English

जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?



डा. नविन कुमार मिश्र, छाती रोग विशेषज्ञ

गर्मी मौसमको तुलनामा जाडो मौसममा श्वास प्रश्वास सम्बन्धी समस्या बढि देखिने गर्छ । पहिले देखि नै श्वास प्रश्वास सम्बन्धी रोग भएका व्यक्तिहरूमा जाडो मौसममा झन् धेरै समस्या बढ्ने गर्छ ।

जाडो आफै पनि श्वास प्रश्वास सम्बन्धी समस्या बढाउने प्रमुख कारण हो । जाडोमा झ्याल ढोका थुनेर बसिन्छ, हिटर तापिन्छ । हिटरले कोठाको तापक्रम त बढाउँछ त्यसको साथै कोठाको मोस्चर पनि घटाइ दिने हुन्छ जसले नाकमा नै सुख्खा हुन्छ र राम्ररी काम गर्न पाउँदैन जसले गर्दा श्वास प्रश्वास सम्बन्धी समस्या बल्झिन्छ ।

दोस्रो कारण झ्याल ढोका थुनेर बस्दा भेन्टिलेसन राम्ररी हुँदैन । जसले गर्दा पनि श्वास प्रश्वास सम्बन्धी समस्याहरु बढ्छ ।

जाडोमा मौसममा प्रदूषण पनि बढी हुन्छ । त्यो प्रदूषणले प्रत्यक्ष असर हाम्रो श्वासप्रश्वास प्रणालीमा पार्ने देखिन्छ । यस समय सङ्क्रमणको जोखिम हुनुको साथै मुटु बिरामीका लागि पनि यी मौसममा विशेष स्वास्थ्यको ख्याल राख्नु पर्ने हुन्छ । न्यून तापक्रममा श्वासप्रश्वासमा कठिनाइ हुने, रुघाखोकी लाग्ने, सङ्क्रमण हुने पनि समस्या बढ्छ ।

बच्ने उपाय

– प्रदूषित क्षेत्रमा जान सकेसम्म नजाने
– निमोनियाबाट बच्न खोप लगाउने
– सामाजिक दुरी कायम राख्ने
– सङ्क्रमणबाट बच्न मास्कको प्रयोग गर्ने
– घाम लागेको पछि मात्रै हिँडडुल गर्ने
– शरीरलाई न्यानो बनाएर राख्ने
– झ्याल ढोका बन्द गरेर हिटरको प्रयोग नगर्ने
– कोठा तातो भइसकेपछि हिटर बन्द गरेर मात्र सुत्ने
– प्रशस्त पानी पिउने
– खानामा विशेष ध्यान दिने सन्तुलित तथा स्वास्थ खाना खाने

यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् युरिक एसिडका लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested