English

यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । तर, स्तन क्यान्सर महिलामा मात्र हैन पुरुषमा पनि हुन्छ । स्तनमा रहेका कोषहरूबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ ।

यो क्यान्सरलाई समयमै पत्ता लगाउन सकियो भने यसबाट हुने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ । स्तन क्यान्सर हुने कारणहरू मध्येको प्रमुख कारण वंशाणुगत कारण हो । समयमा पत्ता लगाउन सकियो भने यसको उपचार सम्भव छ ।

२० वर्ष माथिका महिलाहरूले हरेक महिना आफैं स्तन जाँच गर्न सक्छन् । यदि, महिनावारी ठीक समयमा भइरहेको छ भने महिनावारी भएको पाँचौं दिनदेखि १० दिनभित्रमा सेल्फ ब्रेस्ट एक्जामिन गर्न सकिन्छ । महिनावारी बन्द भइसकेको छ भने पनि हरेक महिनाको कुनै एक दिन स्तन जाँच गर्नुपर्छ ।

स्तन क्यान्सर पत्ता लगाउने केही उपाय यसप्रकार छ :

– स्वयम् स्तन जाँच विधि
– चिकित्सकद्वारा
– म्यामोग्राफी जाँच
– हाई रेजोलुसन भिडियो एक्स–रे

ऐना अगाडि उभिएर चेकजाँच

ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने । दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुपर्छ ।

दुवै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्नुपर्छ ।

दुवै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रष्ट देखिन सक्छ ।

नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ । यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्नुपर्छ ।

नुहाउँदा चेकजाँच

नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ । यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्नुपर्छ ।

स्तन जाँच गर्दा हातको औँलाहरुको बिचको भाग प्रयोग गर्न सक्छौ । हातको औँलाको बिचको भाग धेरै संवेदनशील हुने भएकोले केही परिर्वतन भएको छ भने पत्ता लगाउन सकिन्छ ।

सुतेर चेकजाँच

काखी मुनी तकिया राख्ने र त्यो हातलाई टाउको पछाडि राखेर सुत्ने अनि हातले छामेर जाँच गर्ने । स्तनको प्रत्येक भागको क्रमिक रूपमा छामेर जाँच गर्ने । घडीको दिशाअनुसार जाँच गर्नुपर्छ । एक ठाउँबाट जाँच गर्न शुरु गर्ने र त्यहाँ नै आएर अन्त्य गर्ने । स्तन जाँच गर्दा स्तनको भाग सँगसँगै काखीको भागमा पनि जाँच गर्नुपर्छ ।

स्तनको छालामा परिवर्तन देखिएमा, स्तनको आकार र बनावटमा परिवर्तन आएमा, स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा, स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा स्तनमा गाँठो अनुभव भएमा, वा कुनै पनि शंका लागेमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो पनि…
चिसोयाममा घुँडा दुख्ने समस्याबाट यसरी बच्नुहोस्
आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट बच्न के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली