English

यस्ता हुन्छन् स्तन क्यान्सरका लक्षण, कसरी बच्ने ?



स्तनमा भएका कोषिकाहरूमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । यो रोग विश्वमा हुने नयाँ क्यान्सर रोगमध्ये तेस्रो स्थानमा आउँछ । स्तन क्यान्सरबाट विश्वमा वर्षेनी ६ लाख २७ हजार महिलाको मृत्यु हुन्छ । गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोगबाट महिला बढी पीडित छन्  । यो रोग प्रायः महिलालाई लागे पनि पुरुष पनि यस रोगबाट प्रभावित हुने गरेका छन् । स्तन क्यान्सर हुनुको कारण र यसको रोकथामको विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शीला बर्माको सुझाव यस्तो छ :

स्तन क्यान्सरका कारण

– वंशाणुगत कारण जस्तै आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएको छ भने हुन सक्छ
– ढिलो विवाह वा ३० वर्षपछि बच्चा जन्माउने महिलामा 
– बच्चा नजन्माएका महिलामा 
– बच्चालाई स्तनपान नगराउने महिलामा 
– उमेरभन्दा पहिले महिनावारी भएका र ५० वर्षपछि पनि महिनावारी नरोकिएका महिलामा
– मदिरा सेवन तथा धुम्रपान गर्ने महिलामा
– पाँच वर्षभन्दा बढी परिवार नियोजनका साधन पिल्स प्रयोग गरेका महिलामा
– धेरै मात्रामा तनाव लिने महिलामा
– अखाद्य खानेकुरा खाएमा, मोटो महिलामा स्तन क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।

लक्षण

– स्तनमा गिर्खा हुनु र गिर्खा कडा हुनु ।
– स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परिवर्तन हुनु ।
– स्तनको मुन्टोबाट रगत आउनु ।
– स्तनको छालाको रंग परिवर्तन हुनु ।

रोकथामको उपाय

– पोषणयुक्त खानेकुरा खाने ।
– मादक पदार्थ, सुर्तीजन्य पदार्थ सेवन नगर्ने
– चिल्लो तथा बोसोयुक्त खानेकुरा नखाने
– सुत्केरी महिलाले नियमित स्तनपान गराउने
– परिवार नियोजनको साधनको रुपमा पिल्स सधैँ नखाने
– समयमै विवाह गर्ने
– धेरै तनाव नलिने
– योग तथा व्यायाम गर्ने
– बेलाबेलामा स्वस्थ्य जाँच गराउने

महिनावारी भएको एक सातापछि आफैँले स्तन क्यान्सर भए, नभएको जाँच गर्न सकिन्छ । नुहाउने समयमा वा नुहाएर ठूलो ऐना अगाडि उभिएर परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । यदि केही लक्षणहरु देखिएको छ वा आफूलाई शंका लागेमा स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउन सकेमा समयमै रोग पहिचान गरी उपचार गर्न सकिन्छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested