English

यी ५ घरेलु औषधीले मुटुको समस्याबाट टाढा राख्छ



मुटु शरीरको अभिन्न अङ्ग हो जसले शरीरभरि रगत प्रवाह गर्छ र हामीलाई ऊर्जा वान राख्छ । हाम्रो हृदयले आफ्नो काम कसरी गर्ने भनेर राम्ररी जान्दछ । तर, के हामीले आफ्नो काम राम्ररी गरिरहेका छौँ ? यो हाम्रो जिम्मेवारी हो कि हामीले आफ्नो हृदयको हेरचाह कसरी राख्छौँ ।

मुटुलाई स्वस्थ राख्न मन र दिमाग दुवै स्वस्थ रहनु अति आवश्यक छ, यद्यपि आजकल हामी सबैले योगा, ध्यान र खानपानमा धेरै ख्याल गर्छौ कि बाहिरको खानेकुरा नखाने, धेरै तेलयुक्त चिज नखाने । यी सबै कुराहरू भए हामीले के खानु हुँदैन तर के खाने र कसरी खाने भन्ने जान्न पनि धेरै महत्त्वपूर्ण छ । स्वास्थ्य मुटुको लागि ५ घरेलु औषधी यस प्रकार छ त:

लसुन
लसुन सबैको घरमा सजिलै पाइन्छ । यो हाम्रो मुटुको लागि धेरै महत्त्वपूर्ण छ, जसले हाम्रो शरीरमा राम्रो र खराब कोलेस्ट्रोलको सन्तुलन कायम राख्छ । लसुनको दुई वटा पोटी बिहान खाली पेटमा र बेलुकी पानीसँग खानुहोस् । काँचो लसुन खान नसक्नेहरूले यसलाई भुटेर खान वा पानीसँग लिएर काँचो खाने प्रयास गर्न सक्छन् ।

प्याजको धुलो
प्याजको धुलो हाम्रो मुटुका लागि निकै फाइदाजनक हुन्छ । हामी यसलाई हाम्रो खानामा प्रयोग गर्न सक्छौँ । तरकारीमा प्याजको धूलो आधा देखि डेढ चम्चा थपेर खान सकिन्छ । यसलाई हरेक दिन खान सकिन्छ । प्याजको धुलो दैनिक सेवन गर्नाले मुटुका रोगहरू टाढा रहन्छन् ।

मरीच
मरीच हरेक घरमा सजिलै उपलब्ध हुने जडीबुटी हो । यो एक मसला हो जसमा एन्टी अक्सिडेन्ट, एन्टि ब्याक्टेरियल र एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । यसलाई सुपमा राखेर, सलादमा वा तरकारीमा पनि खान सकिन्छ । दिनभरि विभिन्न चीजहरूमा एक चौथाइ चम्चा लिनुहोस् । मुटुको कुनै रोग छ भने यसबाट राहत पाउन सकिन्छ ।

ओरेगानो
पिज्जा, पास्तामा प्रयोग हुने ओरेगानो मसला मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसले हृदयाघातको जोखिम कम गर्छ । यसलाई हामी सूप, तरकारी, रोटीमा खान सक्छौँ, पीठोमा समेत लिन सक्छौँ । यसले हाम्रो मुटुलाई स्वस्थ बनाउँछ ।

दालचिनी
रुखको बोक्रा जस्तो देखिने यो प्रकृतिले दिएको यस्तो वरदान हो कि यसले हामीलाई धेरै कुरामा मद्दत गर्छ । यसले विशेष गरी मुटु स्वस्थ राख्न काम गर्छ । यसलाई दिनमा दुई पटक सेवन गर्नुपर्छ । बिहान आधा चम्चा पानीसँग, त्यसपछि राति आधा चम्चा पानीसँग । यसबाहेक यसलाई मसला चिया, सलाद, सूप, तरकारी आदिमा हालेर पनि खान सकिन्छ । यसो गर्नाले तपाई र तपाईको परिवार हृदय रोगबाट टाढा रहनुहुनेछ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले