English

बेबी बम्प देखाएर फोटो सुट गर्नुको मनोवैज्ञानिक कारण के हो ?



वासु आचार्य, मनोविश्लेषक ।

केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि पनि थुप्रै नेपाली महिला कलाकारहरू बेबी बम्पको फोटो सार्वजनिक गरेर चर्चामा थिए । स्रेलिब्रेटीहरू मात्र होइन, आम मानिसहरूले पनि बेबी बम्प देखाएको फोटो सोसल मिडियामा शेयर गर्ने क्रम बढ्दो छ । आखिर किन सार्वजनिक गर्छन् बेबी बम्प ? खासगरी बेबी बम्प देखाएर फोटोसुट गर्नुको मनोवैज्ञानिक कारण के हो ?

बेबी बम्प देखाएर फोटो सुट गर्नुको एउटा कारण सम्झनाको लागि हुन सक्छ, बच्चा पेटमा हुदाँ म यस्तो थिएँ भन्ने सम्झना आमालाई हुन्छ । त्यस्तै अर्को कारण आमा हुन आँटेको खुसी व्यक्त गरेको पनि हुन सक्छ ।

हरेक कार्यको मनोवैज्ञानिक कारण हुन्छ । त्यस्तै बेबी बम्प देखाएर फोटोसुट गर्नुको पनि थुप्रै कारण हुन सक्छ । पेट देखाएर बेबीको साइज बढ्दै छ है भनेर देखाएर खुसी तथा रमाइलो अनुभूति गर्ने आधार हो यो क्षण । पेटमा भएको बच्चा तथा आमा बच्चाको सम्बन्धलाई सुमधुर बनाउन पनि बेबी सावर तथा बेबी बम्पको फोटो सेयरले सहयोग गरिरहेको हुन्छ ।

यो पनि पढ्नुहोस्
८ अभिनेत्री जसले देखाए ‘बेबी बम्प’

बेबी सावर गर्दा फोटोहरू सेयर गर्दा सबैले थाहा पाउँछन्, माया अनि आर्शिवाद दिन्छन्, गिफ्टहरू पाइन्छ भन्ने सोचाई पनि हुन्छ । अब तयारीमा जुट्ने समय भयो भन्ने सूचना दिने यो माध्यम पनि हो ।
अभिनेत्रीहरू मात्र होइन, सर्वसाधारणले पनि प्रेग्नेन्सी फोटोसुट गर्न थालेका छन् । यो समय भनेको महिलाहरूका लागि एकदमै महत्वपूर्ण समय हो । यो समयमा फोटो खिचाउँदा सम्झना हुन्छ । आफ्नो खुसी अरुसँग बाँड्ने यो पललाई सबैले अनुभव गर्न चाहन्छन् । हाल आएर महिलाहरू प्रेग्नेन्सी फोटोसुट गरेर रमाउन थालेका छन् । बेबी बम्पको फोटो सार्वजनिक गर्न लजाउने समय पनि होइन यो ।

साथै, गर्भावस्थामा महिलाहरूलाई अन्य धेरै पक्षमा मनोवैज्ञानिक असरहरू परिरहेको हुन्छ । उनीहरूको मुड छिन–छिनमा चेन्ज हुने गर्छ । यस्तो अवस्थामा उनीहरूलाई फोटोसुट एउटा खुशी हुने बहाना पनि हुन सक्छ । घरमा नयाँ सदस्यको स्वागत गर्न तयार रहन संकेत गर्छ ।
प्रस्तुतिः सुमित्रा लुईंटेल

थप सामग्रीहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested