यसकारण बढ्दै छ नेपालमा निःसन्तान हुनेको संख्या, कसरी बच्ने ?



काठमाडौंकी सुस्मिता दुलाल (नाम परिर्वतन) ले ३० वर्षको उमेरमा विवाह गरिन् । विवाह भएको दुई वर्षपछि उनको गर्भ रह्यो । तर, ३ महिनामै गर्भ खेर गयो । उनी अर्को सन्तानको प्रतिक्षामा बसिन् । १ वर्षपछि फेरि उनको गर्भ बस्यो । त्यो पनि ५ महिनामै खेर गयो ।

लगातार गर्भ खेर गएपछि सुस्मिताको गर्भ नै रहन छाड्यो । सुस्मिता र उनका पति यो समस्या बोकेर थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल पुगे । अस्पतालले सुस्मिताको प्राकृतिक रुपमा सन्तान हुन नसक्ने बतायो । यो सुन्ने बित्तिके उनी छाँगाबाट खसेजस्तो भइन् । निराश बनिन् । अब निसन्तान भएर जुनी काट्नुपर्ने भयो भन्ने चिन्ताले उनलाई सताउन थाल्यो । तर, त्यति नै बेला अस्पतालले उनलाई सन्तान जन्माउने एउटा विकल्प दियो । त्यो हो– टेस्ट ट्युब बेबी । उनले परिवारसँग सल्लाह गरेर टेस्ट ट्यूब बेबी जन्माउने प्रक्रियामा जाने निर्णय गरिन् ।

टेस्ट ट्यूब प्रविधिबाट गर्भाधारण गरेपछि उनले ९ महिनासम्म आफ्नो र गर्भमा रहेको बच्चाको राम्ररी हेरचाह गरिन् । ९ महिनापछि उनको अप्रेसनबाट एक छोरीको जन्म भयो ।

अण्डा निस्कनु भन्दा अघि नै यौनसम्पर्क भएको छ भने शुक्रकिट पनि ३ दिन बाँच्छ । यसरी त्यो समय अवधिमा यी दुईको मिलन हुन नपाउँदा गर्भ रहने सम्भावना निकै न्युन हुन्छ । यसरी उनीहरुको समय अवाधिको गडबडीले गर्दा गर्भ नरहेको कारण पत्ता लगाएर उनीहरुलाई डा.ताम्राकारले उचित परामर्श दिएपछि सन्तान भयो । त्यसकैले श्रीमान–श्रीमतीमा नियमित यौन सम्पर्क नहुनु पनि निसन्तानको कारक हो ।

त्यस्तै, काभ्रेपलाञ्चोककी एलिना श्रेष्ठ (नाम परिर्वतन) को श्रीमान रोजगारीको सिलसिलामा काठमाडौँमा बस्छन् । उनीहरुको भेट महिनामा एकपटक मात्र हुन्छ । महिनावारी चक्रमा कुन बेला गर्भ रहन्छ भन्ने कुराको ज्ञान उनीहरुलाई थिएन । गर्भाधारणको लागि धेरै प्रयास गर्दा पनि उनीहरुको सन्तान नभए पछि निसन्तानको समस्या लिएर उनी धुलिखेल अस्पताल पुगिन् । त्यहाँ उनले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमन राज ताम्राकारसँग भेटिन् । उनले सन्तानको लागि धेरै प्रयास गर्दा पनि हुन नसकेको पीडा डा.ताम्राकारलाई सुनाइन् ।

डा. ताम्राकारले यसको कारण खोज्दै जाँदा उनीहरुमा कस्तो बेला यौन सम्पर्क गर्दा गर्भ बस्छ भन्ने जानकारी नभएकाले उनीहरुको बच्चा नबसेको पत्ता लगाए । नियमित २८ देखि ३२ दिन भित्र महिनावारी हुने महिलाहरुको १४ औं दिनमा अण्डा निस्कन्छ त्यो अण्डा ३ दिन मात्र बाच्छ ।

अण्डा निस्कनु भन्दा अघि नै यौनसम्पर्क भएको छ भने शुक्रकिट पनि ३ दिन बाँच्छ । यसरी त्यो समय अवधिमा यी दुईको मिलन हुन नपाउँदा गर्भ रहने सम्भावना निकै न्युन हुन्छ । यसरी उनीहरुको समय अवाधिको गडबडीले गर्दा गर्भ नरहेको कारण पत्ता लगाएर उनीहरुलाई डा.ताम्राकारले उचित परामर्श दिएपछि सन्तान भयो । त्यसकैले श्रीमान–श्रीमतीमा नियमित यौन सम्पर्क नहुनु पनि निसन्तानको कारक हो ।

सिन्धुलीका सुमन तामाङ (नाम परिर्वतन)को ४ वर्षको लगातार प्रयासमा पनि सन्तान भएन । श्रीमतीको कारणले सन्तान नभएको शंका गरेर उनले दोस्रो विवाह गरे । दोस्रो विवाह भएको २ वर्ष पछि पनि उनको सन्तान हुन सकेन । दोस्रो विवाहबाट पनि सन्तान नभएपछि उनी निरास बनेर यसको समाधान खोज्न धुलिखेल अस्पताल आइपुगे ।

अस्पतालमा उनको वीर्य नलीको परीक्षण गरियो । उनको उक्त नली बन्द भएको पुष्टि भयो । बन्द नलीलाई चिकित्सकले सफा गरेर खुलाइदिए । त्यसको केही महिनामा उनको श्रीमतीमा गर्भ रह्यो ।

रामेछापका नेत्रप्रसाद श्रेष्ठले (नाम परिवर्तन) २० वर्षको उमेरमा मागी विवाह गरे । विवाह भएको ६ वर्ष बितिसक्दा पनि उनीहरुको सन्तान भएन । थुप्रै अस्पताल चहारे पनि समस्याको समाधान हुन सकेन ।

परिवारले सन्तान नहुनुको कारण उनको श्रीमती हो भनेर अर्को विवाह गर्न सल्लाह पनि दिए । उनले सम्पूर्ण जाँच गराउँदा उनको शुक्रकीटबाट बच्चा नबन्ने पत्ता लाग्यो । त्यसपछि उनले धर्मपुत्र पाल्ने निर्णय गरे । अहिले उनको छोरा १५ वर्ष भइसकेका छ ।

माथिका ४ जना पात्र प्रतिनिधिमूलक मात्र हुन् । नेपालमा विभिन्न कारणले निःसन्तान हुनेको संख्या बढ्दै गएको छ । केही वर्ष यता निःसन्तान हुनेको संख्या दोब्बर हुँदै गएको वरिष्ठ स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा.भोला रिजाल बताउँछन् । ‘पहिले–पहिले निसन्तान नहुनुको दोष भगवानलाई दिइन्थ्यो । तर, हाल ३० वर्ष उमेर पुगेपछि निसन्तान हुनुका विभिन्न कारणहरु हुन्छन्,’ उनी भन्छन्, ‘नेपालमा लगभग १५ प्रतिशत दम्पत्ति निःसन्तान छन् । विवाह गरेको २ वर्षसम्म सँगै बस्दा कुनै गर्भनिरोधक उपायहरु नअपनाउँदा पनि सन्तान भएन भने त्यसलाई निसन्तान भनिन्छ ।’

सन्तान नहुनुमा ३३ प्रतिशत महिला र पुरुष दुवै भागिदार हुने डा. रिजाल बताउँछन् । ‘समयमा जाँच गरेर उपचार भयो भने १५ प्रतिशत भित्रका ८५ प्रतिशतको बच्चा हुन्छ,’ उनले भने, ‘बाँकी रहेको सानो प्रतिशतलाई मात्र अन्य उपायको जरुरत पर्छ । यो समस्यालाई निर्मुल पार्न युवाहरुलाई देशमै रोजगारीको व्यवस्था गर्न र यस्तो समस्या देखि हाले पनि समयमा उपचार गर्नु जरुरी छ ।’

निसन्तान हुनुको अर्को कारण युवाहरु विदेशिनु पनि रहेको डा. रिजालले प्रष्ट पारे । ‘विवाह भएको दुई–तीन महिनामै रोजगारीका लागि विदेशिएका युवाहरु स्वदेश फर्कँदा ४० वर्ष उमेर ढल्किसकेको हुन्छ,’ उनले भने, ‘वर्षदिनमा २–३ महिनाका लागि घर फर्किँदा गर्भ नबस्न पनि सक्छ । यसरी कतिपय दम्पत्तीहरु निसन्तान भएको घटना बढ्दै गएको छ ।’

सन्तान नहुनुमा ३३ प्रतिशत महिला र पुरुष दुवै भागिदार हुने डा. रिजाल बताउँछन् । ‘समयमा जाँच गरेर उपचार भयो भने १५ प्रतिशत भित्रका ८५ प्रतिशतको बच्चा हुन्छ,’ उनले भने, ‘बाँकी रहेको सानो प्रतिशतलाई मात्र अन्य उपायको जरुरत पर्छ । यो समस्यालाई निर्मुल पार्न युवाहरुलाई देशमै रोजगारीको व्यवस्था गर्न र यस्तो समस्या देखि हाले पनि समयमा उपचार गर्नु जरुरी छ ।’

विगत ५ वर्ष यता निसन्तानको पीडा बोकेर अस्पताल आउने दम्पत्तीहरुको संख्यामा वुद्धि भएको परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पतालकी निर्देशक डा.संगिता मिश्रले बताइन् । २०७७/७८ मा मात्र १ हजार ४ सय जना निसन्तानको पीडा लिएर अस्पताल आएको डा.संगिताले जानकारी दिइन् ।

परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पतालमा निसन्तानहरुको लागि छुट्टै क्लिनिकको व्यवस्था छ । २०७२ साल भन्दा पहिले टेस्ट ट्यूब बेबी प्रक्रियाको सेवा यो अस्पतालले दिइरहेको थियो । तर, भुकम्पपछि केही उपकरण बिग्रिएकाले गर्दा यो प्रक्रिया बन्द भएको थियो । यद्यपि, यो वर्षदेखि फेरि टेस्ट ट्यूब बेबीको प्रक्रिया सुरु गर्ने डा. मिश्रले बताइन् ।

सन्तान नहुनुको कारण सबैमा एउटै हुन्छ भन्ने हुँदैन । पहिला सन्तान नहुने समस्या महिलाको कारणले मात्र हुन्छ भन्ने भ्रम थियो । तर, अहिले सन्तान नहुनुमा पुरुषको पनि थुप्रै कारणहरु पत्ता लागेका छन् । ढिला विवाह भएर ढिला सन्तान जन्मियो भने पनि गर्भ नरहने सम्भावना धेरै हुन्छ । अन्य कारणहरु पनि छन् :

महिलामा हुने कारणहरु
– पाठेघरको समस्या
– पाठेघरको मुख सानो हुनु
– पाठेघरको ट्युब ब्लक हुनु
– अण्डाको उत्पादन कम हुनु
– हर्मोनल अनब्यालेन्स हुनु
– अण्डा नबन्ने अथवा थुप्रै साना–साना डिम्ब बने पनि नबढ्नु
– पाठेघरको नली पूरा बन्द हुनु
– पिप या पानी जम्ने समस्या
– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुनु

पुरुषमा हुने कारणहरु
– वीर्यको गुणस्तर राम्रो नहुनु
– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी हुनु
– शुक्रकीट उत्पादन नहुनु
– वीर्यमा संक्रमण हुनु
– शुक्राणुको बनावटमा खराबी
– हर्मोनमा गड्बडी,
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु,
– शुक्रनली वा अन्य भागमा अवरोध हुनु ।

उपचार

आइयुआई
यो विधि पुरुषमा स्वस्थ शुक्राणुको कमीको कारण प्रयोग हुने विधि हो, जसमा स्वस्थ शुक्राणुको पहिचान गरी स्त्रीको पाठेघरमा ‘क्याथेटर’को माध्यमबाट राखिन्छ । यो विधि स्त्रीको डिम्बको निर्माण समुचित रूपले हुन नसकेपछि प्रयोग गरिन्छ । यो विधि उपचारको सुरुवाती हो । यसमा डिम्बको समुचित आकारको लागि केही औषधिको पनि प्रयोग गरिन्छ । यसमा सफलताको दर २० देखि २५ प्रतिशतसम्म हुने गरेको छ ।

इन भाइट्रो फर्टिलाइजेसन
आइयुआई असफल भएपछि यो प्रयोग गरिन्छ । यो २५ देखि ३० प्रतिशतसम्म सफल हुने सम्भावना हुन्छ । यो विधिमा स्त्रीको डिम्ब र पुरुषको शुक्राणुलाई गर्भाधारणको प्रारम्भिक प्रयोगशालामा गरिन्छ । यो विधिलाई टेस्टट्युब बेबी पनि भनिन्छ ।

निसन्तानको समस्या हुनबाट बच्ने उपाय
– महिनावारी भएको कति समयमा गर्भ रहन्छ भन्ने कुराको सामान्य जानकारी हुनुपर्छ । महिनावारी भएको ११ दिन देखि १७ दिन भित्र यौनसम्पर्क गर्दा बच्चा बस्ने सम्भावना उच्च हुन्छ ।
– महिलाले पहिलो सन्तान ३० वर्ष भित्र जन्माइ सक्नुपर्छ ।
– पुरुष र महिलाले केही पनि गर्भनिरोधक उपाय नपनाई लगातार २ वर्ष यौनसम्पर्क गर्ने ।
– वैदेशिक रोजगारमा जाने युवाहरुको संख्यालाई कम गर्ने
– कुनै पनि गर्भनिरोधकको उपाय नअपनाई लगातार प्रयास गर्दा पनि सन्तान भएन भने पहिला पुरुषको वीर्यको जाँच गर्ने ।
– पुरुषमा केही समस्या छैन भने महिलाको पनि सम्पुर्ण पाठेघरको जाँच गर्ने र चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने ।

यो पनि पढ्नुहोस् :
यी हुन् गर्भवतीले गर्न नहुने १२ गल्ती
१ लाख १० हजार तिर्न नसक्दा सुत्केरी ४ दिनदेखि अस्पतालमै बन्धक
‘एकल आमा’
एकल आमा–२



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन