English

आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर



आकस्मिक गर्भनिरोधक साधनको प्रयोग असुरक्षित यौनसम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका हो । तर, केही वर्ष यता आकस्मिक गर्भ निरोधक औषधिको प्रयोग गर्नेको संख्या वृद्धि भएको जानकारहरु बताउँछन् ।

आकस्मिक गर्भ निरोधक औषधिको धेरै मात्रामा सेवन गरेको कारण महिनावारीमा गडबढी भएर अस्पताल आउनेहरुको संख्या बढेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बालकृष्ण शाह बताउँछन् । ‘यो औषधीको सेवन आपत्कालिन अवस्थामा प्रयोग गर्नको लागि बनाइएको हो,’ उनले भने, ‘यसको बढी सेवनले महिलाको स्वस्थ्यमा नकारात्मक समस्या निम्तिन सक्छ ।’

आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौनसम्पर्क भएको अवस्थामा मात्रै प्रयोग गर्ने साधन भएको उनले स्पष्ट पारे । तर, यसको दुरुपयोग बढेको छ । ‘धेरैजसोले यसलाई नै परिवार नियोजनको अस्थायी साधन जसरी प्रयोग गरिरहेका छन्,’ डा.शाह भन्छन्, ‘आकस्मिक गर्भनिरोधक साधन हर्मोनल औषधि हो, महिलाहरुले एक महिनामा धेरै पटक यसको प्रयोग गर्दा स्वस्थ्यमा असर पर्छ ।’

यसले अनावश्यक गर्भ रोक्न तीन तरिकाले काम गर्छ

– यसले डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्न सक्छ
– डिम्बलाई शुक्रकिटसँग मिलेर भ्रुँण बनाउनबाट रोक्न सक्छ
– बनिसकेको भ्रुँणलाई पाठेघरमा टाँसिन र भ्रुँणलाई बढ्नबाट रोक्छ

प्रभावकारिता कम हुने अवस्था

– डिम्ब गर्भाशयमा जोडिसकेको छ भने आकस्मिक गर्भनिरोधक चक्कीले काम गर्दैन । त्यसैले शारीरिक सम्पर्क भएको कति घण्टाभित्र यसलाई प्रयोग गरे, यो प्रभावकारी हुन्छ, थाहा पाउनु आवश्यक छ ।
– असुरक्षित सम्पर्क भएको छ र गर्भवती हुन चाहनुहुन्न भने चाँडोभन्दा चाँडो आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुपर्छ । सम्पर्क भएको ७२ घन्टा भित्र यो चक्की खाइसक्नुपर्छ । नत्र यसको प्रभावकारिता कम हुन्छ ।

देखिन्छ यस्ता समस्या

आकस्मिक गर्भ निरोधक औषधीले त्यस्तो दिर्घकालीन असर केही नगरे पनि महिनावारी चक्रको समयमा परिवर्तन आउने, महिनावारीको समयमा धेरै पेट दुख्ने, धेरै रक्तश्राव हुने जस्ता समस्या हुन सक्छ । जुन केही समय पछि हराएर जान्छ । तर, यो औषधीको धेरै प्रयोगले भने यसको प्रभावकारीता पनि घटेर जान्छ ।

आकस्मिक गर्भ निरोधक औषधी खपतबारे औषधि व्यवस्था विभाग नै अनविज्ञ

धेरै थरिका आकस्मिक गर्भ निरोधक चक्कीहरु बजारमा खरिद विक्री भइरहेका छन् । तर, ती औषधीहरु कति र कसरी प्रयोग भइरहेका छन् भन्ने बारे तथ्यांक नरहेको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन् । ‘हामीले नेपाली बजारमा आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग कति भएको छ, भनेर संख्यात्मक रुपमा भन्न सकिँदैन, यसविषयमा हामीले कुनै अध्ययन गरेका छैनौं,’ उनी भन्छन्, ‘केही वर्ष यता आकस्मिक गर्भ निरोधक औषधीको खपत केही मात्रामा बढेको छ तर कति प्रतिशतले भन्ने तथ्याकं भने हामीसँग छैन ।’

परिवार नियोजन साधनको रुपमा यसको प्रयोग गर्ने होइन

आकस्मिक गर्भ निरोधक औषधिको सेवनले महिलाको स्वास्थ्यमा दिर्घकालीन असर गरेको अहिलेसम्मको अध्ययनले देखाएको छैन । तर, यसको प्रयोगले महिनावारीमा गडबढी हुने, पेट दुख्ने, धेरै रगत बग्ने जस्ता समस्याहरु भने देखिने गरेको यौन तथा प्रजनन स्वास्थ्य रोग विशेषज्ञ डा.बद्रीप्रसाद भट्टराई बताउँछन् ।

यो औषधिको प्रयोग आकस्मिक गर्भ रहन नदिनको लागि प्रयोग गर्ने हो । तर, केहीले यसलाई परिवार नियोजनको रुपमा नै प्रयोग गर्ने गरेका छन् । यसो गर्दा विभिन्न स्वास्थ समस्या हुन सक्छ । बजारमा विभिन्न प्रकारको परिवार नियोजनका साधनहरु उपलब्ध छन् त्यसैले यसको प्रयोग आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न उपयोगी हुने भट्टराईको सुझाव छ ।

यो पनि पढ्नुहोस्:
यसकारण बढ्दै छ नेपालमा निःसन्तान हुनेको संख्या, कसरी बच्ने ?
प्रेसर, सुगर र थाइरोइड भएका महिलालाई गर्भावस्थामा देखिन्छन् यस्ता समस्या, कसरी बच्ने ?
यी हुन् गर्भवतीले गर्न नहुने १२ गल्ती
लिंग पहिचान र गर्भपतनः समाज र संस्कार नै दोषी
कोरोना संक्रमितले कुन बेला कस्तो औषधि खाने ?
कोरोना संक्रमित गर्भवतीले आफ्नो हेरविचार यसरी गर्नुहोस् !
कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,