English

के हो टेस्ट ट्युब बेबी ? कति लाग्छ खर्च ?



नेपालमा टेस्ट ट्युब बेबी भित्र्याउने वरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल हुन् । उनकै टिमको प्रयासमा ओम अस्पतालमा सन् २००६ मा नेपालमा पहिलो टेस्ट ट्युब बेबी जन्मिएको थियो । प्राकृतिक रुपमा बच्चा जन्माउन असफल भएकाहरुको लागि यो राम्रो विकल्प हो । तर, यसको बारेमा धेरैलाई अन्योल र दुविधा हुन सक्छ । त्यसैले टेस्ट ट्युब बेबी भनेको के हो ? यसको प्रक्रिया र खर्च लगायतका विषयमा डा. रिजालसँग गरिएको कुराकानीमा आधारित :

के हो टेस्ट ट्युब बेबी ?

टेस्ट ट्युब बेबीलाई अंग्रेजीमा इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ । भिट्रो फर्टिलाईजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भिट्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकोले यस्तो प्रक्रियालाई इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ ।
यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी छ । आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्ट ट्युबमा निकालिने भएकोले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो ।

नेपालमा टेस्ट ट्युब बेबीको इतिहास

विदेशमा यो प्रक्रियाबाट बच्चा जन्मिएको २५ वर्षपछि यो नेपालमा भित्रिएको हो । ओम अस्पतालमा सन् २००६ मा पहिलो टेस्ट ट्युब बेबी जन्मिएको थियो । नेपालमा जन्मिएको पहिलो टेस्ट ट्युब बेबीको नाम ओममणी तामाङ हो । नेपालमा पहिलो टेस्ट ट्युब बेबी जन्माएको श्रेय मेरो टिमलाई दिइन्छ । सन् २००६ सालदेखि यता ओम अस्पतालमा मात्रै लगभग २ हजार टेस्ट ट्यूबबाट बच्चा जन्मिसकेका छन् ।

कस्ता दम्पत्तीले यस्तो सेवा लिन सक्छन् ?

अहिले धेरै व्यक्तिहरुले यसको सेवा लिइसकेका छन् । जुन दम्पत्तीहरुको विभिन्न कारणले सन्तान हुन सकेको छैन । उनीहरुको लागि यो प्रक्रिया एकदमै राम्रो हुन सक्छ । महिलाहरुको पाठेघर त ठिक छ । तर, नलीहरु बिग्रीएको छ, अण्डासयमा अण्डा बनेन, बने पनि बढेन, पाठेघरको नली बन्द भयो वा विभिन्न रोगहरुको कारणले झिल्ली पातलो भएमा टेस्ट ट्युब बेबी एउटा राम्रो उपाय हुन सक्छ ।

तर, अहिले टेस्ट टयुब बेबी बनाउने प्रक्रियाको दुरुपयोग पनि भएको छ । अन्य केही सामान्य समस्या भयो भने पनि टेस्ट टयुब बेबी प्रक्रिया गरिन्छ । राम्रोसँग जाँच गरेर अन्य सबै बाटोहरु बन्द हुन्छन् भने मात्र टेस्ट ट्युब गर्नुपर्छ ।

प्रकिया के हो ?

पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि महिलाकै पाठेघरमा प्रत्यारोपण गरेर पाठेघरभित्रै बच्चा गर्भाधारण गरिन्छ । खासगरी महिलामा पाठेघरमा शुक्रकीट जाने दुबै डिम्बबाहिनी नली बन्द भएमा पुरुषको शुक्रकीट नै नबन्ने अवस्थामा अन्य पुरुषको शुक्रकीट र तीनै महिलाको डिम्बलाई गर्भाधान गराउन, कम शुक्रकीट बनेको अवस्थामा पनि थोरै शुक्रकीटलाई पनि सफा गरेर ट्युबमा राखेर भ्रुण तयार गरेर प्रत्यारोपण गरेर आमाको गर्भमा राखिन्छ ।

कति लाग्छ खर्च ?

नेपालमा टेस्ट टयुब बेबीको लागी ३ देखि ४ लाख रुपैंयाँ खर्च हुन्छ । जुन रकम सामान्य परिवारहरुको लागी महङ्गो हो । त्यसैले यो प्रक्रियालाई सस्तो बनाउन हामीले पहल गरिरहेका छौं । यो प्रकृया काठमाडाँै बाहिरका अन्य केही जिल्लाहरुमा पनि हुने गरेको छ । नेपाली मात्र नभई विदेशीहरु पनि टेस्ट ट्युब बेबीको लागि नेपाल आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested