयनमा समस्या
बस्नका लागि शरीरको अंग दान गर्नुपर्ने अनौठो गाउँ !
के हो टेस्ट ट्युब बेबी ? कति लाग्छ खर्च ?
मिर्गाैला प्रत्यारोपणपछि अझ सक्रिय हुनेहरू

प्राधिकरण भन्छ – अब उद्योगलाई छेलोखेलो बिजुली



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested