English

यी कारणले हुन्छ, महिनावारी गडबड



डा. मीना प्रधान, स्त्री रोग विशेषज्ञ

सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि, कुनै पनि महिलामा पछिल्लोपटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी अवस्थाको संज्ञा दिइन्छ ।

महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । महिनावारी शुरु भएको एक–दुई वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।
२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ । नियमित महिनावारी हुने महिलामा गडबडी भयो भने के कारणले भयो भनेर खोजी गर्नुपर्छ ।

हर्मोनको गडबडीले महिनावारी गडबडी हुने गर्छ । महिनावारी सुक्ने बेलामा पनि कतिपयमा यो समस्या देखिन्छ । थाइराइड ग्यालनको घटबढले गर्दा पनि महिनावारी नियमित नहुन सक्छ । कसैको पाठेघरमा ट्युमर पलाएको छ भने महिनावारीमा गडबडी देखापर्छ । पाठेघरको मुखमा घाउ, ट्युमर वा क्यान्सर छ भने महिनावारीमा गडबड हुन सक्छ ।

बच्ने उपाय


– सर्वप्रथम महिनावारी गडबड हुने कारण पत्ता लगाउनुपर्छ र त्यसैअनुरूपको उपचार गर्नुपर्छ ।

– पोषिलो खानेकुरा खानुपर्छ र प्रदूषित वातावरणबाट जोगिनुपर्छ ।

– नियमित स्वास्थ्य चेकजाँच गर्नुपर्छ ।

– कुनै पनि रोगको लक्षण देखिए हेलचेक्र्याइँ नगरेर बस्नुहुँदैन ।

– नियमित व्यायाम गर्नुपर्छ ।

– जथाभावी महिनावारी रोक्ने औषधिहरूको सेवन गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस् :
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested