English

४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?



हरी क्षेत्र होस् या ग्रामीण । पछिल्लो समय पक्की घरले स्थान जमाइरहेका छन् । तुलनात्मक रुपमा सहरमा यो संख्या बढी छ । सानै भएपनि सहरमा एउटा पक्की घर भइदियोस् भन्ने धेरैको चाहना हुन्छ । तर, घर बनाउन कति खर्च लाग्छ ? यसबारे धेरैलाई पूर्व जानकारी नहुँदा अलमलमा पर्छन् । यद्यपि, हिजोआज इन्जिनियरहरुले घर बनाउन लाग्ने मोटामोटी खर्च निकालिदिन्छन् । यसरी लगानीको आँकनल गरेर घर बनाउँदा खर्च व्यवस्थापन गर्न सहज हुन्छ । त्यसैले हामीले यहाँ ४ कोठे एक तलाको घर बनाउँदा कति खर्च लाग्छ भन्ने बारे सिभिल इन्जिनियर दीपविक्रम बिष्टसँग बुझ्ने प्रयास गरेका छौं :

नक्सा र डिजाइन

नक्सा पास नगरी घरको जग खन्न पाइँदैन । त्यसैले सबैभन्दा पहिले नक्सा पास गर्नुपर्छ । नक्सा पास र डिजाइनको काम पछि मात्र जग खन्ने काम तथा घरको अन्य काम सुरु हुन्छ । सामान्यतया ४ कोठाको घर बनाउनको लागि डिजाइन र नक्सा पास गर्दासम्म करिव ४५ हजार रुपैयाँ खर्च लाग्छ ।

ठेकेदार ज्याला

नक्सा पास भइसकेपछि घर बनाउनको लागि ठेकेदारलाई जिम्मा दिने चलन छ । चलनचल्ती र सम्झौताअनुसार प्रतिवर्गफिट ९ सय रूपैयाँसम्म ठेकेदारले ज्याला लिन्छन् । यसरी हिसाब गर्दा पुरा घरको फिनिसिङ गर्दा ठेकेदारको खर्च ८ देखि ९ लाख रुपैँया पर्न जान्छ ।

डन्डी

एक तले घर बनाउँदा करिव ११ देखि १२ टनजति डन्डी खपत हुन्छ । एक टनमा १ हजार किलो डन्डी हुन्छ । बजारमा अहिले डन्डिको मुल्य १ सय ३ रुपैँयाँ प्रति केजी छ । कम्पनीअनुसार मुल्यमा केही फरक भएपनि अहिले बजारमा डन्डीको मुल्यअनुसार हिसाब गर्दा लगभग १२ देखि १३ लाख रुपैयाँ खर्च लाग्छ ।

सिमेन्ट

एक तल्ले घरको लागि ओपिसी सिमेन्ट २ सय ५० बोरा लाग्छ भने पिपिसी सिमेन्ट लगभग ३०० बोरा लाग्छ । ढलान, पिलर, बिम लगायतमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ । इँटाको गारो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ । बजारमा अहिले ओपिसी सिमेन्टको ७५० देखि ७८० रुपैयाँ छ । पिपिसी सिमेन्टको चाहीँ ६५० रुपैयाँ पर्छ । समग्रमा लगभग ४ लाख रुपैयाँ सिमेन्टमा खर्च लाग्छ ।

इँटा

घरको वाल र कम्पाउन्डको लागि इँटाको प्रयोग हुन्छ । एक तल्ला घरको लागि लगभग ४० हजार पिस इँटा लाग्छ । एउटा इँटाको मुल्य एभरेजमा १५ रुपैयाँ पर्न जान्छ । त्यसैले ४० हजार पिस इँटाको मुल्य करिब ६ लाख रुपैयाँ जति पर्न आँउछ ।

बालुवा–गिटी

एक तल्ले घर बनाउन गिटी र बालुवा गरेर लगभग २२ देखि २४ टिप लाग्छ । ३ देखि ४ लाखको हाराहारीमा गिटी बालुवामा खर्च लाग्छ । काठमाडौँमा सानो गाडीलाई टीप भनिने भएकोले प्रतिटिप १० देखि ११ हजार रुपैयाँ गिटी बालुवाको मुल्य पर्न जान्छ ।

झ्याल ढोका

काठको ढोका र चौकोसको खर्च लगभग १ लाख ५० हजार रुपैयाँ पर्छ । आल्मुनियमको झ्याल राख्दा २ लाखको हाराहारी पर्न आउँछ भने काठको झ्यालको ३ लाख रुपैयाँ पर्छ । यसरी झ्याल र ढोका फिनसिङ गर्न लगभग ३ लाख ५० हजार देखि ४ लाख ५० हजार रुपैयाँसम्म पर्न आउँछ ।

प्लम्बिङ

घर बनाउँदा पाइप जडान र ट्यांकी राख्नु पर्ने हुन्छ । एक तल्ले घरमा एउटा बाथरुम र किचनमा तथा अन्य ठाउँमा धाराको पाइप जडान र ट्याङ्की गरेर पल्मबीङमा लगभग १ लाख २० हजार रुपैयाँ खर्च लाग्छ ।

बिजुली जडान

बिजुलीको सामान तथा वायरिङको खर्च गरेर लगभग १ लाख रुपैँया बिजुली जडानमा खर्च लाग्छ ।

भान्सा र बाथरुमको फिनिसिङ

नर्मल र्याक, धारा, टायल राखेर किचन बनाउन करिब ८० हजार रुपैयाँ लाग्छ । एउटा सामान्य बाथरुममा टायल, धारा, कम्मोड र बेसन राखेर तयार पार्न ६० हजारजति खर्च लाग्छ । यसरी भान्सा र बाथरुम गरेर लगभग १ लाख ४० हजारमा फिनिसिङ हुन्छ । भ¥याङहरुमा पनि टायल राख्ने हो भने अरु ५० हजार जति खर्च लाग्छ ।

रंग

एक तल्ले चार कोठाको घर बनाउनको लागि लगभग १ लाख ५० हजार जति खर्च लाग्छ । १ लाख रंगको खर्च र ५० हजार ज्याला गर्दा १ लाख ५० हजार रुपैयाँसम्ममा रंगको काम सकिन्छ ।

कम्पाउन्ड वाल लगाउन लगभग ५०/ ६० हजार रुपैयाँ, र एउटा गेटको लागि २० देखि २५ हजार रुपैयाँ खर्च हुन्छ । बाँकी अन्डरग्राउन्ड टैंकी बनाउने हो भने त्यसको अक्तिरिक्त ७० हजार रुपैयाँ पर्छ । सामान्यतया एक तल्ले घर फिनिसिङ गर्नका लागि ४० देखि ४५ लाख रुपैयाँ खर्च लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली