English

रुघाखोकी लाग्नै नदिन यसो गरौँ !



डा. जितेन्द्र श्रेष्ठ, आयुर्वेदिक चिकित्सक

मौसम परिर्वतन हुने बित्तिकै धेरैलाई रुघाखोकीको समस्याले सताउने गर्छ । यस्ता मौसमी समस्याले कतिपय अवस्थामा एक जना मात्र नभई पुरा परिवारलाई पनि सताउने गर्छ । यो सामान्य रोग भए पनि यसले मानिसहरुलाई एकदमै सताउने गर्छ ।

कतिपय अवस्था औषधीको सेवन गर्दा पनि यी समस्याबाट छुट्कारा पाउन सकिदैँन । त्यसैले रुघाखोकी लाग्नै नदिनको लागि केहि घरेलु उपायहरु अपनाउन सकिन्छ ।

प्रसस्त मात्रामा झोलीलो पदार्थको सेवन
रुघाखोकी लाग्न नदिनको लागि प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु भनेको औषधी बराबर हो । पानी र अन्य तरल पदार्थको सेवनले शरिरबाट संक्रमणको बाहिर निकालेर कफसँगैको खोकीबाट राहत मिल्छ ।

तातो सुप, दाल तथा गेडागुडीको झोल र तातो पानी प्रशस्त मात्रामा सेवन गर्नु पर्छ । जाडो मौसममा प्रशस्त मात्रामा भलीलो पदार्थको सेवन गर्नाले शरिरमा लामो समयसम्म हाइड्रेट रहनुका साथ साथै कफ नरम बनाउँछ र निस्कन सजिलो हुन्छ ।

सुत्नु भन्दा अघि नुन पानीले गार्गल
कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ । दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ । खोकी लाग्दा मनतातो पानीमा थोरै नुन मिलाएर दैनिक गार्गल गर्नाले खोकी लाग्ने तथा कफ जम्ने समस्या हुन पाउँदैन ।

हप्तामा दुई देखि तिन पटक बाफ लिने
हप्तामा दुई देखि तिन पटक तातो पानीको बाफ लिनाले स्वास प्रस्वासमा सजिलो हुन्छ । यसरी बाफ लिँदा नाकमा वास्ना आई सुँघ्न आनन्द आउने र बाफले नाक खुलेर सास लिन सजिलो हुन्छ । घाँटी दुखेको र अलि–अलि छाती दुखेको पनि निको हुन्छ ।

घरेलु औषधी
तुलसीको पात ३ गिलास पानीमा उमालेर १ गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ । तुलसीको पात घरैमा पाइन्छ । घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले धेरै फाइदा हुन्छ । कागतीले भिटामिन सी दिन्छ । महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ । यसमा अदुवाको टुक्रा पनि हाल्न सकिन्छ ।

यो पनि…
जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested