English

‘खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दै गर्दा आफ्नो लगानी माटोमै खेर जान्छ वा राम्रो आम्दानी हुन्छ, त्यो कुनै भर छैन । तेह्रथुम लालीगुराँस नगरपालिका- ९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गरेका थिए । उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन् । सुरुवाती दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भर नै थिएन । उनलाई आफूले सुरु गरेको खेतीबाट कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो । ईलामबाट दुई सय किबीको नर्सरी ल्याएर खेतीयोग्य जमिनमा खेती गरेका थिए ।

मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको ? मानसिकता नै गुमेछ पनि भने ।

पोखरेलले बगानमा लगाएको बिरुवाको हेरचाहमा राति अबेरसम्म बिताउथें । परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेका उनलाई नगदेबाली आम्दानी लिन सकिन्छ भन्ने मनमा ढुक्क थिए । उनी भन्छन्, ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको ? मानसिकता नै गुमेछ पनि भने । हौंसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर म निरन्तर रुपमा आफूले गरेको खेतीमा लागी रहेँ । जब आम्दानी दिन सुरु भयो अहिले मेरो खेती देखेर लोभ्याउँछन् ।’

२०७१ सालमा खेती सुरु गरेका पोखरेलले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । घरनजिकै बगानमा उनी बिहान बेलुकी र फुर्सदको समयमा किवी हेरचाहमै समय बिताउने गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनी आफ्नो खेतीबाट दंग छन् । उनी थप्छन्, ‘मैले खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो, चार बर्षमा बजारमा पुर्‍याए । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहकको मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोंचमा छु ।  मैले अन्नबाली लगाउँदा बढीमा आठ/दश हजारको उत्पादन हुन्थ्यो तर किवी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी लिँदै आएको छु ।’

उनी जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचित भइसकेका छन् । उनले देबी किवी फर्म दर्ता गरी व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । वार्षिक दुई हजार किलो किबी बगानबाट उत्पादन गर्दै आएका छन् । व्यावसायिक रुपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्षेनि कृषि ज्ञानकेन्द्र धनकुटामा कार्यक्रम प्रस्तावना लगाए पनि कुनै पनि सहयोग नपाएको गुनासो पोख्छन् । 

पोखरेल किवी किसानमात्र नभई प्रशिक्षकको रुपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरु उनीकहाँ  आउने गरेका छन् ।

पोखरेल किवी किसानमात्र नभई प्रशिक्षकको रुपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किवी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरु उनीकहाँ  आउने गरेका छन् । खेतीसँगै नर्सरीसमेत उत्पादन गरी विक्री गर्न सुरु गरेका छन् ।  उनले रेड र ग्रीन जातका किवी खेती गर्दै आएका छन् । उनकी श्रीमती तिला पोख्रेल लालिगुराँस नगरपालिकाको उपप्रमुख हुन् । श्रीमानले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन् । नागरिकहरुको सेवामै ब्यस्त बन्दै आएकी उनी फुर्सदको समय बगानमा श्रीमानलाई सघाउँदै आएकी छन् ।

पोखरेलले एक्लै सुरु गरेको किवी खेती यतिबेला गाउँका धेरैजसो किसानले खेती गर्न थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किवी राजधानीलगायत पूर्वका विभिन्न जिल्लाहरुमा विक्री हुँदै आएको छ । यहाँ उत्पादन भएको किवी प्रतिकिलो एक सयदेखि तीन सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई मास्दै नगदे बालीतर्फ किसानहरु आकर्षित हुँदै आएका छन् । 

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
किबीका बिरुवा भूटान निर्यात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका