English

जाडोमा कस्तो खानपान उपयुक्त ?



आरेम कार्की, पोषणविद्

जाडो बढेसँगै अनेक स्वास्थ्य समस्याहरू देखिने गर्छन् । चिसोबाट बच्न तथा चिसो मौसममा विभिन्न स्वास्थ्य समस्याहरूबाट बच्न हामी विभिन्न उपायहरू अपनाउने गर्छौं । यो खान हुन्छ, यो खान हुँदैन भन्दै छुट्याउँछौँ । तर, कस्तो खानेकुराले हाम्रो रोगसँग लड्ने क्षमतालाई बढाउँछ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

यस्ता खानेकुराले चिसो लाग्छ र यस्ता खानेकुराले गर्मी गर्छ भन्ने चलन हाम्रो समाजमा छ । वास्तवमा त्यो गलत हो । रुघाखोकी, कफ, निमोनियाजस्ता रोगहरू किटाणुको कारणले लाग्ने हो । कुनै खानाको कारणले लाग्ने हैन ।

चिसो मौसममा गर्मीको तुलनामा शरीर अलि कमजोर हुन्छ । त्यसैले, विभिन्न रोगहरू लाग्ने सम्भावना बढी हुन्छ । तर, खानाकै कारणले रोग लाग्ने भने होइन ।

चिसो खानेकुरा हो भनेर हामीले जुन खानेकुरा खाँदैनौं ती खानेकुराहरूले नै चिसोबाट बचाउन मद्दत गर्छ । जस्तै, फलफूल, दही आदि । जाडोमा हाम्रो इम्युनिटी पावर कम हुने भएकोले विभिन्न रोगहरूले हामीलाई समातिहाल्छ, त्यसैले हामीले नियमितरूपमा सन्तुलित आहारको सेवन गर्नुपर्छ ।

जाडोमा बिहान–बेलुका कस्तो खाना खाने ?

बिहान ब्रेकफास्टमा फलफूल खाँदा त्यसले हाम्रो इम्युनिटी पावर बढ्छ । त्यसैले, कसैलाई चिसोको कारण रुघाखोकी लागेको छ भने उनीहरूलाई फलफूल खान दिनुहुँदैन भन्ने कुरा गलत हो । बिहान दूध, अण्डा, चना, फलफूल आदि खान सकिन्छ ।

खानामा सामान्य दाल, भात, तरकारी, माछा, मासु आदि खान सकिन्छ त्यो सन्तुलित नै हुन्छ ।

यस्तै, दिउँसोको खाजामा मम, चाउमिन पिज्जा खानु हुँदैन । यस्ता खानेकुराले हाम्रो रोगसँग लड्ने क्षमतालाई कम गर्छ । यी जंक फुडहरूको साटो फलफूल तथा घरमै बनेको चिउरा तरकारी, रोटी तरकारी, अण्डा, चना ड्राई फ्रुट आदि खान सकिन्छ ।

बेलुकाको खानामा पनि अन्य गर्मी महिनामा खाने जस्तैः रोटी, तरकारी, दालभात, गेडागुडी आदि खान सकिन्छ ।

जाडोमा समय समयमा मनतातो पानी, सुप खान सकिन्छ । जाडोमा घाम कम लाग्ने भएकोले हाम्रो शरीरमा भिटामिन ‘डी’ को कमी हुन्छ । त्यसैले, भिटामिन ‘डी’ पाइने खानेकुराहरू जस्तै, माछा, च्याउ, अण्डा, फिस ओएल सप्लिमेन्टहरू लिन सकिन्छ ।

अमिलो खानेकुराहरू जस्तै, कागती सुन्तलाहरूमा प्रशस्त मात्रामा भिटामीन ‘सी’ हुन्छ । त्यसैले जाडोमा अमिलो फलफुल पनि समावेस गर्नु पर्छ ।

प्रेसर, सुगर, कोलेस्ट्रोल भएका मानिसहरूमा जाडोमा झन् समस्या बढ्न सक्छ । त्यसैले, यस्ता बिरामीहरूले सन्तुलित आहारमा झन् विशेष ध्यान दिनुपर्ने हुन्छ । भिटामिन ‘सी, भिटामिन ‘डी’, क्याल्सियम पाइने खानेकराहरू जस्तै, दूध, दही, फलफूल, हरियो सागपात, टुसा उम्रिएको गेडागुडी आदि खानुपर्छ ।

यो पनि…
जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested