English

रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)



शरोन भुर्तेल । कक्षा ६ । उमेर ११ बर्ष । केही दिन अघिको कुरा । अचानक रगतले रङ देखायो । शरोन पहिलोपटक रजश्वला भइन् ।

स्वभाविक हो,संसारका हरेक महिला रजश्वलामने प्रक्रियाबाट गुज्रिनुपर्छ । यो हरेक महिलाको जीवनमा आउने नियमित चक्र पनि हो । महिलाको शरीरमा देखिने परिवर्तनको प्राकृर्तिक संकेत हो । जननीको प्रारम्भिक कदम पनि हो । अरु किशोरीजस्तै शरोन पहिलो पटक रजश्वला भइन् । तर, रगतको रातो रङले उनलाई तर्साएन । परिवारले उनलाई अध्याँरो कोठाको कुनामा खुम्चिएर बस्न भनेन । न कुनै छोइछिटो न भान्सा पस्न रोकतोक ।

शरोनका अभिभावकले रजश्वला र रातो रङलाई संकेत गर्ने आकर्षक केक अर्डर गरे । छोरीलाई ख्वाय आफुले पनि खाए । उत्सवको यो पहिलो घण्टीमा छोरी शरोनले चिया बनाएर अभिभावकलाई खुवाइन् ।

असहज ब्यवहार ? अँह यस्ता केही कुरा भोग्नु परेन शरोनले । हो,हामीकहाँ रजश्वला भएकी महिलामाथि धेरै किसिमको बारबन्देज लगाइन्छ । तर शरोनका लागि पहिलो रजश्वलाले उत्सवको जन्ती लिएर आयो । यो कसरी ? कारक हो,शरोनका अभिभावकको चेतनाको स्तर । आमा नमिता पौडेल र बुवा सुवास भुर्तेलको प्रेरणा अनि मार्गदर्शनकै कारण शरोनले आफ्नो पहिलो रजश्वलालाई स्वभाविक रुपमा लिन सकिन् ।

प्राय हाम्रा किशोरीहरु यस्तो बेला डर,त्रास र अपहेलनाको मारमा पर्छन । तर यहाँ त्यस्तो केही भएन । शरोनका अभिभावकले रजश्वला र रातो रङलाई संकेत गर्ने आकर्षक केक अर्डर गरे । छोरीलाई ख्वाय आफुले पनि खाए । उत्सवको यो पहिलो घण्टीमा छोरी शरोनले चिया बनाएर अभिभावकलाई खुवाइन् ।

आमा नमिताले छोरीको पहिलो रजश्वलालाई उत्सवको रुप दिएको प्रसङ्ग र तस्विरहरु सामाजिक संजालमा राखिन् । उनले लेखिन,‘..मलाई गर्व छ कि मेरी छोरी प्राकृर्तिक रुपले हुर्किदैँ छिन् र म हरेक चरणलाई उत्साहको रुपमा मनाउँछु ।’ बधाईको ओइरो त बाढी जस्तै आयो । सबैले यसलाई घरबाटै सुरु गरिएको सामाजिक रुपान्तरणको कोशेढुङ्गा माने ।

आमा नमिताकी साथी प्रतिमा भण्डारीले फेसबुकको भित्तामा लेखिन्, ‘साथी,तिम्रो यो पाइलाले आज साँच्चै ह«दय विभोर भयो । गर्विलो शुरुआत गर्यौ । आज म आफू नै पहिलो पटक रजश्वला भएको महशुस भयो । अनि छोरीसँगै मैले पनि पहिलो रजश्वला भएको उत्सव मनाए,मन मनै । समाजले साधुवाद भन्नैपर्छ शरोनका यी अभिभावकलाई । अझ आमा नमिताले आफू पहिलो पटक रजश्वला हुँदा भोगेको शारिरिक र मानसिक प्रताडना छोरीले भोग्नु नपरोस भनेर जुन सचेतना देखाइन,त्यसले शरोनलाईमात्र होइन, सिङ्गो नेपाली समाजलाई पनि गतिलो सन्देश दिएको छ ।

नेपोलियनले त्यसै भनेका थिएनन,‘असल आमा पाए म असल राष्ट्र दिन्छु ।’

भिडियो :

यो पनि पढ्नुहोस् :
३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)

राउटे : बढ्यो जनसंख्या, फेरिँदै लाइफस्टाइल
महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested