बेबी बम्प देखाएर फोटो सुट गर्नुको मनोवैज्ञानिक कारण के हो ?



वासु आचार्य, मनोविश्लेषक ।

केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि पनि थुप्रै नेपाली महिला कलाकारहरू बेबी बम्पको फोटो सार्वजनिक गरेर चर्चामा थिए । स्रेलिब्रेटीहरू मात्र होइन, आम मानिसहरूले पनि बेबी बम्प देखाएको फोटो सोसल मिडियामा शेयर गर्ने क्रम बढ्दो छ । आखिर किन सार्वजनिक गर्छन् बेबी बम्प ? खासगरी बेबी बम्प देखाएर फोटोसुट गर्नुको मनोवैज्ञानिक कारण के हो ?

बेबी बम्प देखाएर फोटो सुट गर्नुको एउटा कारण सम्झनाको लागि हुन सक्छ, बच्चा पेटमा हुदाँ म यस्तो थिएँ भन्ने सम्झना आमालाई हुन्छ । त्यस्तै अर्को कारण आमा हुन आँटेको खुसी व्यक्त गरेको पनि हुन सक्छ ।

हरेक कार्यको मनोवैज्ञानिक कारण हुन्छ । त्यस्तै बेबी बम्प देखाएर फोटोसुट गर्नुको पनि थुप्रै कारण हुन सक्छ । पेट देखाएर बेबीको साइज बढ्दै छ है भनेर देखाएर खुसी तथा रमाइलो अनुभूति गर्ने आधार हो यो क्षण । पेटमा भएको बच्चा तथा आमा बच्चाको सम्बन्धलाई सुमधुर बनाउन पनि बेबी सावर तथा बेबी बम्पको फोटो सेयरले सहयोग गरिरहेको हुन्छ ।

यो पनि पढ्नुहोस्
८ अभिनेत्री जसले देखाए ‘बेबी बम्प’

बेबी सावर गर्दा फोटोहरू सेयर गर्दा सबैले थाहा पाउँछन्, माया अनि आर्शिवाद दिन्छन्, गिफ्टहरू पाइन्छ भन्ने सोचाई पनि हुन्छ । अब तयारीमा जुट्ने समय भयो भन्ने सूचना दिने यो माध्यम पनि हो ।
अभिनेत्रीहरू मात्र होइन, सर्वसाधारणले पनि प्रेग्नेन्सी फोटोसुट गर्न थालेका छन् । यो समय भनेको महिलाहरूका लागि एकदमै महत्वपूर्ण समय हो । यो समयमा फोटो खिचाउँदा सम्झना हुन्छ । आफ्नो खुसी अरुसँग बाँड्ने यो पललाई सबैले अनुभव गर्न चाहन्छन् । हाल आएर महिलाहरू प्रेग्नेन्सी फोटोसुट गरेर रमाउन थालेका छन् । बेबी बम्पको फोटो सार्वजनिक गर्न लजाउने समय पनि होइन यो ।

साथै, गर्भावस्थामा महिलाहरूलाई अन्य धेरै पक्षमा मनोवैज्ञानिक असरहरू परिरहेको हुन्छ । उनीहरूको मुड छिन–छिनमा चेन्ज हुने गर्छ । यस्तो अवस्थामा उनीहरूलाई फोटोसुट एउटा खुशी हुने बहाना पनि हुन सक्छ । घरमा नयाँ सदस्यको स्वागत गर्न तयार रहन संकेत गर्छ ।
प्रस्तुतिः सुमित्रा लुईंटेल

थप सामग्रीहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई