English

कोरोना संक्रमित गर्भवतीले आफ्नो हेरविचार यसरी गर्नुहोस् !



गर्भमा रहेकोे बच्चाको स्वास्थ्य गर्भवती महिलाको स्वास्थ्य अवस्थामा निर्भर हुन्छ त्यसैले गर्भवती महिलाहरुलाई कोरोना संक्रमण भए आफ्नो हेरविचार कसरी गर्ने भन्ने विषयमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. संगीता मिश्रको सुभाव यस्तोे छ ।

– कोभिड संक्रमित गर्भवती महिलाले सबैभन्दा पहिले एउटा छुट्टै कोठा र छुट्टै शौचालय भएको स्थानमा बस्नुपर्छ ।
– घरपरिवारको अन्य सदस्यहरुसँग घुलमिल गर्नु हुँदैन ।
– छुट्टै बस्दा गर्भवती महीलाले आफ्नो ज्वरो बेलाबेलामा नाप्ने र अक्सिजनको मात्रा कति छ पल्स अक्सिमिटरबाट नाप्नुपर्छ ।
– यदि कुनै पनि बेला ज्वरो आयो अथवा हल्का खोकी लाग्यो भने स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुपर्छ वा सिटामोलको सेवन गर्नुपर्छ ।
– यसबाहेक आफ्नो पोषणमा ध्यान दिनुपर्छ । भोजनमा अन्न, फलफूल, तरकारी, माछामासु, अण्डा र दूधको पदार्थहरु समावेस हुनुपर्छ ।
– आइसोलेसनमा बस्दा सासफेर्न गाह्रो भयो, अत्याधिक ज्वरो आयो वा अक्सिजनको मात्रामा कमी भयो भने तुरुन्त अस्पताल जानुपर्दछ ।
– पेट दुखीरहेको छ, पेटको बच्चा कम चलेको छ, रक्तस्राव भएको छ वा सेतो पानी बगिरहेको छ भने पनि अस्पताल जानुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested