English

महिनावारीको बेला अत्यधिक पेट दुख्छ ? यस्तो गर्नुस्



डा. बालकृष्ण शाह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो । महिनावारीको क्रममा पाठेघरभित्रबाट रगत पनि बाहिर निस्कन्छ । त्यो पत्र तथा रगत बाहिर निकाल्न पाठेघर प्राकृतिक रूपमै खुम्चिन्छ । यो खुम्चेर रगत बाहिर निस्कने क्रममा तल्लो पेट दुख्ने गर्छ । तर, सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन । कसैलाई त्यो पीडा असह्य किसिमको हुने गर्छ ।

महिनावारी हुँदा पेट दुख्ने समस्या धेरैजसोलाई हुन्छ तर, सहन सक्ने क्षमता भने कसैमा कम र कसैमा बढी हुन सक्छ । महिनावारी हुँदा पेट दुख्नुको विशेषगरी दुई वटा कारण हुन्छन् । शरीरमा भएको बनावट र खराबीका कारण ।

केही महिलामा भने दुखाइको कारण पत्ता लगाउन सकिँदैन । पाठेघरमा मासु तथा ट्युमर पलाउँदा पेट दुख्न सक्छ । कुन किसिमको दुखाइ हो, त्यो समस्याको कारण पत्ता लगाएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

कसरी बच्ने ?

महिनावारीको दुखाइ सामान्य हो या असामान्य त्यो छुट्याउनुपर्छ । के कारणले पेट अत्यधिक दुखेको हो, त्यसको पहिचान गरी उपचार गर्नुपर्छ । कहिलेकाहीँ पेट दुख्नुको कारण पत्ता नलाग्न पनि सक्छ । पाठेघरभित्र कुनै रोग छैन भने खास उपचार पनि हुँदैन ।

यस्तो अवस्थामा केही घरेलु उपचारबाट पनि दुखाइ कम गर्न सकिन्छ । जस्तै, महिनावारीका बेला तातो झोलकुरा खाने, हटब्यागले तल्लो पेट सेक्ने या तेलले विस्तारै मालिस गर्दा दुखाइ कम हुन्छ । अन्य कारणले भए चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् :
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested