English

यी हुन् नियमित बदाम खानुका ६ अचुक फाइदा



बदामलाई ड्राई फ्रुट्सको राजा भनिन्छ । बदाममा यस्ता धेरै पौष्टिक तत्व पाइन्छ, जसले शरीरलाई आवश्यक पोषण प्रदान गर्नुको साथै छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । यसले धेरै शारीरिक समस्याहरूबाट पनि राहत दिन्छ । तर, यसको फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ । यस्ता छन्, बदाम खानुको ६ फाइदाहरू :

कोलेस्ट्रोल कम गर्न

बदामले कोलेस्ट्रोलको स्तर घटाउँछ र रगतमा हुने हानिकारक कोलेस्ट्रोललाई कम गर्छ । बदाममा पाइने एन्टिअक्सिडेन्टले लिपिडको अक्सिडेसन कम गर्छ । विशेषगरी, बदाममा म्याग्नेसियम तत्त्व बढी मात्रामा पाइन्छ । जसले रक्तचापलाई कम गर्छ । त्यसैले, दैनिक २३ देखि २५ बदामको सेवन गर्नु उपयुक्त हुन्छ ।

स्मरण शक्ति बढाउन

बदाम भिटामिन ‘ई’ ले भरिपूर्ण हुन्छ । जसले बिर्सने बानीलाई कम गरेर स्मरण शक्तिलाई बढाउन सहयोग पर्छ । २–३ वटा बदाम रातभर भिजाएर भोलिपल्ट बिहान दूधसँग खाँदा मस्तिष्कलाई पनि स्वस्थ राख्छ ।

शारीरिक विकास र सहनशीलता सुधार गर्न

बच्चाहरूको दिमागलाई तेजिलो बनाउन तथा उनीहरूको सहनशक्ति बढाउनको लागि बदाम उपयुक्त औषधि हो । एक कप बदामको पाउडर गुड़ र दूधसँग मिसाएर राम्रोसँग पकाई बच्चाहरूलाई दैनिक खान दिएमा उनीहरूको मस्तिष्क वृद्धि र सहनशक्ति बढ्छ । तर, एक दिनमा २५ ग्रामभन्दा कम खान दिनुपर्छ ।

मुलायम र लामो कपालका लागि

हप्तामा एकपटक बदामको तेल कपालमा लगाएर मालिस गर्नाले कपाल मुलायम र लामो हुँदै जान्छ । यसले कपाल झर्नबाट पनि रोक्छ ।

डार्क सर्कल कम गर्न

आँखामुनिको कालो घेरामा बदामको तेल नियमित एक महिना लगाउँदा डार्क सर्कल कम हुँदै जान्छ ।

चम्किलो छालाको लागि

बदामको पाउडरलाई दूधसँग मिसाएर स्क्रब गर्नाले छालाबाट मृत कोशिकाहरू हटेर जान्छ । चम्किलो र स्वस्थ्य छाला पाउनको लागि अनुहारको छाला र शरीर दुवैमा यसको प्रयोग गर्न सकिन्छ ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हर्टअट्याक’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested