English

कपाल झर्ने समस्याबाट टाढा रहन अपनाउनुहोस् यस्ता विधि



कपाललाई क्षति हुनबाट जोगाउन, कपाल राम्ररी धुन जरुरी हुन्छ । कपाललाई गलत तरिकाले धुँदा कपाल अत्यधिक झर्ने गर्छ र कपालमा समस्या र कपाल सुक्खा हुन सक्छ । यस्ता उपायहरू अपनाएमा कपाललाई क्षति हुनबाट जोगाउन सकिन्छ ।

गुणस्तरीय स्याम्पुले कपाल धुनुहोस्

कपाल राम्रो बनाउन गुणस्तरीय स्याम्पुले राम्ररी धुनुपर्छ । स्याम्पुले धुनुअघि आफ्नो कपाललाई स्टिमिङ गर्नुहोस् । स्टिमिङ गरिसकेपछि कपाललाई हातले मालिस गर्नुहोस् । कपाल धुनलाई चिसो वा तातो पानीलाई प्रयोग नगर्नुहोस् । यसले कपाल सुक्खा देखिन सक्छ । हप्तामा दुईपटक मात्र धुने गर्नुहोस् ।

यस्तो कन्डिसनरको प्रयोग गर्नुहोस्

स्याम्पु लगाएपछि कपालमा कन्डिसनर लगाउनुपर्छ । तर, धेरै थरिका कन्डिसनर लगाउनु हुँदैन । कपाललाई राम्रो र गुणस्तरीय कन्डिसनरको प्रयोग गर्नु आवश्यक छ । कन्डिसनर हप्तामा दुईपटक लगाउन सकिन्छ, तर, टाउकोमा नपारिकन कपालमा मात्रै लगाउनुपर्छ । जसले जरैबाट कपाल झर्ने समस्याबाट जोगाउन सक्छ ।

कपालसम्बन्धी जथाभावी उत्पादनहरूबाट बच्नुहोस्

बजारमा पाइने सबै कपालसम्बन्धी उत्पादनहरू राम्रा हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन । दैनिक प्रयोगमा आउने जेल, हेयर स्प्रेजस्ता कपाल हेरचाह गुणस्तरीय हुनुपर्छ । नत्र कपाल बिग्रिने र झर्ने समस्या हुन्छ ।

नुहाएपछि कपाललाई राम्ररी सुकाउनुहोस् ।

नुहाएर कन्डिसनर गरिसकेपछि सुकाउनुपर्छ । तौलियाले कपाललाई राम्ररी पुछेर सुकाउनुहोस । यसले कपालको आद्रता कायम राख्छ र कपाल फुट्दैन । तौलियाले कपाललाई धेरै कसेर बेर्ने र छिटै ड्राई गर्ने नगर्नुहोस् ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested