English

यी हुन् गर्भवतीले गर्न नहुने १२ गल्ती



महिलाका लागि गर्भावस्था महत्वपूर्ण चरण हो । यतिबेलाको थोरै असाबधानीले पनि आमा र बच्चा दुवैलाई समस्या पर्छ । त्यसैले गर्भवती महिलाले गर्न नहुने १२ गल्तीका विषयमा डा. नितेश घिमिरेको सुझाव यस्तो छ :

दम्पती बिचको सम्बन्धले पनि गर्भावस्थालाई प्रभाव पारिरहेको हुन्छ । हाम्रो देश नेपालमा धेरै रिसर्चहरु त भएका छैनन् । तर, विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानहरुमा उल्लेख गरिएको छ कि दम्पती बिचको नराम्रो सम्बन्ध तथा तनावले धेरै एबोर्सनहरु हुने गरेका छन् । त्यसैले गर्भावस्थाको बेलामा सम्बन्धलाई राम्रो बनाएर तनाव कम गर्नुपर्छ ।

एक महिला सहि उमेरमा गर्भवती हुनु पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो । अहिले महिलाहरु आफ्नो करियर बनाएर मात्र बिहे गर्ने भएकाले ढिलो विवाह गर्ने र ढिलो गर्भवति हुने क्रम बढेको छ । एक महिलाको फर्टाइल उमेर भनेको २१ वर्ष देखि २९ वर्षसम्म हो । त्यसैले पहिलो सन्तान २९ वर्ष भित्र भयो भने आमा र बच्चा दुवैको स्वस्थ्य राम्रो हुन्छ ।

गर्भवस्थामा भिडियो एक्सरे कहिले–कहिले गर्ने भन्ने कुराको ज्ञान हुनु पनि एकदमै महत्वपूर्ण कुरा हो । पहिलो भिडियो एक्सरे गर्भवती भएको थाहा भईसकेपछि सके सम्म छिटो गर्नुपर्छ । पहिलो पटक भिडियो एक्सरे गराउन जाँदा रगत परीक्षण गरिन्छ । उक्त परीक्षणमा थाइरोइड तथा सुगरको पनि परीक्षण हुन्छ । थाइरोइड र सुगरले गर्दा जुनसुकै समय गर्भ खेर जान सक्छ । त्यसैले पहिलो भिडियो एक्स–रे गर्न जाँदा थाइरोइड र सुगर पनि चेक गर्नुपर्छ ।

दोस्रो भिडियो एक्स–रे ६ देखि १२ हप्ता भित्र गर्नुपर्छ । ६ देखि १२ हप्ताको बिचमा भिडियो एक्सरे गराउँदा बच्चाको स्वस्थ्य अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन सकिन्छ । तेस्रो एक्सरे १८ देखि २० हप्तामा गर्नुपर्छ । जसमा एनोमली स्क्यान भन्ने हुन्छ बच्चामा कुनै किसिमको अपांगता छ कि भन्ने कुराहरु यसबाट थाहा हुन्छ ।

गर्भावस्थाको बेला ध्यान दिनु पर्ने अर्को महत्वपूर्ण कुरा व्यक्तिगत स्वच्छता पनि हो । यो बेला सेतो पानी बग्ने, गन्हाउने चिलाउने जस्ता समस्याहरु हुन्छन् त्यसैले यी समस्यालाई राम्रोसँग हल गरिएन भने आमालाई विभिन्न प्रकारको इन्फेक्सनहरु हुन सक्छन् । त्यसैले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।

गर्भावस्थाको बेला महिलाको साथ–साथै पुरुषको पनि महत्वपूर्ण भुमिका हुन्छ । यस्तो बेला महिलाहरुलाई धेरै माया र साथको खाँचो हुन्छ । त्यसैले पुरुषहरुले पनि यो अवस्थामा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सामान्य सुत्केरी गराउनका लािग बिहान उठेर सँगसँगै दुवै जनाले व्यायाम गर्ने । साथै, आफू सँगै नुहने अवस्थामा श्रीमतीलाई परिवारको साथमा राख्नुपर्छ । गर्भाअवस्थामा महिलालाई आत्मबलको एकदमै जरुरी हुन्छ त्यसैले श्रीमान् तथा परिवारको साथ र माया दिनुपर्छ ।

गर्न नहुने १२ गल्ती

१. दुई पाङ्ग्रे सवारीसाधन चलाउनु हुन्छ भने गर्भावस्थाको ९ महिनासम्म नै चलाउन मिल्छ तर, एकदमै स्लो । स्पिड ब्रेकरको एकदमै ख्याल राख्नुपर्छ । धेरै जनाको स्पिड ब्रेकरको कारणले गर्भ खेर गएको छ ।

२. १० के.जी भन्दा बढी वजन उठाउनै हुँदैन । किनभने भारी वजन उठाउँदा रक्तस्राव हुने सम्भावना हुन्छ ।

३. डारेक्टली ननिहुँरिने घुँडाको सहायताले निहुँरिएर बेन्ड भएर वजन उठाउनु पर्छ जस्ले गर्दा पेट तथा ढाँडमा बल पर्दैन ।

४. कफि नपिउने किनकी कफिमा हुने क्याफिनले बच्चामा हुने रक्तसञ्चारलाई कम गर्छ । सँगसँगै कफिको कारणले आमाको प्रेसर बढ्ने समस्या पनि हुन सक्छ । त्यसैले कफी नपिउने थोरै मात्रामा ग्रिन टी, हर्बल टी पिउन सकिन्छ ।

५. काँचो मेवा खानु हुँदैन यसले गर्भ खेर जान सक्छ । तर, पाकेको मेवा भने खान मिल्छ ।

६. धुम्रपान तथा मद्यपान त झनै गर्नै भएन सँगसँगै सफ्ट ड्रिक्सहरु पनि रेगुलर खानु हुँदैन । किनभने सफ्ट ड्रिक्समा धेरै केमिकलहरु हुन्छ र यसले बच्चालाई अपांगता बनाएको केही तथ्यांकहरु पनि छन् ।

७. यदि थोरै पनि रक्तस्राव भएको छ भने पहिलो तीन महिना यौनसम्पर्क राख्नु हुँदैन । किनभने बलपूर्वक सेक्स भयो भने रक्तस्राव अझै बढ्ने सम्भावना हुन्छ ।

८. यदि जुस पिउन मन लागिरहेको छ भने फ्रेस जुस मात्र पिउने । रियल जुस तथा अन्य कुनै ब्रान्डको प्याकिङ जुस पिउँदै नपिउने ।

९. बाहिर खाना खान जाँदा आउटडोर चाइनिज र मेक्सिकन फुडहरु खाँदै नखाने किनकि त्यस्ता खानाहरुमा धेरै अजिना मोटो प्रयोग भएको हुन्छ । अजिना मोटोले बच्चालाई ९५ प्रतिशतसम्म असर गर्छ । तर, घरमै रेष्टुरेनटको जस्तै खानाहरु बनाएर खान सकिन्छ ।

१०. घरमा पनि बासी खाना खाँदै नखाने ताजा खाना बनाएर खाने । डाइट चाट राम्रो बनाउने । त्यही डाइट चाटलाई फलो गरेर घरमा ताजा खाना बनाएर खानु पर्छ ।

११. औषधिहरु समयमा सेवन गर्ने । धेरै जनाले मैले खाना राम्रोसँग खाएको छु भनेर फोलिक एसिड र मल्टि भिटामिन्सहरु खाँदैनन् । तर, जरुरत पनि दोब्बर हुन्छ । त्यसैले खानामात्र खाएर पुग्दैन । चिकित्सको सल्लाहअनुसार फोलिक एसिड र मल्टि भिटामिनहरुको पनि समयमै सेवन गर्नुपर्छ ।

१२. गर्भावस्थालाई मुख्य तीन भागमा विभाजन गरिन्छ पहिलो, दोस्रो र तेस्रो । पहिलो चरण भनेको गर्भवती भएको महिना देखि ३ महिना सम्मलाई मानिन्छ त्यसैले त्यो ३ महिनाको अवधिमा सकेसम्म यौनसम्पर्क राख्नु हुँदैन । दोस्रो चरण ३ देखि ६ महिनाको अवस्थामा यौनसम्पर्क सुरक्षित नै हुन्छ । तेस्रो चरण ६ देखि ९ महिनाको अवधिमा पनि यौन सम्पर्क नराख्दा राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो