English

मिर्गाैला प्रत्यारोपणपछि अझ सक्रिय हुनेहरू



‘मिर्गौला फेल भएपछि आत्मबल बलियो चाहिन्छ । म हाम्रो प्रधानमन्त्री केपी ओलीजीलाई हेरेरै आत्मबल बलियो बनाइरहेको छु । मिर्गौला फेल हुनु एउटा सामान्य रुघाखोकीजस्तै समस्या हो । यसको प्रत्यारोपण सामान्य अपरेशन हो ।’ माथिको भनाइ हो, डायलसिस नगरी मिर्गौला प्रत्यारोपण गरेका झापाका सुनिल ढुङ्गानाको ।

सुनिल ढुङ्गाना

ढुङ्गानाले एक महिना अघि मिर्गौला प्रत्यारोपण गरेका हुन् । खुट्टामा समस्या आएपछि उनी विर्तामोडका चिकित्सकलाई देखाउँदा काठमाडौंमा गएर उपचार गर्ने सल्लाह पाए । काठमाडौंमा परीक्षण गराउँदा आफ्नो दुवै मिर्गौला फेल भएको थाहा पाए ।

डाक्टरले उनलाई तुरुन्तै मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिए । सोधखोज गर्दै जाँदा सरकारी अस्पतालले पाँच लाख सम्मको उपचार निःशुल्क दिने तर निजी अस्पतालमा कुनै सहुलियत नभएको उनले जानकारी पाए ।

तर, सरकारी अस्पतालको सेवा लिन अत्यासलाग्दो थियो । ढुङ्गानाले सुनाए, ‘सरकारी अस्पतालमा आठ सय जना प्रत्यारोपण गर्ने लाइनमा रहेछन् । त्यो हिसाबले मेरो पालो दुई वर्ष पछि मात्र आउने रहेछ ।’ अन्ततः उनी निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न बाध्य भए ।

पर्यटन ब्यवसायी ढुङ्गाना सबै काम छोडेर अहिले उपचारका लागि काठमाडौंमै बसिरहेका छन् । नेपालको सबैभन्दा अग्लो स्थानमा स्वीङ्ग बनाउँदै गर्दा उनी थलिए । उपचारमा पन्ध्र लाख खर्च भइसकेको छ । अझ कति खर्च हुने हो, थाहा छैन ।

गीता खतिवडा ढुङ्गाना अहिले ६१ वर्षकी भइन् । उनले आफ्नै छोरा सुनिल ढुंगानालाई मिर्गौला दान गरेकी हुन् । उनी नेपालमा सवैभन्दा पाको उमेरमा मिर्गौला दान गर्ने ब्यक्ति समेत बनेकी छिन् ।

उनकी आमा गीता खतिवडा ढुङ्गाना अहिले ६१ वर्षकी भइन् । उनले आफ्नै छोरा सुनिल ढुंगानालाई मिर्गौला दान गरेकी हुन् । उनी नेपालमा सवैभन्दा पाको उमेरमा मिर्गौला दान गर्ने व्यक्ति समेत बनेकी छिन् ।

शारीरिक रूपमा कमजोर हुन्छ भन्ने भनाइ गलत
काठमाडाैंमा आयाेजना भएकाे विश्व प्रत्यारोपण खेलकुद

मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति शारीरिक रूपमा कमजोर हुन्छ भन्ने सोंचलाई खेलाडी उज्वल दाहालले चुनौती दिएका छन् । २३ बर्षिय उनले मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष भएपनि खेलकुदमा सक्रिय छन् ।

विश्व मिर्गौला प्रत्यारोपण दिवसको अवसरमा हालै आयोजित खेलकुद प्रतियोगितामा उनी सहभागी भए । प्रत्येक पटक आयोजना हुने यो प्रतियोगितामा उज्वल नियमित जसो सहभागी हुँदै आएका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति पनि आममान्छे जस्तै सक्षम हुन्छन् भन्ने कुरा सावित गर्न पनि उनी सहभागी हुँदै आएका हुन् ।

‘दुईवटा मिर्गौला भएका व्यक्तिले नेपालमा नियमित चेक गराउँदैनन् । तर मिर्गौला फेरेको व्यक्तिले नियमित चेक गराउँछन् । त्यसैले, उनीहरू स्वस्थ हुन्छन् ।’

विश्व प्रत्यारोपण खेलकुदमा नेपालबाट मिर्गौला प्रत्यारोपण गरेका ६ जना खेलाडी सहभागी भएको डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनका अनुसार दौड, पौडी र स्की लगायतका खेलमा सहभागी भएका छन् ।

‘मिर्गौला फेरेको ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण संकीर्ण छ । तर, हामी मिर्गौला फेरेका ब्यक्तिपनि अरु मान्छेजस्तै काम गर्न सक्छौ ।’ दाहालले भने,‘म पेशाले शिक्षक हुँ, मेरो एजुकेशन ईन्स्टिच्युट पनि छ । म व्याडमिन्टन र फुटबल नियमित खेल्छु । नर्मल मान्छे भन्दा बढी काम गर्न पनि सक्छु ।’

दाहालको विचारमा सरकारले मिर्गौला दान गर्ने व्यक्ति र प्रत्यारोपण गरेका व्यक्तिलाई प्रोत्साहन गर्न स्वरोजगारको व्यवस्था गर्नुपर्छ । यसका साथै औषधी र डायलसिस जस्ता सेवाहरूमा निःशुल्क ब्यवस्था गर्नुपर्छ ।

मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति अरु व्यक्ति भन्दा स्वास्थ हुने उनको बुझाई छ । दाहाल अगाडि भन्छन्, ‘बरु दुईवटा मिर्गौला भएका व्यक्तिले नेपालमा नियमित चेक गराउँदैनन् । तर मिर्गौला फेरेको व्यक्तिले नियमित चेक गराउँछन् । त्यसैले, उनीहरू स्वस्थ हुन्छन् ।’

एक पटक असफल हुँदैमा आत्तिनु पर्दैन
धर्मराज पौडेल

५८ बर्षिय धर्मराज पौडेलले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । उनले पहिलो पटक २०६५ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए । तर त्यो पूर्ण रूपमा सफल नभएपछि २०६७ सालमा नेपालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरे ।

पौडेलको विचारमा अंग प्रत्यारोपण गरेका ब्यक्तिले आफ्नो स्याहार सुसार गर्ने, धुवाँ–धुलो र भीडभाडबाट जोगिनुपर्छ । यो बाहेक प्रत्यारोपण गरेका ब्यक्तिले खानपिनमा ध्यान दिनुपर्छ । नियमित चेकअप र औषधी सेवन गरेमा सामान्य जीवन जिउन सक्छन् ।

पौडेल बैंकमा काम गर्छन् । मिर्गौला लिने र दिने व्यक्ति अरु मान्छे जस्तै सामान्य जीवन जिउन सक्ने उनको एक दशकको अनुुभवले भन्छ ।

कमजोर फिल नहुने

तीन साता पहिला मिर्गौला प्रत्यारोपण गरेका झापाका दिलिप बराल पनि मिर्गौला प्रत्यारोपणलाई सामान्य अपरेशन जस्तै भएको अनुभव सुनाउँछन् । ‘मिर्गौला फेल भयो भनेर थाहा पाउँदा मानसिक तनाव हुने तर मिर्गौला प्रत्यारोपण सफल भएपछि कमजोर छु जस्तो अनुभव हुँदैन,’ उनले भने ।

नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सरकारी अस्पतालमा पाँच लाख खर्च लाग्छ र त्यो खर्च सरकारले बेहोर्छ । निजी अस्पतालहरूमा १२ देखि १५ लाख खर्च लाग्छ याे भने सरकारले व्यहोर्दैन ।

दिना बरालले आफ्नो श्रीमान् दिलिप बराललाई मिर्गौला दान गरेकी हुन् । ‘सुरुमा गाह्रो भयो तर अहिले मिर्गौला दिए पनि पहिलेकै जस्तै सामान्य लागेको छ ।’ उनी भन्छिन्, ‘अंग दिँदा हामीलाई खासै फरक पर्दैन । सुरुमा डर हुन्छ तर डर नमानी अंग दिँदा कुनै कमजोर फिल नहुँदो रहेछ ।’

कति छन् मिर्गौला प्रत्यारोपण गर्ने ?

नेपालमा करिब १४ सय जनाले हालसम्म मिर्गौला प्रत्यारोपण गरेको डा पुकारचन्द्र श्रेष्ठले बताए । ९ जनाले कलेजो प्रत्यारोपण गरेका छन् । श्रेष्ठका अनुसार बर्सेनी भारतबाट ३० देखि ४० जनाले अंग प्रत्यारोपण गर्ने गरेका छन् । भारतमा १६ सय तथा नेपालमा करिब १४ सय जना गरी तीन हजारले मिर्गौला प्रत्यारोपण गरेका छन् ।

डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा आठ वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सरकारी अस्पतालमा पाँच लाख खर्च लाग्ने तर त्यो खर्च सरकारले बेहोर्ने र निजी अस्पतालहरूमा १२ लाखदेखि १५ लाख खर्च लाग्ने उनले जनाए ।

कुन–कुन अस्पतालमा हुन्छ मिर्गौला प्रत्यारोपण

डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा आठ वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । सरकारी अस्पताल मानव अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल छन् । दुई वटा मेडिकल कलेज र तीन वटा निजी गरी पाँच वटा अस्पतालले अंग प्रत्यारोपण सेवा दिदैं आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested