English

सन्दर्भ : विश्व उच्च रक्तचाप दिवस

यस्ता हुन्छन् उच्च रक्तचापको लक्षण, कसरी बच्ने ?



डा. अनिल भट्टराई, मुटु रोग विशेषज्ञ

उच्च रक्तचाप अहिले धेरैमा देखिरहेको समस्या हो । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । यो बढ्नुमा विभिन्न कारक तत्व रहन्छन् ।

नेपाल स्टेप्स सर्वे २०१९ का अनुसार २४.५ प्रतिशत नेपाली उच्च रक्तचापबाट ग्रसित छन् । जसमध्ये २९.८ प्रतिशत पुरुष छन् भने १९.७ प्रतिशत महिलमा उच्च रक्तचापको समस्या छ ।

किन बढ्छ रक्तचाप ? यसका लक्षणहरु के के हुन् ? यसबाट बच्ने उपायहरु के–के हुन् ? र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको सुझाव यस्तो छ :

किन बढ्छ रक्तचाप ?

अधिकांश मानिसलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या देखिने गर्छ । यस्तै, मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबढ वा लामो समस्यसम्म स्टेरोइड जस्ता औषधिको सेवन गर्नाले पनि रक्तचाप बढ्न थाल्छ । कतिपय युवापुस्तामा खानपानको असन्तुलन, तनाव जस्ता कारणले रक्तचाप बढीरहेको छ । तर, यसलाई भने सन्तुलनमा ल्याउन सकिन्छ ।

रक्तचाप बढेको कसरी थाहा पाउने ?

उच्च रक्तचाप बढे नबढेको कुरा जाँचेरमात्र थाहा हुन्छ । यसको लक्षणमा भर पर्नु हुँदैन । किनकि उच्च रक्तचापको कुनै पनि लक्षण नहुन सक्छ । ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पटक रक्तचाप नाप्नु आवश्यक हुन्छ । उच्च रक्तचाप उत्पन्न गराउने कारक तत्वहरुको जोखिममा रहेका व्यक्तिहरुले कम्तिमा ३ महिनामा १ पटक रक्तचाप जँचाउनु आवश्यक हुन्छ ।

रक्तचापका लक्षण

अधिकांशमा उच्च रक्तचापको लक्षण देखा पर्दैनन् । तर, शरीरभित्र असर पुर्याइरहेको हुन्छ । थोरै प्रतिशतमा भने रिंगटा लाग्ने, चिढचिढापन हुने, मुटुको धड्कन र नाडीको गति बढ्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने जस्ता लक्षण देखिन्छन् । त्यस्तै, कतिपयमा सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने र बेहोस हुने जस्ता लक्षण देखापर्छन् ।

यसकारण बढ्छ रक्तचाप

अव्यवस्थित जीवनशैली

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, तनावयुक्त वातावरण तथा स्वास्थ्यप्रतिको बेवास्ता जस्ता कारणले रक्तचाप बढ्छ ।

नसा साँघुरिए वा कडा भएमा

कुनै बच्चामा जन्मजात नै नसा साँघुरो हुने समस्या भएमा उच्च रक्तचापको समस्या हुने गर्छ । त्यस्तै रक्तनली कडा भएर साँघुरो भएमा पनि यसको जोखिम हुन्छ ।

कालेस्ट्रोल बढेमा

रक्तनली भित्र बोसो वा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न नसकेमा पनि रक्तचाप बढ्छ । खानामा नुनको बढी प्रयोग, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी खानाले पनि रक्तचाप बढ्ने खतरा हुन्छ । त्यस्तै, पौष्टिक आहार कम खाने मानिसमा पनि यसको जोखिम उच्च रहन्छ ।

धुम्रपान-मद्यपान सेवन

धुम्रपान–मध्यपान गर्ने मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । साथै, अत्याधिक चिया कफीको सेवनले पनि रक्तचाप बढाउँछ ।

मोटोपना

तौल नियन्त्रण गर्न नसकेमा अर्थात् मोटोपनाको समस्या भएका मानिसमा पनि यसको जोखिम रहन्छ । त्यस्तै, अनिद्रा, मुटुसम्बन्धी रोग, हार्मोनमा गडबढी र लामो समयसम्म औषधिको सेवन गर्नु पनि रक्तचापका कारण हुन् । यसका साथै, मिर्गाैला, कलेजो, रगत तथा फोक्सोसम्बन्धी रोगका कारण पनि रक्तचाप बढ्ने गर्छ ।

वंशाणुगत

वंशाणुगत कारण पनि रक्तचाप गढबढ हुन सक्छ । यदि परिवारका सदस्य (बाबु, आमा, हजुरबुबा हजुरआमा) मा ब्लड प्रेसर छ भने पनि सन्तानमा यो समस्या देखिन सक्छ ।

कसरी बच्ने ?

– दैनिक खानामा हरियो तरकारी, सलाद, फलफुल खाने ।

– आवश्यक कसरत, योग अनिवार्य गर्ने

– शरीरको तौल बढ्न नदिने

– तनाव नलिने

– धुम्रपान, मद्यपान नगर्ने

– पानी प्रशस्त पिउने

– शारीरिक तथा मानसिक आराम गर्ने

– नुन बढी भएका र चिल्ला खाना कम खाने

– समय–समयमा ब्लड प्रेसर जाँच गर्ने

– बर्षमा २ पटक सुगर, क्लोस्ट्रोल, मृर्गौला जाँच, इसिजी लगायतका जाँच गर्ने

(डा. भट्टराईसँगको कुराकानीमा आधारित । )



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,