प्रेसर, सुगर र थाइरोइड भएका महिलालाई गर्भावस्थामा देखिन्छन् यस्ता समस्या, कसरी बच्ने ?



गर्भावस्थामा विभिन्न समस्या देखिन्छन् । शरीर दुख्ने, अल्छि लाग्ने, खान मन नलाग्ने, स्वाँ–स्वाँ हुने जस्ता सामान्य समस्याहरु हुन्छन्, जुन बच्चा जन्मेपछि आफैं कम भएर जान्छ । यदि गर्भावस्थामा अन्य कुनै रोगका संकेतहरु देखियो भने यसले आमा र बच्चा दुवैलाई हानी पुर्याउन सक्छ । यस्तो अवस्थामा देखिने देखिने विभिन्न रोगमध्ये प्रेसर, सुगर र थाइरोइड पनि पर्छन् ।

पछिल्लो समय गर्भवती महिलामा पे्रसर, सुगर र थाइराइडको समस्या देखिनु सामान्यजस्तै भइसकेको छ । यसलाई हेलचक्राइँ गरियो भने दुर्घटनासमेत निम्त्याउन सक्छ । त्यसैले गर्भाअवस्थामा प्रेसर, सुगर र थाइराइड भएका महिलाहरुलाई कस्ता समस्या देखिन्छन् र यसबाट कसरी बच्ने भन्ने विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहको सुझाव यस्तो छ :

देखिने समस्या

– गर्भअवस्थामा शरीरमा हर्मोनको गडबड भइरहने भएकाले प्रेसर र सुगर बढ्छ यसलाई नियन्त्रण गर्न नसकेपछि अन्य समस्याहरु पनि आउन सक्छ ।

– लापरबाही ग¥यो भने आमा तथा बच्चा दुवैलाई जोखिम हुन्छ । बच्चाको ज्यानसमेत जान सक्छ भने असामान्य बच्चा जन्मिन सक्छ ।

– विशेषगरी गर्भरहेको २० हप्ता पछि प्रेसर बढ्दै जाने समस्या हुन्छ । त्यसैले प्रेसर चेक गरिएन र हेल्चेक्राइँ गरियो भने आमा तथा बच्चा दुवैको ज्यान जान सक्छ ।

– मधुमेह भएका महिलाको पेटमा भएको बच्चा जन्मिएपछि पनि मृत्यु हुन सक्ने खतरा रहन्छ । समय नपुग्दै बच्चा जन्मिने सम्भावना बढी हुने भएकाले मृत्युको खतरा उच्च हुन्छ ।

– गर्भावस्थामा हुने थाइरोइडले आमा र बच्चा दुवैका लागि घातक हुन सक्छ । हाइपोथाइरोइडिज्म भएका गर्भवती महिलामा गर्भपतन हुने, ब्लड प्रेसर बढ्ने, शरीरमा रगतको कमी हुने, हात–खुट्टा सुन्निनेजस्ता समस्या देखिन्छन् । त्यस्तै, थाइरोइडकै समस्याले गर्भावस्थामा मधुमेहको समस्या पनि हुने गर्छ ।

कसरी बच्ने ?

– गर्भअवस्थामा देखिने यस्ता समस्या नबढोस् भनेर समय–समयमा स्वास्थ्य जाँच गराइरहनु पर्छ ।

– राम्रो हेरचाह गरियो भने यस्ता समस्या देखिए पनि नियन्त्रण गर्न सकिन्छ ।

– गर्भाअवस्थामा देखिएका यस्ता समस्या सुत्केरी भएपछि सामान्य अवस्थामा फर्किन सक्छ ।

– सुगर र थाइरोइड भए–नभएको परीक्षण गरेर मात्रै थाहा हुन्छ । त्यसैले गर्भवती महिलाले यसको परीक्षण गर्नैपर्छ किनकी धेरैलाई लक्षण देखिँदैन ।

– आजकल महिलाहरू उमेर ढल्किएपछि गर्भवती हुन्छन् । उमेरका कारण पनि यस्तो भएको हुनसक्छ । त्यसैले सहि उमेरमा २० देखी ३० वर्षको उमेरमा गर्भवती भएमा यस्तो समस्या कम मात्रामा देखिन्छ ।

– यसको उपचार समयमै भयो भने जन्मिएको बच्चालाई केही असर गर्दैन त्यसैले केही समस्या देखिने बित्तिकै अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भनिन्छ,कूटनीतिमा खानपिन तथा पहिरनले धेरै कुराको संकेत गर्छ । कूटनीति यस्तो क्षेत्र हो जहाँ लुगा लगाउने र खाना खाने,बोल्ने शैलीले

आजभन्दा ४२ वर्षअघि हो, कमला श्रेष्ठले व्यवसायमा हात हालेको । जतिबेला महिलाहरु चुलो–चौको र घर–व्यवहारमामात्र सीमित थिए । व्यवसाय त

उदयपुरकी सिता (नाम परिर्वतन) लाई चिनेजानेकाले सामुहिक बलात्कार गरे । ४ छोराछोरीकी आमा समेत रहेकी सिता असार १५ को राति

एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य