English

‘खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दै गर्दा आफ्नो लगानी माटोमै खेर जान्छ वा राम्रो आम्दानी हुन्छ, त्यो कुनै भर छैन । तेह्रथुम लालीगुराँस नगरपालिका- ९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गरेका थिए । उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन् । सुरुवाती दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भर नै थिएन । उनलाई आफूले सुरु गरेको खेतीबाट कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो । ईलामबाट दुई सय किबीको नर्सरी ल्याएर खेतीयोग्य जमिनमा खेती गरेका थिए ।

मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको ? मानसिकता नै गुमेछ पनि भने ।

पोखरेलले बगानमा लगाएको बिरुवाको हेरचाहमा राति अबेरसम्म बिताउथें । परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेका उनलाई नगदेबाली आम्दानी लिन सकिन्छ भन्ने मनमा ढुक्क थिए । उनी भन्छन्, ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको ? मानसिकता नै गुमेछ पनि भने । हौंसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर म निरन्तर रुपमा आफूले गरेको खेतीमा लागी रहेँ । जब आम्दानी दिन सुरु भयो अहिले मेरो खेती देखेर लोभ्याउँछन् ।’

२०७१ सालमा खेती सुरु गरेका पोखरेलले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । घरनजिकै बगानमा उनी बिहान बेलुकी र फुर्सदको समयमा किवी हेरचाहमै समय बिताउने गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनी आफ्नो खेतीबाट दंग छन् । उनी थप्छन्, ‘मैले खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो, चार बर्षमा बजारमा पुर्‍याए । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहकको मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोंचमा छु ।  मैले अन्नबाली लगाउँदा बढीमा आठ/दश हजारको उत्पादन हुन्थ्यो तर किवी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी लिँदै आएको छु ।’

उनी जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचित भइसकेका छन् । उनले देबी किवी फर्म दर्ता गरी व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । वार्षिक दुई हजार किलो किबी बगानबाट उत्पादन गर्दै आएका छन् । व्यावसायिक रुपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्षेनि कृषि ज्ञानकेन्द्र धनकुटामा कार्यक्रम प्रस्तावना लगाए पनि कुनै पनि सहयोग नपाएको गुनासो पोख्छन् । 

पोखरेल किवी किसानमात्र नभई प्रशिक्षकको रुपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरु उनीकहाँ  आउने गरेका छन् ।

पोखरेल किवी किसानमात्र नभई प्रशिक्षकको रुपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किवी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरु उनीकहाँ  आउने गरेका छन् । खेतीसँगै नर्सरीसमेत उत्पादन गरी विक्री गर्न सुरु गरेका छन् ।  उनले रेड र ग्रीन जातका किवी खेती गर्दै आएका छन् । उनकी श्रीमती तिला पोख्रेल लालिगुराँस नगरपालिकाको उपप्रमुख हुन् । श्रीमानले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन् । नागरिकहरुको सेवामै ब्यस्त बन्दै आएकी उनी फुर्सदको समय बगानमा श्रीमानलाई सघाउँदै आएकी छन् ।

पोखरेलले एक्लै सुरु गरेको किवी खेती यतिबेला गाउँका धेरैजसो किसानले खेती गर्न थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किवी राजधानीलगायत पूर्वका विभिन्न जिल्लाहरुमा विक्री हुँदै आएको छ । यहाँ उत्पादन भएको किवी प्रतिकिलो एक सयदेखि तीन सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई मास्दै नगदे बालीतर्फ किसानहरु आकर्षित हुँदै आएका छन् । 

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
किबीका बिरुवा भूटान निर्यात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

Latest










Popular
Suggested