English

जाडोमा कस्तो खानपान उपयुक्त ?



आरेम कार्की, पोषणविद्

जाडो बढेसँगै अनेक स्वास्थ्य समस्याहरू देखिने गर्छन् । चिसोबाट बच्न तथा चिसो मौसममा विभिन्न स्वास्थ्य समस्याहरूबाट बच्न हामी विभिन्न उपायहरू अपनाउने गर्छौं । यो खान हुन्छ, यो खान हुँदैन भन्दै छुट्याउँछौँ । तर, कस्तो खानेकुराले हाम्रो रोगसँग लड्ने क्षमतालाई बढाउँछ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

यस्ता खानेकुराले चिसो लाग्छ र यस्ता खानेकुराले गर्मी गर्छ भन्ने चलन हाम्रो समाजमा छ । वास्तवमा त्यो गलत हो । रुघाखोकी, कफ, निमोनियाजस्ता रोगहरू किटाणुको कारणले लाग्ने हो । कुनै खानाको कारणले लाग्ने हैन ।

चिसो मौसममा गर्मीको तुलनामा शरीर अलि कमजोर हुन्छ । त्यसैले, विभिन्न रोगहरू लाग्ने सम्भावना बढी हुन्छ । तर, खानाकै कारणले रोग लाग्ने भने होइन ।

चिसो खानेकुरा हो भनेर हामीले जुन खानेकुरा खाँदैनौं ती खानेकुराहरूले नै चिसोबाट बचाउन मद्दत गर्छ । जस्तै, फलफूल, दही आदि । जाडोमा हाम्रो इम्युनिटी पावर कम हुने भएकोले विभिन्न रोगहरूले हामीलाई समातिहाल्छ, त्यसैले हामीले नियमितरूपमा सन्तुलित आहारको सेवन गर्नुपर्छ ।

जाडोमा बिहान–बेलुका कस्तो खाना खाने ?

बिहान ब्रेकफास्टमा फलफूल खाँदा त्यसले हाम्रो इम्युनिटी पावर बढ्छ । त्यसैले, कसैलाई चिसोको कारण रुघाखोकी लागेको छ भने उनीहरूलाई फलफूल खान दिनुहुँदैन भन्ने कुरा गलत हो । बिहान दूध, अण्डा, चना, फलफूल आदि खान सकिन्छ ।

खानामा सामान्य दाल, भात, तरकारी, माछा, मासु आदि खान सकिन्छ त्यो सन्तुलित नै हुन्छ ।

यस्तै, दिउँसोको खाजामा मम, चाउमिन पिज्जा खानु हुँदैन । यस्ता खानेकुराले हाम्रो रोगसँग लड्ने क्षमतालाई कम गर्छ । यी जंक फुडहरूको साटो फलफूल तथा घरमै बनेको चिउरा तरकारी, रोटी तरकारी, अण्डा, चना ड्राई फ्रुट आदि खान सकिन्छ ।

बेलुकाको खानामा पनि अन्य गर्मी महिनामा खाने जस्तैः रोटी, तरकारी, दालभात, गेडागुडी आदि खान सकिन्छ ।

जाडोमा समय समयमा मनतातो पानी, सुप खान सकिन्छ । जाडोमा घाम कम लाग्ने भएकोले हाम्रो शरीरमा भिटामिन ‘डी’ को कमी हुन्छ । त्यसैले, भिटामिन ‘डी’ पाइने खानेकुराहरू जस्तै, माछा, च्याउ, अण्डा, फिस ओएल सप्लिमेन्टहरू लिन सकिन्छ ।

अमिलो खानेकुराहरू जस्तै, कागती सुन्तलाहरूमा प्रशस्त मात्रामा भिटामीन ‘सी’ हुन्छ । त्यसैले जाडोमा अमिलो फलफुल पनि समावेस गर्नु पर्छ ।

प्रेसर, सुगर, कोलेस्ट्रोल भएका मानिसहरूमा जाडोमा झन् समस्या बढ्न सक्छ । त्यसैले, यस्ता बिरामीहरूले सन्तुलित आहारमा झन् विशेष ध्यान दिनुपर्ने हुन्छ । भिटामिन ‘सी, भिटामिन ‘डी’, क्याल्सियम पाइने खानेकराहरू जस्तै, दूध, दही, फलफूल, हरियो सागपात, टुसा उम्रिएको गेडागुडी आदि खानुपर्छ ।

यो पनि…
जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली