English

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



सामान्यतया गर्मीको तुलनामा जाडोमा धेरैजसो मानिसहरूको रक्तचाप अचानक बढ्ने गर्छ । विशेषगरी, मुटु, उच्च रक्तचाप, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पर्न सक्छ । जाडोमा शरीरका मांसपेशीहरू खुम्चिन्छन् । यसले रगतका नशाहरू साँघुरिन पुग्छ र उच्च रक्तचाप थप बढ्छ । औषधि खाइरहेका बिरामीको पनि जाडोमा प्रेसर अनियन्त्रित हुन सक्छ । त्यसैले, जाडोमा प्रेसरको समस्या भएका व्यक्तिहरूले के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मुटु रोग विशेषज्ञ, डा. अनिल भट्टराईको सुझाव यस्तो छ :

जाडोमा रक्तचाप बढ्नुको कारण

– जाडो मौसममा शरीरमा आवश्यक तापक्रम सञ्चयको लागि बाहिरी साना रक्तनलीहरू खुम्चने गर्दछ, परिणामस्वरूप रक्तचाप बढ्छ ।
– जाडोमा भिटामिन डी को अभावको कारण रक्तचाप बढ्ने गर्छ ।
– शारीरिक व्यायाम कम हुने हुँदा जाडो मौसममा रक्तचाप बढ्न सक्छ ।
– जाडोमा सन्तुलित भोजनको अभावको कारण पनि प्रेसर बढ्छ ।

ध्यान दिनुपर्ने कुराहरू

– शरीरलाई न्यानो बनाएर राख्ने ।
– सन्तुलित र स्वास्थ्य भोजन गर्ने ।
– जाडोमा भिटामिन डी को अभाव कारण पनि रक्तचाप बढ्ने हुनाले घाम ताप्ने ।
– बढी क्यालोरी भएको खानेकुरा नखाने किनकि जाडो मौसममा शारीरिक क्रियाकलापहरू कम हुने हुनाले मोटाइपन बढ्न सक्छ ।
– अत्यधिक चिसोमा बाहिर हिँड्डुल नगर्ने ।
– सामान्य खालको शारीरिक व्यायाम मात्र गर्ने ।
– प्रेसरका बिरामीहरूले नियमित औषधि सेवन गर्ने ।
– नियमितरूपमा स्वास्थ्य परीक्षण गर्ने ।
– वृद्ध उमेर समूहमा जाडो मौसमको प्रभाव सबैभन्दा बढी पर्ने हुनाले उनीहरूको रक्तचाप, मुटु रोग र रक्तनलीसम्बन्धी समस्याबाट जोगाउन अझ विशेष ध्यान दिने ।

यो पनि…
युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मधुमेह नियन्त्रण गर्ने उपाय



सम्बन्धित खबरहरु

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

मंसिर १७, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ

काठमाडौं : बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको

Latest










Popular
Suggested