English

४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?



हरी क्षेत्र होस् या ग्रामीण । पछिल्लो समय पक्की घरले स्थान जमाइरहेका छन् । तुलनात्मक रुपमा सहरमा यो संख्या बढी छ । सानै भएपनि सहरमा एउटा पक्की घर भइदियोस् भन्ने धेरैको चाहना हुन्छ । तर, घर बनाउन कति खर्च लाग्छ ? यसबारे धेरैलाई पूर्व जानकारी नहुँदा अलमलमा पर्छन् । यद्यपि, हिजोआज इन्जिनियरहरुले घर बनाउन लाग्ने मोटामोटी खर्च निकालिदिन्छन् । यसरी लगानीको आँकनल गरेर घर बनाउँदा खर्च व्यवस्थापन गर्न सहज हुन्छ । त्यसैले हामीले यहाँ ४ कोठे एक तलाको घर बनाउँदा कति खर्च लाग्छ भन्ने बारे सिभिल इन्जिनियर दीपविक्रम बिष्टसँग बुझ्ने प्रयास गरेका छौं :

नक्सा र डिजाइन

नक्सा पास नगरी घरको जग खन्न पाइँदैन । त्यसैले सबैभन्दा पहिले नक्सा पास गर्नुपर्छ । नक्सा पास र डिजाइनको काम पछि मात्र जग खन्ने काम तथा घरको अन्य काम सुरु हुन्छ । सामान्यतया ४ कोठाको घर बनाउनको लागि डिजाइन र नक्सा पास गर्दासम्म करिव ४५ हजार रुपैयाँ खर्च लाग्छ ।

ठेकेदार ज्याला

नक्सा पास भइसकेपछि घर बनाउनको लागि ठेकेदारलाई जिम्मा दिने चलन छ । चलनचल्ती र सम्झौताअनुसार प्रतिवर्गफिट ९ सय रूपैयाँसम्म ठेकेदारले ज्याला लिन्छन् । यसरी हिसाब गर्दा पुरा घरको फिनिसिङ गर्दा ठेकेदारको खर्च ८ देखि ९ लाख रुपैँया पर्न जान्छ ।

डन्डी

एक तले घर बनाउँदा करिव ११ देखि १२ टनजति डन्डी खपत हुन्छ । एक टनमा १ हजार किलो डन्डी हुन्छ । बजारमा अहिले डन्डिको मुल्य १ सय ३ रुपैँयाँ प्रति केजी छ । कम्पनीअनुसार मुल्यमा केही फरक भएपनि अहिले बजारमा डन्डीको मुल्यअनुसार हिसाब गर्दा लगभग १२ देखि १३ लाख रुपैयाँ खर्च लाग्छ ।

सिमेन्ट

एक तल्ले घरको लागि ओपिसी सिमेन्ट २ सय ५० बोरा लाग्छ भने पिपिसी सिमेन्ट लगभग ३०० बोरा लाग्छ । ढलान, पिलर, बिम लगायतमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ । इँटाको गारो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ । बजारमा अहिले ओपिसी सिमेन्टको ७५० देखि ७८० रुपैयाँ छ । पिपिसी सिमेन्टको चाहीँ ६५० रुपैयाँ पर्छ । समग्रमा लगभग ४ लाख रुपैयाँ सिमेन्टमा खर्च लाग्छ ।

इँटा

घरको वाल र कम्पाउन्डको लागि इँटाको प्रयोग हुन्छ । एक तल्ला घरको लागि लगभग ४० हजार पिस इँटा लाग्छ । एउटा इँटाको मुल्य एभरेजमा १५ रुपैयाँ पर्न जान्छ । त्यसैले ४० हजार पिस इँटाको मुल्य करिब ६ लाख रुपैयाँ जति पर्न आँउछ ।

बालुवा–गिटी

एक तल्ले घर बनाउन गिटी र बालुवा गरेर लगभग २२ देखि २४ टिप लाग्छ । ३ देखि ४ लाखको हाराहारीमा गिटी बालुवामा खर्च लाग्छ । काठमाडौँमा सानो गाडीलाई टीप भनिने भएकोले प्रतिटिप १० देखि ११ हजार रुपैयाँ गिटी बालुवाको मुल्य पर्न जान्छ ।

झ्याल ढोका

काठको ढोका र चौकोसको खर्च लगभग १ लाख ५० हजार रुपैयाँ पर्छ । आल्मुनियमको झ्याल राख्दा २ लाखको हाराहारी पर्न आउँछ भने काठको झ्यालको ३ लाख रुपैयाँ पर्छ । यसरी झ्याल र ढोका फिनसिङ गर्न लगभग ३ लाख ५० हजार देखि ४ लाख ५० हजार रुपैयाँसम्म पर्न आउँछ ।

प्लम्बिङ

घर बनाउँदा पाइप जडान र ट्यांकी राख्नु पर्ने हुन्छ । एक तल्ले घरमा एउटा बाथरुम र किचनमा तथा अन्य ठाउँमा धाराको पाइप जडान र ट्याङ्की गरेर पल्मबीङमा लगभग १ लाख २० हजार रुपैयाँ खर्च लाग्छ ।

बिजुली जडान

बिजुलीको सामान तथा वायरिङको खर्च गरेर लगभग १ लाख रुपैँया बिजुली जडानमा खर्च लाग्छ ।

भान्सा र बाथरुमको फिनिसिङ

नर्मल र्याक, धारा, टायल राखेर किचन बनाउन करिब ८० हजार रुपैयाँ लाग्छ । एउटा सामान्य बाथरुममा टायल, धारा, कम्मोड र बेसन राखेर तयार पार्न ६० हजारजति खर्च लाग्छ । यसरी भान्सा र बाथरुम गरेर लगभग १ लाख ४० हजारमा फिनिसिङ हुन्छ । भ¥याङहरुमा पनि टायल राख्ने हो भने अरु ५० हजार जति खर्च लाग्छ ।

रंग

एक तल्ले चार कोठाको घर बनाउनको लागि लगभग १ लाख ५० हजार जति खर्च लाग्छ । १ लाख रंगको खर्च र ५० हजार ज्याला गर्दा १ लाख ५० हजार रुपैयाँसम्ममा रंगको काम सकिन्छ ।

कम्पाउन्ड वाल लगाउन लगभग ५०/ ६० हजार रुपैयाँ, र एउटा गेटको लागि २० देखि २५ हजार रुपैयाँ खर्च हुन्छ । बाँकी अन्डरग्राउन्ड टैंकी बनाउने हो भने त्यसको अक्तिरिक्त ७० हजार रुपैयाँ पर्छ । सामान्यतया एक तल्ले घर फिनिसिङ गर्नका लागि ४० देखि ४५ लाख रुपैयाँ खर्च लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested